Email :- prastakhabar@gmail.com
Ghatna-Darta-Notice-Makwa-1711432400.jpg

राजनीति

राष्ट्रिय समझदारी अपरिहार्य : प्रधानमन्त्री दाहाल

Patrakaar-PM-Bhet-1470730875.jpg

२५ साउन, काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहालले राष्ट्रिय विषयका लागि राष्ट्रिय समझदारी अपरिहार्य रहेको बताएका छन् । आफूलाई बधाई तथा शुभकामना दिन प्रधानमन्त्रीको सरकारी निवास बालुवाटार पुगेको नेपाल पत्रकार महासंघको टोलीसँग कुरा गर्दै उनले नयाँ कानुन बनाउन, भूकम्पपछिको पुनःनिर्माणलाई तीव्रता दिन, संविधान कार्यान्वयन गर्न र संविधान संशोधन गर्न राष्ट्रिय सहमतिको आवश्यकता रहेकामा जोड दिए ।

मुलुकका ठूला राजनीतिक परिवर्तनमा सञ्चार क्षेत्रको भूमिका सकारात्मक र प्रगतिशील रहेको स्मरण गर्दै प्रधानमन्त्रीले भने, 'राष्ट्रिय समझदारी निर्माणमा पनि सञ्चार क्षेत्रको भूमिका महत्वपूर्ण छ ।' उनले संविधानले आन्दोलनका उपलब्धि र जनताका महत्वपूर्ण मौलिक हकको व्यवस्था गरे पनि असन्तुष्ट देखिएका पक्षलाई सम्बोधन गर्न आवश्यक रहेको बताए । उनले भने, 'अझै पनि युद्धका बेलाका मुद्दाको स्थिति के हुने हो, यससम्बन्धी बनेका आयोगले कसरी काम गर्ने हुन् भन्ने सवाल अहम् छ । यो प्रक्रिया टुङ्याउनका निम्ति हामी युद्धबाट आएका पक्ष बढी गम्भीर छौँ ।' शान्ति प्रक्रिया टुङ्ग्याउने र संविधान कार्यान्वयन अहिलेका मूलभूत विषय भएको उनले अवगत गराए ।

आफू सदैव श्रमजीवी पत्रकारका पक्षमा रहेको स्पष्ट पार्दै नेकपा (माओवादी केन्द्र) का अध्यक्ष दाहालले आजै बिहान सञ्चार क्षेत्रका लगानीकर्ताको समूहले सरकारले हालै वृद्धि गरेको पत्रकारको न्यूनतम पारिश्रमिकले निकै अप्ठ्यारो परेको कुरा मार्मिक रुपमा राखेको जानकारी गराए ।लगानीकर्ताले भूकम्प र नाकाबन्दीका कारण सञ्चार क्षेत्रमा ठूलो असर परेकाले वृद्धि भएको पत्रकारको न्यूनतम पारिश्रमिकमा पुनःविचार गर्न प्रधानमन्त्रीलाई आग्रह गरेका थिए ।

भेटमा महासंघका अध्यक्ष डा महेन्द्र विष्टले मुलुकमा भएका ठूला परिवर्तनका कार्यभारलाई संस्थागत गर्न सञ्चार क्षेत्रले प्रभावकारी भूमिका निर्वाह गरेको स्मरण गराउँदै हालै जारी भएको सञ्चार नीति कार्यान्वयनका लागि आवश्यक कानुनको परिमार्जन गर्न सरकारका तर्फबाट सहयोगको अपेक्षा गरे । उनले पत्रकारको न्यूनतम पारिश्रमिक लागू गर्न सरकारले हरसम्भव प्रयास गर्नुपर्ने आग्रह गर्दै सञ्चार क्षेत्रको समग्र विकासका लागि श्रमजीवी पत्रकारको पेसागत र भौतिक सुरक्षा तथा सञ्चार उद्योगको विकास दुवै दुष्टिकोणबाट हेर्नुपर्ने धारणा राखे । भेटमा महासंघका महासचिव उजिर मगरले प्रधानमन्त्रीलाई महासंघका तर्फबाट बधाइ तथा शुभकामना दिँदै पत्रकारले भोग्नुपरेको चुनौतीका बारेमा अवगत गराएका थिए । (रासस)


समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Adv-Kailash-1686118720.jpg
sanchar-rajitra-add-final-1711344560.gif

Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
Adv-Ghatna-Darta-Htd7-1705218069.jpg
Ghatna-Darta-Notice-Htd-1-1665992031.jpg
सगरमाथा निमाबिमा ४ कोठे भवनको शिलान्यास
Screenshot_20240516_20242-1715870573.jpg

३ जेठ, हेटौंडा । मनहरी गाउँपालिका-६ रुपाचुरीमा रहेको सगरमाथा आधारभुत विद्यालयको ४ कोठे भवनको शिलान्यास गरिएको छ...

प्रतिनिधिसभाको बैठकमा कांग्रेस र एमाले सांसद बिच धकेलाधकेल
Screenshot_20240516_18293-1715864342.jpg

३ जेठ, काठमाडौं।  बिहीबार बसेको प्रतिनिधिसभाको बैठकमा कांग्रेस र एमालेका सांसदहरु बिच धकेलाधकेल भएको छ।साँझ ४...

मनहरीका ४ विपन्न एकल महिलालाई घर हस्तान्तरण
Screenshot_20240516_17144-1715859288.jpg

३ जेठ, हेटौंडा । मनहरी गाउँपालिकाको  ३ वटा वडाका सीमान्तकृत र अतिविपन्न चेपाङ समुदायका एकल महिलाको लागि टुकी...

राष्ट्रियसभाको बैठक स्थगित
Rastriya-sabha-1715858715.jpg

३ जेठ, काठमाडौं । राष्ट्रियसभाको बैठक स्थगित भएको छ । नेपाली कांग्रेसले अवरोध गरेपछि राष्ट्रियसभा बैठक स्थगित...

अनसनरत डाक्टर गोविन्द केसी अस्पताल भर्ना
govinda-kc-1715850217.jpg

३ जेठ, काठमाडौं । गत २९ बैशाखदेखि अनसनरत डा. गोविन्द केसीको स्वास्थ्य अवस्था बिग्रिएपछि अस्पताल भर्ना गरिएको छ...

रविमाथि छानविन समिति बनाउनुपर्ने एकीकृत समाजवादीको धारणा
samajbadi-1-1715843631.jpg

३ जेठ, काठमाडौं । नेकपा एकीकृत समाजवादी पार्टीले उपप्रधान एवम् गृहमन्त्री रवि लामिछाने माथि सरकारी ठगी प्रकरणमा...

सुदूरपश्चिमका मुख्यमन्त्री सोडारीले पाए विश्वासको मत
Dirga-1715843201.jpg

३ जेठ, काठमाडौं । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री दीर्घबहादुर सोडारीले विश्वासको मत प्राप्त गरेका छन् ।...

प्रतिनिधिसभा बैठक सर्यो
Pratinidhi-Sabha-1715841756.jpg

३ जेठ, काठमाडौं । प्रतिनिधिसभा बैठक आज अपरान्ह ४ बजेका लागि सारिएको छ । विहान ११ बजेका लागि बोलाईएको बैठक अपरान्ह...

नेपाली बजारमा सुनको मूल्य १६ सयले बढ्यो
Gold1-1715841223.jpg

३ जेठ, काठमाडौं । नेपाली बजारमा बिहिबार सुनको मूल्य प्रतितोला १६ सय रुपैंयाले बढेको छ । बिहिबार सुनचाँदीको...

थप समाचार