२५ साउन, काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहालले राष्ट्रिय विषयका लागि राष्ट्रिय समझदारी अपरिहार्य रहेको बताएका छन् । आफूलाई बधाई तथा शुभकामना दिन प्रधानमन्त्रीको सरकारी निवास बालुवाटार पुगेको नेपाल पत्रकार महासंघको टोलीसँग कुरा गर्दै उनले नयाँ कानुन बनाउन, भूकम्पपछिको पुनःनिर्माणलाई तीव्रता दिन, संविधान कार्यान्वयन गर्न र संविधान संशोधन गर्न राष्ट्रिय सहमतिको आवश्यकता रहेकामा जोड दिए ।
मुलुकका ठूला राजनीतिक परिवर्तनमा सञ्चार क्षेत्रको भूमिका सकारात्मक र प्रगतिशील रहेको स्मरण गर्दै प्रधानमन्त्रीले भने, 'राष्ट्रिय समझदारी निर्माणमा पनि सञ्चार क्षेत्रको भूमिका महत्वपूर्ण छ ।' उनले संविधानले आन्दोलनका उपलब्धि र जनताका महत्वपूर्ण मौलिक हकको व्यवस्था गरे पनि असन्तुष्ट देखिएका पक्षलाई सम्बोधन गर्न आवश्यक रहेको बताए । उनले भने, 'अझै पनि युद्धका बेलाका मुद्दाको स्थिति के हुने हो, यससम्बन्धी बनेका आयोगले कसरी काम गर्ने हुन् भन्ने सवाल अहम् छ । यो प्रक्रिया टुङ्याउनका निम्ति हामी युद्धबाट आएका पक्ष बढी गम्भीर छौँ ।' शान्ति प्रक्रिया टुङ्ग्याउने र संविधान कार्यान्वयन अहिलेका मूलभूत विषय भएको उनले अवगत गराए ।
आफू सदैव श्रमजीवी पत्रकारका पक्षमा रहेको स्पष्ट पार्दै नेकपा (माओवादी केन्द्र) का अध्यक्ष दाहालले आजै बिहान सञ्चार क्षेत्रका लगानीकर्ताको समूहले सरकारले हालै वृद्धि गरेको पत्रकारको न्यूनतम पारिश्रमिकले निकै अप्ठ्यारो परेको कुरा मार्मिक रुपमा राखेको जानकारी गराए ।लगानीकर्ताले भूकम्प र नाकाबन्दीका कारण सञ्चार क्षेत्रमा ठूलो असर परेकाले वृद्धि भएको पत्रकारको न्यूनतम पारिश्रमिकमा पुनःविचार गर्न प्रधानमन्त्रीलाई आग्रह गरेका थिए ।
भेटमा महासंघका अध्यक्ष डा महेन्द्र विष्टले मुलुकमा भएका ठूला परिवर्तनका कार्यभारलाई संस्थागत गर्न सञ्चार क्षेत्रले प्रभावकारी भूमिका निर्वाह गरेको स्मरण गराउँदै हालै जारी भएको सञ्चार नीति कार्यान्वयनका लागि आवश्यक कानुनको परिमार्जन गर्न सरकारका तर्फबाट सहयोगको अपेक्षा गरे । उनले पत्रकारको न्यूनतम पारिश्रमिक लागू गर्न सरकारले हरसम्भव प्रयास गर्नुपर्ने आग्रह गर्दै सञ्चार क्षेत्रको समग्र विकासका लागि श्रमजीवी पत्रकारको पेसागत र भौतिक सुरक्षा तथा सञ्चार उद्योगको विकास दुवै दुष्टिकोणबाट हेर्नुपर्ने धारणा राखे । भेटमा महासंघका महासचिव उजिर मगरले प्रधानमन्त्रीलाई महासंघका तर्फबाट बधाइ तथा शुभकामना दिँदै पत्रकारले भोग्नुपरेको चुनौतीका बारेमा अवगत गराएका थिए । (रासस)
१० असार,हेटौंडा । मकवानपुरको विकट कैलाश गाउँपालिकाले आव २०८३\०८४ अनुमानित आयव्ययको ५५ करोड ८४ लाख ६९ हजारको...
१० असार, हेटौंडा । कप्तान क्रिष्टियानो रोनाल्डोको कीर्तिमानी गोलमा उज्वेकिस्तानविरुद्ध पोर्चुगलले सानदार जित...
१० असार, हेटौंडा । सम्पत्ति शुद्धीकरण सम्बन्धी कसुरमा पक्राउ परेका पूर्व अर्थमन्त्री एवं नेकपा (एमाले) का...
१० असार, हेटौंडा । हाल कोशी, मधेश र बागमती प्रदेशका सम्पुर्ण भू-भाग, गण्डकी प्रदेशको केही भू-भाग र लुम्बिनी...
१० असार, हेटौंडा । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को सभापति पदमा रवि लामिछानेको एकल उम्मेदवारी परेको छ...
९ असार, हेटौंडा । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को प्रथम महाधिवेशन असार १० गतेसम्म लम्बिएको छ । महाधिवेशन...
९ असार, हेटौंडा । बाराको जीतपुरसिमरा उपमहानगरपालिका-९ छातापिपरामा मोटरसाइकलले पैदल यात्रुलाई ठक्कर दिँदा तीन...
९ असार, हेटौंडा । हाल कोशी, मधेश र बागमती प्रदेशका सम्पुर्ण भू-भाग, गण्डकी प्रदेशको केही भू-भाग र लुम्बिनी प्रदेशको...
८ असार, हेटौंडा । सिराहाको सिराहा नगरपालिका–२१ लकडिगोठमा ब्राउनसुगर सहित दुई भारतीय नागरिक पक्राउ परेका छन् ।...
३१ जेठ, हेटौंडा । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भूमि प्रशासन कार्यालय मनाङमा कार्यरत नायव सुब्बा ज्ञानराज...
३१ जेठ, हेटौंडा । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) बागमती प्रदेश सभापतिमा उत्सव अर्याल विजयी बनेका छन् । दुई...
३१ जेठ, हेटौंडा । हाल नेपालमा उपल्लो वायुमण्डलमा रहेको पश्चिमी न्युन चापीय रेखा, स्थानीय वायु तथा पूर्वीय वायुको...
३१ जेठ, हेटौंडा । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अमेरिका र इरानबीचको युद्ध अन्त्य गर्ने सम्झौतामा आइतबार...
१ असार, हेटौंडा । प्रतिनिधि सभाको बैठक सोमबार बस्दैछ। बैठक बिहान ११ बजे बस्ने भएको हो । बैठकमा आगामी आर्थिक वर्ष...
३१ जेठ, हेटौंडा । बागमती प्रदेश सरकारको आर्थिक सर्वेक्षण सार्वजनिक गरिएको छ । बागमती प्रदेश सरकारका आर्थिक...
१ असार, हेटौंडा । परराष्ट्रमन्त्री शिशिर खनाल चीनको बेइजिङमा विभिन्न कार्यक्रममा सहभागी भएका छन् । उनलाई बेइजिङ...
१ असार, हेटौंडा । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानसँग युद्ध अन्त्य गर्ने शान्ति सम्झौता भएको घोषणा...
१ असार, हेटौंडा । कैलालीको गोदावरी नगरपालिका–४ गाईबाँधेमा मजदुरको टेम्पो भीरबाट खसाल्ने जिल्ला वन कार्यालयका...















-1780-1781487498.jpg)

