Email :- prastakhabar@gmail.com
Ghatna-Darta-Notice-Makwa-1711432400.jpg

समाज

सुनौला हजार दिनको अनुगमन

Dhiyal-1497629295.jpg

२ असार, हेटौँडा । जिल्ला समन्वय समितिमार्फत संचालन भईरहेको सुनौला हजार दिन कार्यक्रमको शुक्रबार अनुगमन गरिएको छ । जिल्लाका सरोकारवाला निकाय र संचारकर्मीको टोलीले धियालमा संचालित गरेको कार्यक्रमको अनुगमन गरिएको हो । 
कार्यक्रममा धियालका लाभग्राहीहरुले समन्वय अभावमा कार्यक्रम प्रभावकारी ढंगबाट संचालन हुन नसकेको गुनासो गरेका थिए । उनीहरुले जिल्लाबाट आउने बजेटलाई प्रभावकारी कार्यान्वयनका लागि स्थानीय तहमा सक्रिय टोली संयोजकहरुले तत्परता नदेखाएको गुनासो गरे । कार्यक्रममा सचेतनाको कमिका कारण कार्यक्रमको प्रभावकारी कार्यान्वयनका लागि उदासिन देखिएको स्थानीय सरोकारवालाहरुले गुनासो गरे । 
कार्यक्रममा धियालको पुरानो केही वडामा रकम निकासा भएपनि कार्यक्रम नभएको र केही वडामा आंशिक रुपमा भएको जानकारी दिईएको थियो । स्थानीय तहको पुर्नसंरचना हुँदा स्थानीय तहको खाता परिवर्तन समयमै हुन नसक्दा पनि रकम प्राप्ति र खर्चमा समस्या भएको कार्यक्रमका धियाल गाविस कोच जनकबहादुर रुम्बाले बताए । कार्यक्रमका लागि ३० प्रतिशत रकम निकासा भई प्रभावकारी काम भएको वडाको पेश्कि फछ्यौंट गरिने र अन्यको कडाईका साथ निगरानी गरिने सुनौला हजार दिन कार्यक्रम सहायक अशोक सारु मगरले बताए । 
अनुगमनमा जिल्ला समन्वय समितिका सामाजिक विकास अधिकृत रामकृष्ण थापा, महिला तथा बालबालिका कार्यालयकी दुर्गा घिमिरे, खानेपानी तथा सरसफाई कार्यालयका सञ्जयकुमार ठाकुर, जिल्ला कृषि विकास कार्यालयका सञ्जय तिवारी, गैरसरकारी महासंघ मकवानपुरका दिपेन्द्रकुमार पाठक लगायतले लाभग्राहीका समस्याबारे जानकारी लिई जिज्ञासाको समाधान गरिएको थियो ।


समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Adv-Kailash-1686118720.jpg
sanchar-rajitra-add-final-1711344560.gif

Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
Adv-Ghatna-Darta-Htd7-1705218069.jpg
Ghatna-Darta-Notice-Htd-1-1665992031.jpg
मकवानपुरको थाहानगरमा लोडेरमा च्यापिएर हेल्परको मृत्यु
images-1714829938.jpg

२२ बैशाख, हेटौंडा। मकवानपुरको थाहानगरमा लोडर पल्टिदा च्यापिएर हेल्परको  ज्यान गएको छ। शनिबार दिउँसो  थाहा ९...

पत्रकार होम कार्कीलाई पितृशोक
hd-1714801329.jpg

२२ बैशाख, हेटौंडा । मकवानपुर गृह जिल्ला भई कान्तिपुर दैनिकमा कार्यरत पत्रकार होम कार्कीलाई पितृशोक परेको छ ।...

हेटौंडाले आधारभूत तहमा 'हाम्रो हेटौंडा' पढाइने
IMG_20240504_094323-1714795197.jpg

२२ बैशाख, हेटौंडा। बागमती प्रदेशको एक मात्र उपमहानगरपालिका हेटौंडा उपमहानगरपालिकाले शैक्षिक सत्र २०८१ बाट...

आईपिएलमा मुम्बईमाथि कोलकाताको शानदार जित
1714759884-7051-1714791856.jpg

२२ बैशाख, हेटौंडा ।  इन्डियन प्रिमियर लिग (आईपिएल) अन्तर्गत गएराति भएको खेलमा मुम्बई इन्डियन्समाथि कोलकाता नाइट...

सुदूरपश्चिमका मुख्यमन्त्रीले आज विश्वासको मत लिने
sodari_GkbKs5IIpa-1714791077.jpg

२२ बैशाख, धनगढी । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री दीर्घबहादुर सोडारीले आज विश्वासको मत लिने भएका छन् । सो...

डाइभर्सिटी भिसाको नतिजा आज बेलुका सार्वजनिक हुने
checkedvresult2025-1714790208.png

२२ बैशाख, काठमाडौँ । अमेरिकाले प्रत्येक वर्ष सञ्चालन गर्दै आएको डाइभर्सिटी भिसा २०२५ को नतिजा आज बेलुका...

नेपाल र वेष्ट इन्डिज ‘ए’ बिच अन्तिम खेल हुँदै
20240504_081645-1714789924.jpg

२२ बैशाख, काठमाडौँ । नेपाल र वेष्ट इन्डिज ‘ए’ बिचको टी–२० श्रृंखलाअन्तर्गत अन्तिम खेल आज  हुँदैछ । खेल...

मौसम मुख्यतया सफा रहने
kathmandu-sky-(1)-1714789351.jpg

२२ बैशाख, हेटौंडा । हाल नेपालमा पश्चिमी वायु र स्थानीय वायुको आंशिक प्रभाव रहेको छ । देशभर आंशिक देखि साधारणतया...

हेटौंडा ६ स्थित प्रज्वल बोर्डिङमा डढेलो नियन्त्रण सम्बन्धी अन्तरक्रिया
FB_IMG_1714750419377-1714750538.jpg

२१ बैशाख, हेटौंडा। विद्यार्थीलाई डढेलाेकाे बारेमा सचेतना गराउने उद्वेश्यका साथ हेटाैडा ६ चाैघडामा रहेकाे...

थप समाचार