Email :- prastakhabar@gmail.com
Ghatna-Darta-Adv-Manahari-1719378115.jpg

कला/संस्कृति

ग्लोबल टिचर अवार्ड २०२० को लागि नेपालबाट हेटौँडाका विवश थापा छनोट

20201030_103915-1604034046.jpg

१४ कार्तिक, हेटौंडा । ग्लोबल टिचर अवार्ड २०२० को लागि नेपालबाट हेटौँडाका एक शिक्षक छनोट   भएका छन् । अवार्डका लागि  हेटौँडा उपमहानगरपालिकाका  शिक्षक विवश थापा नेपालबाट टिचर अवार्ड २०२० का लागि छनौट भएका हुन ।

राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा शिक्षण सिकाइमा प्रविधिको प्रयोगसम्बन्धी प्रशिक्षण गर्दै आइरहेका थापा अवार्डका लागि छनौट भएका हुन् । थापा मकवानपुरमा रही शैक्षिक तालिम केन्द्र धुलिखेल, नेपाल इंग्लिश ल्याङ्वेज टिचर्स एशोसिएसन र विभिन्न संघ संस्थामार्फत लामो समयदेखि राष्ट्रियस्तरमा प्रशिक्षण दिईरहेका छन् । विश्वका ११० देशहरूबाट सबैभन्दा उत्कृष्ट शिक्षकहरूको  सहभागी र तिनका विद्यार्थीहरूको व्यवसायिक उपलब्धिह, सक्रिय सामाजिक स्थिति, नवीन शिक्षण विधिहरूको प्रयोग, आधुनिक प्रविधि, शैक्षिक अनुभवको सामान्यीकरण, विश्व समुदायका नागरिकहरूको शिक्षामा योगदान, र समस्या समाधान गर्नमा केन्द्रित, सिकाइमा नवप्रवर्तन कार्य गरेबापत मेरिट लिष्टका आधारमा प्रशिक्षक थापा छनोट भएका हुन् ।                            बन्दाबन्दीको कारण भर्चुअल सम्मलेनमार्फत छनोट भएका शिक्षकहरूलाई अवार्ड र सम्मानपत्र प्रदान गरिने र कुरियर मार्फत अवार्ड र सम्मानपत्र प्रदान कार्यक्रम रहेको छ ।

अहिलेको २१ औं शताब्दीमा शिक्षकहरूलाई  शिक्षण सिकाइमा प्रयोग हुने  विविध वेब टुल्स र सिकाइ व्यवस्थापन प्रणाली सम्बन्धी तालिम र विद्यार्थीहरुलाई पनि उनीहरूको रुचि, इच्छा अनुसार प्रयोग हुने विविध टुल्स र कोर्षको बारेमा राष्ट्रिय र अन्तर्राष्ट्रिय स्तरमा  प्रशिक्षण दिएको कारण र दर्जन भन्दा बढी वेव टुल्सको एम्ब्यासडर रहेकै कारण आफू ग्लोबल टिचर अवार्डमा छनोट भएको थापाले  बताए ।

थापा केही बर्ष देखि  मकवानपुरका सामुदायिक विद्यालय तथा क्याम्पसमा अंग्रेजी बिषय अध्यापन गराउदै आएका छन्।  

 


समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Notice-Makwa-1711432400.jpg
Bhu-Tatha-Jalaadhaar-Makw-1782566927.jpg

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
Ghatna-Darta-Notice-Htd-1-1665992031.jpg
जलन-सम्बन-1746938159.gif
आर्मी राष्ट्रिय बक्सिङको च्याम्पियन
Screenshot_20260629_07141-1782696561.jpg

१५ असार, हेटौंडा । नेपाल बक्सिङ महासंघद्वारा आयोजित ३०औँ पुरुष तथा ११औँ महिला राष्ट्रिय बक्सिङ प्रतियोगिता...

कृषि मन्त्री चौधरी बैंकक प्रस्थान
gita-chaudari-scaled-e177-1782696229.jpg

१५ असार, हेटौंडा । कृषि, वन तथा पर्यावरणमन्त्री गीता चौधरी बैंककमा भोलिदेखि आयोजना हुने वातावरण तथा दिगो...

मध्यम वर्षाको सम्भावना
1774004021_Rain9-1200x560-1782695518.jpg

१५ असार, हेटौंडा । हाल कोशी, मधेश र बागमती प्रदेशका सम्पुर्ण भू-भाग, गण्डकी प्रदेशको केही भू-भाग र लुम्बिनी...

पेट्रोलियम पदार्थको मूल्य केही समयमा घट्छ: अर्थमन्त्री
swirnim-wagle-1767456217-1782646278.jpg

१४ असार, हेटौंडा । अर्थमन्त्री स्वर्णिम वाग्लेले पेट्रोलियम पदार्थको मूल्य केही समयमा घट्ने बताएका...

प्रहरीमा अनधिकृत पहुँच खोज्ने व्यक्ति पक्राउ
aaditya-singh-1782645772.jpg

१४ असार, हेटौंडा । गृह मन्त्रालयको मान्छे भन्दै प्रहरी कार्यालयमा स्वार्थका लागि अनधिकृत पहुँच राख्न खोजेको...

मदन भण्डारी राष्ट्रिय पुरस्कार-२०८२ राईलाई प्रदान
Ramesh-ruchhen-rai-1_edit-1782644938.jpg

१४ असार, हेटौंडा । ‘मदन भण्डारी राष्ट्रिय पुरस्कार-२०८२’ लेखक तथा अध्येता रमेश रुछेन राईलाई प्रदान गरिएको छ...

महालेखापरीक्षकको वार्षिक प्रतिवेदन प्रतिनिधिसभा बैठकमा पेश
Screenshot_20260628_16382-1782644170.jpg

१४ असार, हेटौंडा । महालेखापरीक्षकको वार्षिक प्रतिवेदन प्रतिनिधि सभा बैठकमा पेश भएको छ ।  ६३ औँ वार्षिक...

प्रतिनिधिसभाबाट दुई विधेयक पारित
Screenshot_20260628_16321-1782643807.jpg

१४ असार, हेटौंडा । प्रतिनिधि सभाबाट दुई विधेयक पारित भएको छ । आइतबार बसेको प्रतिनिधिसभा बैठकबाट आर्थिक विधेयक र...

प्रतिनिधिसभाको बैठक बस्दै
Screenshot_20260518_07103-1782611250.jpg

१४ असार, हेटौंडा । प्रतिनिधिसभाको बैठक बस्दै छ । बैठक बिहान ११ बजे बस्ने भएको हो । बैठकमा सभामुखले राष्ट्रपतिको...

थप समाचार