२६ असार, हेटौंडा । भारतको अनंतनागमा भएको अातंकवादी अाक्रमणमा ६ तिर्थालुको मृत्यु भएको छ ।
राति ८:३० बजे जम्मु-श्रीनगर राष्ट्रिय राजमार्गमा तिर्थालु बोकेको बसमाथि भएको अाक्रमणमा १४ जना घाइते भएका छन् । भारतको प्रसिद्ध तिर्थस्थल अमरनाथ जाँदै गरेको बसमाथि मोटरसाइकलमा अाएका अातंकबादी अन्धाधुन्ध गोली प्रहार गर्दा ६ जनाको घटनास्थलमै मृत्यु भएको भारतीय संचारमाध्यमले जनाएको छ । मृत्यु हुने यात्री गुजरातको रहेको प्रारम्भिक खबर छ ।
अाजतकका अनुसार कडा सुरक्षा व्यवस्था गरिएको राजमार्गमा प्रहरीको स्कर्टिङ विना गुडिरहेको बसमा अातंकबादी अाक्रमण भएको हो । घटना पछि त्यस क्षेत्रको सवारी अावागमन केही समयका लागि रोकिएको छ । अाक्रमणकारी खोजिका लागि सुरक्षाकर्मी परिचालन गरिएको छ ।
घटनाप्रति भारतीय प्रधानमन्त्री नरेन्द्र मोदि, कांग्रेस अाईकी अध्यक्ष सोनिया गान्धी, जम्मु काश्मिरकी मूख्यमन्त्री महेबुबा मुफ्ति, पूर्व मूख्यमन्त्री उमर अब्दुल्लाह लगायतले घटनाको विरोध गर्दै पीडित परिवारमा सहानुभुति जनाएका छन् । ४५ दिने अमरनाथ तिर्थाटनका लागि १ लाख २ हजार तिर्थालुले दर्ता गराएको र तिर्थालुको सुरक्षाका लागि केन्द्र सरकारबाट अतिरिक्त ४० हजार अर्धसैनिक बल तैनाथ गरिएको छ ।
साँझ ७ बजेपछि सवारी गुड्न प्रतिवन्ध लगाएको अवस्थामा सुरक्षा संयन्त्रसंग समन्वय नगरी यात्रा गरेका कारण घटना भएको सुरक्षा निकायलाई उद्धृत गर्दै भारतीय संचारमाध्यम एडिटिभीले जनाएको छ ।
तस्वीर : द ईण्डियन एक्सप्रेस
३० कार्तिक, हेटौंडा । नेपाली बजारमा सुनको मूल्य घटेको छ । आइतबार सुनको मूल्य तोलामा ६ हजार ९०० रुपैयाँ घटेको हो...
३० कार्तिक, हेटौंडा । मकवानपुरको सामरी जाने सडक अन्तरगत बुङ्दल पुलमा मोटरसाइकल दुर्घटना हुँदा २ जनाको मृत्यु...
२९ कार्तिक, हेटौंडा । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य बढाएको छ । निगमले शनिबार राति १२ बजेपछि लागु...
२९ कार्तिक, हेटौंडा । चुच्चेखोला सामुदायिक वन उपभोक्ता समूहद्वारा संचालित बहुआयामिक आयआर्जन उपसमितिको...
२९ कार्तिक, हेटौंडा । धनुषामा शुक्रबार साँझ एक वडा अध्यक्षको गोली हानी हत्या गरिएको छ । हत्या हुनेमा मिथिला...
२९ कार्तिक, हेटौंडा । हाल देशभर कुनै उल्लेखनीय मौसम प्रणालीको प्रभाव रहेको छैन । हाल कोशी प्रदेश, बागमती प्रदेश र...
२८ कार्तिक, हेटौंडा । मकवानपुरको राक्सिराङमा गोली प्रहारबाट एक जनाको मृत्यु भएको छ। गाउँपालिकाको वडा नम्बर १...
२८ कार्तिक, हेटौंडा । नेपाली बजारमा सुनको मूल्य घटेको छ । सुन शुक्रबार ५ सय रुपैयाँ घटेको हो । सुन प्रतितोला २ लाख...
२८ कार्तिक, हेटौंडा । मधेश प्रदेशसभाका ५ सांसदमाथि गरिएको कारवाही उपसभामुख बबिता कुमारी राउत ईशरले बदर गरेकी छन्...
१६ कार्तिक, हेटौंडा। मकवानपुरको बकैया ७ स्थित एक सामुदायिक वनमा हराइरहेको स्थानीय एक व्यक्तिको शव सालको रुखमा...
२६ कार्तिक, हेटौंडा। मकवानपुर प्रहरीले हेटौंडाका विभिन्न स्थानबाट व्यापारी ठग्ने ३ जनाको गिरोहलाई पक्राउ गरेको...
२६ कार्तिक, हेटौंडा । गत भदौ २४ गतेको जेन–जी आन्दोलन,आपराधिक उपद्र,तोडफोड तथा आगजनीमा संलग्न पाँच जनालाई...
२७ कार्तिक, हेटौंडा। मकवानपुर प्रहरीले हेटौँडा उपमहानगरपालिका वडा नम्बर–५ सानोपोखराबाट ठुलो परिमाणमा...
२२ कार्तिक, हेटौंडा। मकवानपुरगढी गाउँपालिका वडा नम्बर ५ मा बाघले आक्रमणमा परेर दुई ओटा बाख्रा खाएको छ ।...
२५कार्तिक,हेटौंडा। मकवानपुरको बकैया ३ हात्तिसुँडेमा मोटरसाइकलको ठक्करबाट एकजना पैदल यात्रीको मृत्यु भएको छ...
२१ कार्तिक, हेटौंडा । हेटौंडा-६ बारूतेमा रहेको श्रीकृष्ण आधारभूत विद्यालयको १८ औं अभिभावक भेला सम्पन्न भएको छ...
२८ कार्तिक, हेटौंडा । मकवानपुरको राक्सिराङमा गोली प्रहारबाट एक जनाको मृत्यु भएको छ। गाउँपालिकाको वडा नम्बर १...
१७ कार्तिक, हेटौंडा। हेटौँडा–१, स्थित मैनटार खानेपानी उपभोक्ता समिति हेटाैंडा खानेपानी व्यवस्थापन बोर्डमा...

















