Email :- prastakhabar@gmail.com
900x100-1779113053.gif

समाज

रूपन्देही, भैरहवा र सुनसरीमा ३ जनाको कोरोनाबाट मृत्यु

Corona-Death11-1600067618.jpg

सांकेतिक तस्विर

२९ भदौ, काठमाडौँ । रुपन्देही, भैरहवा र सुनसरीमा गरी ४ जना कोरोना संक्रमितको मृत्यु भएको छ । 
रुपन्देहीको बुटवल धागो कारखानास्थित कोभिड अस्तालमा उपचाररत शिवराज नगरपालिका वडा नम्बर ५ की ४७ वर्षीया एक महिलाको उपचारका क्रममा सोमबार बिहान मृत्यु भएको लुम्बिनी प्रादेशिक अस्पतालका सूचना अधिकारी डा. विष्णु गौतमले बताए । मिर्गौला रोगबाट पीडित र डायलासिस गराई रहेकी उनलाई भदौ २१ गते कोरोना पुष्टि भएपछि आइसियुमा उपचार भइरहेको थियो ।
भैरहवाको भीम अस्पतालमा उपचाररत रुपन्देहीको शिवराज नगरपालिका वडा नम्बर ५ का ५८ वर्षीय पुरुषको पनि कोरोना संक्रमणबाट मृत्यु भएको छ । बुटवलको बेलवासमा बस्दै आएका उनी दमका रोगी थिए । भदौ २३ गते स्वास्थ्यमा समस्या देखिएपछि भीम अस्पतालमा भर्ना भएकोमा कोरोना पुष्टी भएको थियो । ३ दिनअघि आइसियुमा राखेर उपचार थालिएका उनको आइतबार राति मृत्यु भएको अस्पतालका सूचना अधिकारी डा. नारायण पोख्रेलले जानकारी दिए ।
उता, सुनसरीको बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा मोरङको धनपालथान गाउँपालिका वडा नम्बर ६ का ४० वर्षीय पुरुषको मृत्यु भएको प्रतिष्ठानका प्रवक्ता डा. निदेश सापकोटाले बताए । उपचारका लागि प्रतिष्ठान भर्ना गरिएका उनमा भदौ २६ गते संक्रमण पुष्टि भएको थियो ।


समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Notice-Makwa-1711432400.jpg
Bhu-Tatha-Jalaadhaar-Makw-1782566927.jpg

Kailash-Flu-Adv-1793289735.jpg
Mukhya-Mantri-karyalaya-1782567298.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
मंसिर २ र ३ गते एमालेको राष्ट्रिय भेला
CPN-UMLschooldepartment_2-1794878314.jpg

१ मंसिर, हेटौंडा । एमालेले मंसिर २ र ३ गते राष्ट्रिय भेला गर्ने भएको छ। अध्यक्ष केपी शर्मा ओलीले मंसिर २ गते बिहान...

पेट्रोलियम पदार्थको मूल्य यथावत्
1747315581_petrol-1794878017.jpg

१ मंसिर, हेटौंडा । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य यथावत् राखिएको जानकारी दिएको छ । कात्तिक ३० गतेको...

एनपीएल क्वालिफायरमा लुम्बिनी र सुदूरपश्चिम भिड्दै
Nepal_Premier_League_offi-1794877712.png

१ मंसिर, हेटौंडा । नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटको तेस्रो संस्करण अन्तर्गत आज पहिलो क्वालिफायरमा लुम्बिनी...

कांग्रेसले ‘हामी तयार छौँ’ अभियान सञ्चालन गर्ने
nepali_congress-1794877531.jpg

१ मंसिर, हेटौंडा । नेपाली कांग्रेसका महामन्त्री प्रदीप पौडेलले पार्टीको आत्मसमीक्षा, विचार, दस्तावेज र सशक्त...

त्रिभुवन विमानस्थलबाट सुनसहित चिनियाँ नागरिक पक्राउ
TIA-1794877262.jpg

१ मंसिर, हेटौंडा । त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलबाट ६३५ दशमलव ९६ ग्राम अर्ध ठोस सुनसहित एक जना चिनियाँ...

पहाडी भूभागमा आंशिक बादल लाग्ने
Screenshot_20261115_07020-1794876772.jpg

१ मंसिर, हेटौंडा । हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ ।  जसको प्रभावले देशको हिमाली भूभाग र कोशी...

चित्लाङबाट चरेससहित दुई जना नियन्त्रणमा
IMG-20261116-WA0002-1794801571.jpg

३० कार्तिक, हेटौंडा । इलाका प्रहरी कार्यालय पालुङ मकवानपुरको टोलीले चरेससहित दुईजना नियन्त्रणमा लिएको छ...

उदाउँदो सूर्यलाई अर्घ्य दिंदै छठ सम्पन्न
photo_2022-10-30_18-27-35-1794792655.jpg

३० कार्तिक, हेटौंडा । उदाउँदो सूर्यलाई अर्घ्य अर्पण गर्दै श्रद्धा, निष्ठा र लोकआस्थाको महापर्व छठ सोमबार विधिवत्...

मधेशमा नयाँ सरकारका लागि दावी पेश गर्न आह्वान
madhesh-pradesh-pramukh-1794706823.jpg

२९ कार्तिक, हेटौंडा । मधेश प्रदेशका मुख्यमन्त्री कृष्णप्रसाद यादवले राजीनामा दिएसँगै मधेश प्रदेशमा नयाँ सरकार...

थप समाचार