Email :- prastakhabar@gmail.com
900x100-1779113053.gif

समाज

हेटौंडामा वन अतिक्रमण नियन्त्रणका लागि छलफल

Screenshot_20210419-17584-1618834641.jpg

भीमसेन पौडेल

६ बैशाख, हेटौडा ।वन अतिक्रमण र चोरी निकासीलाई कसरी नियन्त्रण गर्न सकिन्छ भन्ने विषयमा हेटौंडामा छलफल कार्यक्रमको आयोजन गरिएको छ।सोमवार सव डिभिजन वन कार्यालय हेटौडामा सरोकारवालाहरु विच छलफल गरिएको हो ।छलफलमा स्थानीय तह, प्रदेश र संघ, सामुदायिक वन, सुरक्षाकर्मी र अन्य सरोकारवालहरु विच समन्वय र सहकार्य हुनु पर्नेमा सहभागीहरुले जोड दिएका थिए । राज्यले निर्माण गरेका वन नीति उपयुक्त नहुनु, राज्यका संयन्त्र कमजोर हुनु, राजनैतिक दलहरु सक्रिय नहुनु,सामुदायिक वनका पदाधिकारीहरु निष्क्रिय हुनु लगायतका कारण पनि वन अतिक्रमण बढ्नुको प्रमुख कारण भएको सहभागीहरुले बताए ।

डिभिजन वन कार्यालयको चालु आर्थिक वर्ष २०७७।०७८ को स्वीकृत बार्षिक कार्यक्रम अनुसार छलफल  आयोजना गरिएको छलफल कार्यक्रमका सव डिभिजन वन कार्यालय ,हेटौडाकी सहायक वन अधिकृत गायत्री शर्माले कार्यक्रमको उद्धेश्यको बारेमा जानकारी गराएकी थिइन ।

कार्यक्रममा हेटौडा–१ का वडा अध्यक्ष सविन न्यौपाने,९ का वडा अध्यक्ष लक्ष्मण प्रसाद भण्डारी, १० का वडा अध्यक्ष किताव सिह लामा, हेटौंडा १५का वडा अध्यक्ष महारत्न लामा, हेटौडा २ का वडा सदस्य महेश्वरमान श्रेष्ठ, सामुदायिक वन उपभोक्ता महासंघ, बागमती प्रदेशका सचिवलय सदस्य रामहरि चौलागाँई, फेकोफन मकवानपुरका अध्यक्ष साधुराम चौलागाँई, स्थानीय महासंघ, हेटौडाका अध्यक्ष शम्भुप्रसाद न्यौपाने, सुरक्षाकर्मी, संचारकर्मी लगायतको सहभागिता थियो ।


समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Notice-Makwa-1711432400.jpg
Bhu-Tatha-Jalaadhaar-Makw-1782566927.jpg

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
सर्वोच्चका ४ न्यायाधीशद्वारा शपथ ग्रहण
Screenshot_20261113_18381-1794574408.jpg

२७ कार्तिक, हेटौंडा । राष्ट्रपतिको कार्यालयका अनुसार राष्ट्रपति रामचन्द्र पौडेलले सर्वोच्च अदालतमा चार जना...

काठमान्डु-सुदूरपश्चिम र चितवन-जनकपुर भिड्ने
Nepal_Premier_League_offi-1794534421.png

२७ कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटमा आज दुई वटा खेलहरू हुँदैछन् । कीर्तिपुरस्थित त्रिवि...

मधेश प्रदेशसभाको बैठक कात्तिक २८ गते बस्ने
1764910992_Madesh-1200x56-1794534159.jpg

२७ कार्तिक, हेटौंडा । मधेश प्रदेशसभाको बैठक कात्तिक २८ गतेका लागि आह्वान गरिएको छ । मधेश प्रदेशका मुख्यमन्त्री...

परराष्ट्रमन्त्री खनाल र महासचिव गुटेरेससँग भेट
United-Natins-1794533791.jpg

२७ कार्तिक, हेटौंडा । परराष्ट्रमन्त्री शिशिर खनालले संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेससँग...

लुम्बिनी लायन्स एनपीएलको प्लेअफमा
pokhara-lumbini-4-1794533563.jpg

२७ कार्तिक, हेटौंडा । लुम्बिनी लायन्स नेपाल प्रिमियर लिग (एनपीएल) को प्लेअफमा पुग्ने पहिलो टिम बन्न सफल भएको छ...

एक-दुई स्थानमा हल्का वर्षाको सम्भावना
rain-weather-1794533086.jpg

२७ कार्तिक, हेटौंडा । हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ।  विहान देशका हिमाली र पहाडी भू-भागमा...

भीमफेदी इभी दुर्घटना अपडेट: ११ जनाको मृत्यु, ६ जना घाइते
IMG_20261112_181513-1794486639.jpg

२६ कार्तिक, हेटौंडा । मकवानपुरको भीमफेदी गाउँपालिका-६ चिसापानीगढीमा ईभी हाइस करिब ५०० मिटर तल भिरमा खस्दा...

परराष्ट्रमन्त्री खनाल र फिनल्यान्डका विकासमन्त्री ताभियोबीच भेटवार्ता
1000221314-1794449454.jpg

२६ कार्तिक, हेटौंडा । परराष्ट्रमन्त्री शिशिर खनाल र फिनल्यान्डका वैदेशिक व्यापार तथा विकासमन्त्री भिले...

मधेशका मुख्यमन्त्रीले कात्तिक २८ गते विश्वासको मत लिने
Krishna-prasad-yadav-mk-1-1794449185.jpg

२६ कार्तिक, हेटौंडा । मधेश प्रदेशका मुख्यमन्त्री कृष्णप्रसाद यादवले कात्तिक २८ गते प्रदेशसभामा विश्वासको मत...

थप समाचार