Email :- prastakhabar@gmail.com
900x100-1779113053.gif

समाज

रानीमा नवनिर्वाचित कार्यसमितिको शपथग्रहण

Screenshot_20210411-07203-1618105136.jpg

भीमसेन पौडेल

२९,चैत्र, हेटौडा ।हेटौडा–६,चौघडामा रहेको रानी सामुदायिक वन उपभोक्ता समूहको नवनिर्वाचित पदाधिकारीहरुको पद तथा गोपनीयताको शपथग्रहण कार्यक्रम शनिवार सम्पन्न भएको छ ।नवनिर्वाचित अध्यक्षमा विष्णुप्रसाद न्यौपाने, उपाध्यक्षमा केशव धिताल, सचिवमा नानीमाया रुम्वा, सहसचिवमा दीपक सापकोटा र कोषाध्यक्षमा गोमा लामिछाने चयन हुनु भएको छ । यसैगरि जनजाती महिला सदस्यमा जोगमाया राई, महिला सदस्यमा सन्ध्या श्रेष्ठ, अमुना सापकोटा, अनिता बुढाथोकी, पार्वती न्यौपाने, सदस्यमा सूर्यप्रसाद दुलाल र शत्रुघन दुलाल चयन भएका हुन । १३ सदस्यीय कार्यसमितिमा एक दलित महिला सदस्य कार्यसमितिले मनोनित गर्ने बताईएको छ ।निर्वाचन समितिका संयोजक रमेश प्रसाद लामिछानेले पद तथा गोपनियताको शपथग्रहण गराएका हुन ।

हेटौडा–६ का वडा अध्यक्ष अर्जुनप्रसाद चौलागाँईको प्रमुख आतिथ्यतामा भएको सपथग्रहण कार्यक्रममा सामुदायिक वन उपभोक्ता महासंघ,बागमती प्रदेशका सचिवालय सदस्य रामहरि चौलागाँई ,मकवानपुर अध्यक्ष साधुराम चौलागाँई, सव डिभिजन वन कार्यालय, हेटौडाकी सहायक वन अधिकृत गायत्री शर्मा, समूहका निवर्तमान अध्यक्ष कृष्ण बिडारी, पूर्व अध्यक्ष बलराम अधिकारी, कामधेनु बहुउद्धेश्यीय सहकारी संस्थाका अध्यक्ष उदय बिडारी,निर्वाचन समितिका सदस्य रुपेश दुलाल, कार्यालय सचव भीमसेन पौडेल लगायतकाले मन्तव्य व्यक्त गरेका थिए । १३४ हेक्टर क्षेत्रफलमा फैलिएको रानी सामुदायिक वनमा ९ सय घरधुरी आवद्ध रहेका छन ।

 

 


समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Notice-Makwa-1711432400.jpg
Bhu-Tatha-Jalaadhaar-Makw-1782566927.jpg

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
सर्वोच्चका ४ न्यायाधीशद्वारा शपथ ग्रहण
Screenshot_20261113_18381-1794574408.jpg

२७ कार्तिक, हेटौंडा । राष्ट्रपतिको कार्यालयका अनुसार राष्ट्रपति रामचन्द्र पौडेलले सर्वोच्च अदालतमा चार जना...

काठमान्डु-सुदूरपश्चिम र चितवन-जनकपुर भिड्ने
Nepal_Premier_League_offi-1794534421.png

२७ कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटमा आज दुई वटा खेलहरू हुँदैछन् । कीर्तिपुरस्थित त्रिवि...

मधेश प्रदेशसभाको बैठक कात्तिक २८ गते बस्ने
1764910992_Madesh-1200x56-1794534159.jpg

२७ कार्तिक, हेटौंडा । मधेश प्रदेशसभाको बैठक कात्तिक २८ गतेका लागि आह्वान गरिएको छ । मधेश प्रदेशका मुख्यमन्त्री...

परराष्ट्रमन्त्री खनाल र महासचिव गुटेरेससँग भेट
United-Natins-1794533791.jpg

२७ कार्तिक, हेटौंडा । परराष्ट्रमन्त्री शिशिर खनालले संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेससँग...

लुम्बिनी लायन्स एनपीएलको प्लेअफमा
pokhara-lumbini-4-1794533563.jpg

२७ कार्तिक, हेटौंडा । लुम्बिनी लायन्स नेपाल प्रिमियर लिग (एनपीएल) को प्लेअफमा पुग्ने पहिलो टिम बन्न सफल भएको छ...

एक-दुई स्थानमा हल्का वर्षाको सम्भावना
rain-weather-1794533086.jpg

२७ कार्तिक, हेटौंडा । हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ।  विहान देशका हिमाली र पहाडी भू-भागमा...

भीमफेदी इभी दुर्घटना अपडेट: ११ जनाको मृत्यु, ६ जना घाइते
IMG_20261112_181513-1794486639.jpg

२६ कार्तिक, हेटौंडा । मकवानपुरको भीमफेदी गाउँपालिका-६ चिसापानीगढीमा ईभी हाइस करिब ५०० मिटर तल भिरमा खस्दा...

परराष्ट्रमन्त्री खनाल र फिनल्यान्डका विकासमन्त्री ताभियोबीच भेटवार्ता
1000221314-1794449454.jpg

२६ कार्तिक, हेटौंडा । परराष्ट्रमन्त्री शिशिर खनाल र फिनल्यान्डका वैदेशिक व्यापार तथा विकासमन्त्री भिले...

मधेशका मुख्यमन्त्रीले कात्तिक २८ गते विश्वासको मत लिने
Krishna-prasad-yadav-mk-1-1794449185.jpg

२६ कार्तिक, हेटौंडा । मधेश प्रदेशका मुख्यमन्त्री कृष्णप्रसाद यादवले कात्तिक २८ गते प्रदेशसभामा विश्वासको मत...

थप समाचार