Email :- prastakhabar@gmail.com
900x100-1779113053.gif

समाज

बागमती प्रदेश प्रहरीको ३१ सुझाव पेटिकामा ६ मात्रै सुझाव

20201101_065853-1604193347.jpg

हेटौँडा उपमहानगरपालिकामा राखिएको सुझाव पेटिका

१६ कार्तिक, हेटौंडा । बागमती प्रदेश प्रहरी कार्यालयले राखेका सुझाव पेटिकाहरूमा १ महिनामा ६ वटामात्र सुझाव प्राप्त भएको छ ।बागमती प्रदेशका प्रहरीविरुद्धको गुनासो तथा सुझाव संकलन गर्न विभिन्न जिल्लाका ३१ स्थानीय तहमा राखिएको पेटिकामा २ स्थानीय तहबाट ६ वटा सुझाव पत्र प्राप्त भएको हो ।

कार्यालयले असोज १ गते राखेको पेटिका कार्तिक १ गते खोल्दा धादिङको निलकण्ठ नगरपालिकामा रहेको पेटिकाबाट ५ र हेटौंडा उपमहानगरमा रहेको पेटिकामा एक मात्रै सुझाव पत्र प्राप्त भएको प्रदेश प्रहरी कार्यालयका प्रवक्ता प्रहरी वरिष्ठ उपरीक्षक सुदीप गिरीले बताए ।

कार्यालयले पहिलो चरणमा प्रदेशका सबै महानगर, उपमहानगर, नगरपालिका र सदरमुकाम रहेको गाउँपालिका गरी ३१ स्थानीय तहमा सुझाव संकलन हुने अपेक्षासहित सुझाव पेटिका राखेपनि सर्वसाधारणमा भने यसप्रति कुनै आकर्षण नदेखिएको हो।आफुहरूले दिएको सुझाव प्रहरी नेतृत्वले कार्यान्वयन गर्ने विश्वास नहुँदा सुझाव पेटिका कम सुझाव पत्र प्राप्त भएको हुनसक्ने एक सर्वसाधारणको भनाइ छ ।


समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Notice-Makwa-1711432400.jpg
Bhu-Tatha-Jalaadhaar-Makw-1782566927.jpg

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
मधेशमा नयाँ सरकारका लागि दावी पेश गर्न आह्वान
madhesh-pradesh-pramukh-1794706823.jpg

२९ कार्तिक, हेटौंडा । मधेश प्रदेशका मुख्यमन्त्री कृष्णप्रसाद यादवले राजीनामा दिएसँगै मधेश प्रदेशमा नयाँ सरकार...

लुम्बिनी लायन्स प्लेअफ चरणमा प्रवेश
Lumbini-2-1794706522.jpg

२९ कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिग (एनपिएल) अन्तर्गत विराटनगर किंग्सविरुद्ध चार विकेटको रोमाञ्चक जित...

छठमा आज अस्ताउँदो सूर्यलाई अर्घ्य दिइँदै
1794703807-2vD0z-1794706151.jpg

२९ कार्तिक, हेटौंडा । छठ पर्वको मुख्य दिन आज साँझ अस्ताउँदो सूर्यलाई पूजा आराधना गरी अर्घ्य दिइँदैछ । कार्तिक...

रास्वपाको २० सदस्यीय टोली आज चीन जाने
Rastriya-Swatantra-Party-1794705907.jpg

२९ कार्तिक, हेटौंडा । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को उच्चस्तरीय प्रतिनिधिमण्डल आज चीन भ्रमणमा जाने भएको...

साधारणतया बादल लाग्ने
Screenshot_20261115_07020-1794705428.jpg

२९ कार्तिक, हेटौंडा । हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ । जसको प्रभावले देशको हिमाली र पहाडी...

छठमा आज ‘खरना’ मनाइँदै
Screenshot_20261114_07144-1794619792.jpg

२८ कार्तिक, हेटौंडा । मधेशको मिथिला क्षेत्रमा अहिले छठ पर्वको उल्लास छ । चार दिने यो पर्वको दोस्रो दिन ब्रतालु आज...

जनकपुरविरुद्ध चितवन राइनोजको जित
GS_LALITPUR_DSC02259_deHp-1794619595.jpg

२८ कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिग एनपीएलअन्तर्गत शुक्रबारको दोस्रो खेलमा जनकपुर बोल्ट्सविरुद्ध चितवन...

नेपाल र दक्षिण कोरियाबीच जलवायु सहकार्यमा हस्ताक्षर
Nepal-1794619315.jpg

२८ कार्तिक, हेटौंडा । नेपाल र दक्षिण कोरियाबीच जलवायु परिवर्तन न्यूनीकरण, कार्बन वित्त परिचालन तथा हरितगृह...

एक-दुई स्थानमा हल्का वर्षाको सम्भावना
1774004021_Rain9-1200x560-1794618958.jpg

२८ कार्तिक, हेटौंडा । हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको तथा हिमाली र पहाडी भागमा आंशिक बादल लागेको छ...

थप समाचार