२० असोज, काठमाडौँ । महानगरीय अपराध महाशाखाले महिलालाई बन्धक बनाई हत्या गर्ने फरार अभियुक्तलाई पक्राउ गरेको छ । सिन्धुपाल्चोक इन्द्रावती गाउँपालिका–११ बडेगाउँका ३५ वर्षीय विनय श्रेष्ठ भन्ने विनय माझी पक्राउ परेका हुन् ।
महाशाखाका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) दीपक थापाकाअनुसार विनयले २०७६ जेठ ५ गते सिन्धुपाल्चोक कर्थली–३ की ३६ वर्षीय पम्फा श्रेष्ठलाई आफू बस्दै आएको कोठामा बन्धक बनाई हत्या गरेको खुलेको छ । हत्यालगत्तै श्रेष्ठ फरार थिए । विनयलाई मकवानपुरको हेटौंडा उपमहानगरपालिका–१४ नयाँबस्ती गौरीटोलबाट पक्राउ गरेर काठमाडौँ ल्याइएको एसएसपी थापाले जानकारी दिए ।
विनयले सोमबहादुर राईको नामबाट जिल्ला प्रशासन कार्यालय मकवानपुरबाट नागरिकता समेत लिएको खुलेकाले सो सम्बन्धमा समेत अनुसन्धान भइरहेको एसएसपी थापाले बताए । अपराधबाट बच्नको लागि विनयले मकवानपुरबाट नागरिकता लिएको हुनसक्ने आशंका गरिएको छ । यद्यपी विनयले कसरी, कहाँबाट सोम बहादुर राईको नाममा नागरिकता लिए खुल्न सकेको छैन ।
प्रहरी अनुसन्धानको क्रममा विनयले पम्फालाई २०७६ वैशाख ३० गतेदेखि जबरजस्ती बन्धक बनाई जेठ ५ गते हत्या गरेका थिए । हत्यापश्चात कोठा बाहिरबाट ताल्चा लगाएर विनय फरार भएको थापाले बताए ।
कागेश्वरी नगरपालिका– गोठाटारस्थित रमेश श्रेष्ठको अस्थायी टहरामा बस्ने विनयको कोठामा लगाइएको ताल्चा फोडी हेर्दा पम्फा मृत अवस्थामा खाटमा फेला परेकी थिइन् । पम्फा काठमाडौँ जोरपाटीस्थित नयाँबस्तीमा भाडामा बस्थिन् । सोही ठाउँमा पम्फाले सडक फुटपाथमा तरकारी बेच्थिन् । सोही क्रममा उनीहरुको चिनजान भएको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ । चिनजानकै क्रममा नजिक भएका विनयले पम्फाको हत्या गरे ।
विनयमाथि कानुनी कारबाही अगाडि बढाइएको प्रहरीले जनाएको छ । थप अनुसन्धानको लागि विनयलाई महानगरीय प्रहरी वृत्त नयाँ बानेश्वर पठाइएको एसएसपी थापाले बताए ।
(रातोपाटीबाट)
२९ कार्तिक, हेटौंडा । मधेश प्रदेशका मुख्यमन्त्री कृष्णप्रसाद यादवले राजीनामा दिएसँगै मधेश प्रदेशमा नयाँ सरकार...
२९ कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिग (एनपिएल) अन्तर्गत विराटनगर किंग्सविरुद्ध चार विकेटको रोमाञ्चक जित...
२९ कार्तिक, हेटौंडा । छठ पर्वको मुख्य दिन आज साँझ अस्ताउँदो सूर्यलाई पूजा आराधना गरी अर्घ्य दिइँदैछ । कार्तिक...
२९ कार्तिक, हेटौंडा । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को उच्चस्तरीय प्रतिनिधिमण्डल आज चीन भ्रमणमा जाने भएको...
२९ कार्तिक, हेटौंडा । हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ । जसको प्रभावले देशको हिमाली र पहाडी...
२८ कार्तिक, हेटौंडा । मधेशको मिथिला क्षेत्रमा अहिले छठ पर्वको उल्लास छ । चार दिने यो पर्वको दोस्रो दिन ब्रतालु आज...
२८ कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिग एनपीएलअन्तर्गत शुक्रबारको दोस्रो खेलमा जनकपुर बोल्ट्सविरुद्ध चितवन...
२८ कार्तिक, हेटौंडा । नेपाल र दक्षिण कोरियाबीच जलवायु परिवर्तन न्यूनीकरण, कार्बन वित्त परिचालन तथा हरितगृह...
२८ कार्तिक, हेटौंडा । हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको तथा हिमाली र पहाडी भागमा आंशिक बादल लागेको छ...
१५ कार्तिक, हेटौंडा । स्याङ्जाको वालिङमा आज टयाक्टर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ। पर्वतको हुवासबाट...
१६ कार्तिक, हेटौंडा । हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ भने देशभर आंशिक रूपमा मौसम बद्ली भएको छ...
१५ कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिग (एनपीएल) मा जनकपुर बोल्ट्सले दोस्रो जित निकालेको छ । आइतबार त्रिवि...
१५ कार्तिक, हेटौंडा । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले प्रदेश प्रमुख पर्शुराम खापुङसँग आज बिदाइ...
१६ कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत आज सोमबार दुई खेल हुनेछन् ।आज काठमाडौँ गोर्खाज र...
१६ कार्तिक, हेटौंडा । सर्वोच्च अदालतका प्रस्तावित चार जना न्यायाधीशविरुद्ध अहिलेसम्म आठवटा उजुरी परेको छ...
१५ कार्तिक, हेटौंडा । हाल पश्चिम नेपाल नजिक रहेको न्यून चापीय क्षेत्र (अर्नब चक्रबातको अबशेष)को प्रभाव कमजाेर भएर...
१७ कार्तिक, हेटौंडा । हाल नेपालमा पश्चिमी वायूको आंशिक प्रभाव रहेको छ । लुम्बिनी प्रदेश लगायत देशको हिमाली र...
१५ कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटमा आज जनकपुर बोल्ट्स र पोखरा एभेन्जर्सबीच प्रतिस्पर्धा...

















-nepal-1793665142.jpg)
