Email :- prastakhabar@gmail.com
900x100-1779113053.gif

समाज

कोरोना टेष्ट : हेटौँडामा पोजेटिभ, भरतपुरमा नेगेटिभ

Report-Corona-1603607184.jpg

९ कार्तिक,हेटौंडा । हेटौँडा-१ की ६६ बर्षीया बिष्णु माया श्रेष्ठले कार्तिक ५ गते हेटौँडा-१० मा गोरक्षेश्वर आइसोलेसनमा पुगेर स्वाब दिइन्, हेटौँडाको एक अस्पतालमा उपचार गराइरहेकी श्रेष्ठको कार्तिक ७ गते बिहान स्वास्थ्य अवस्था असामान्य भएपछि चितवनको भरतपुरमा रहेको चितवन मेडिकल कलेज (सिएमसी) मा लगियो । यता हेटौँडामा संकलित  स्वाब रिपोर्ट भने आइसकेको थिएन। 

अस्पताल पुगेपछि श्रेष्ठका भाइ विकेशलाल श्रेष्ठले हेटौँडा आइसोलेसनमा फोन गरेर रिपोर्टको बारेमा जानकारी लिंदा रिपोर्ट आउन बाँकी रहेको जानकारी पाए ।श्रेष्ठ रिपोर्टको प्रतिक्षामा रहे, तरपनि साँझ सम्म रिपोर्ट  नआएपछि विष्णुमायाले सिएमसीको स्वाब संकलन केन्द्रमा ७ गते साँझ स्वाब दिइन् । सिएमसीमा स्वाब दिएको भोलिपल्ट हेटौँडामा दिएको स्वाब परीक्षणमा उनको रिपोर्ट पोजेटिभ आयो । अस्पतालले विरामीको अवस्थालाई मध्यनजर गरेर सावधानीपूर्वक बिष्णु मायाको उपचार सुरु गर्यो। यता कार्तिक ८ गते शनिबार साँझ सिएमसीमा गरिएको परीक्षणको रिपोर्ट आयो तर रिपोर्ट पोजेटिभ नभएर नेगेटिभ देखियो । 

तर एउटै व्यक्तिको १ दिनको फरकमा आएको रिपोर्टले श्रेष्ठ परिवार दोधारमा परेका थिए। यद्यपि सिएमसीले त्यही रिपोर्टका आधारमा उनको उपचार गरिरहेको छ । अहिले फुपुको अवस्था सुधार हुदै गएको विकेशलालले बताएका छन् । 'चितवन मेडिकल कलेजले उपचारका नगरेको भए फुपुको अवस्था नाजुक हुन सकथ्यो'-विकेशले भने ।

यसअघि पनि हेटौंडामा भएको परीक्षणमा पोजेटिभ देखिएका हेटौँडा-३ र हेटौँडा-४ का दुई व्यक्तिको रिपोर्ट भरतपुरमा र  काठमाडौंमा नेगेटिभ पाइएको थियो । श्रेष्ठले यस्तो रिपोर्टले समयमा उपचार नपाएर  मानिसको ज्यान समेत जान सक्ने भन्दै कोरोना परीक्षण रिपोर्टलाई विश्वसनीय बनाउन नियमनमा कडाइ गर्नुपर्ने औंल्याए ।


समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Notice-Makwa-1711432400.jpg
Bhu-Tatha-Jalaadhaar-Makw-1782566927.jpg

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
मधेशमा नयाँ सरकारका लागि दावी पेश गर्न आह्वान
madhesh-pradesh-pramukh-1794706823.jpg

२९ कार्तिक, हेटौंडा । मधेश प्रदेशका मुख्यमन्त्री कृष्णप्रसाद यादवले राजीनामा दिएसँगै मधेश प्रदेशमा नयाँ सरकार...

लुम्बिनी लायन्स प्लेअफ चरणमा प्रवेश
Lumbini-2-1794706522.jpg

२९ कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिग (एनपिएल) अन्तर्गत विराटनगर किंग्सविरुद्ध चार विकेटको रोमाञ्चक जित...

छठमा आज अस्ताउँदो सूर्यलाई अर्घ्य दिइँदै
1794703807-2vD0z-1794706151.jpg

२९ कार्तिक, हेटौंडा । छठ पर्वको मुख्य दिन आज साँझ अस्ताउँदो सूर्यलाई पूजा आराधना गरी अर्घ्य दिइँदैछ । कार्तिक...

रास्वपाको २० सदस्यीय टोली आज चीन जाने
Rastriya-Swatantra-Party-1794705907.jpg

२९ कार्तिक, हेटौंडा । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को उच्चस्तरीय प्रतिनिधिमण्डल आज चीन भ्रमणमा जाने भएको...

साधारणतया बादल लाग्ने
Screenshot_20261115_07020-1794705428.jpg

२९ कार्तिक, हेटौंडा । हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ । जसको प्रभावले देशको हिमाली र पहाडी...

छठमा आज ‘खरना’ मनाइँदै
Screenshot_20261114_07144-1794619792.jpg

२८ कार्तिक, हेटौंडा । मधेशको मिथिला क्षेत्रमा अहिले छठ पर्वको उल्लास छ । चार दिने यो पर्वको दोस्रो दिन ब्रतालु आज...

जनकपुरविरुद्ध चितवन राइनोजको जित
GS_LALITPUR_DSC02259_deHp-1794619595.jpg

२८ कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिग एनपीएलअन्तर्गत शुक्रबारको दोस्रो खेलमा जनकपुर बोल्ट्सविरुद्ध चितवन...

नेपाल र दक्षिण कोरियाबीच जलवायु सहकार्यमा हस्ताक्षर
Nepal-1794619315.jpg

२८ कार्तिक, हेटौंडा । नेपाल र दक्षिण कोरियाबीच जलवायु परिवर्तन न्यूनीकरण, कार्बन वित्त परिचालन तथा हरितगृह...

एक-दुई स्थानमा हल्का वर्षाको सम्भावना
1774004021_Rain9-1200x560-1794618958.jpg

२८ कार्तिक, हेटौंडा । हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको तथा हिमाली र पहाडी भागमा आंशिक बादल लागेको छ...

थप समाचार