६ भदौं, हेटौँडा । काठमाण्डौंमा भएको नेपाल पत्रकार महासंघको २५ औं महाधिवेशनबाट अध्यक्षमा गोविन्द आचार्य प्यानलसहित विजयी भएका छन् । पदाधिकारीमा उनी प्यानलसहित विजयी भएपनि प्रदेशमा भने मिश्रित परिणाम आएको हो ।
प्रेस युनियन र प्रेस सेन्टरसहित पत्रकारका साना संगठनका उम्मेदवार आचार्यले प्रेस चौतारीसहितका पत्रकार संगठनका उम्मेदवार तीर्थ कोइरालालाई १ सय पाँच मतले पराजित गरेका छन् । मंगलबार विहान आएको मत परिणाम अनुसार आचार्यले ७ सय ३२ र कोइरालाले ६ सय २७ मत प्राप्त गरेका छन् । अन्य तिन उम्मेदवार भने निकै कम मत ल्याएका छन् । उजिर मगरले ५४, इन्द्रबहादुर राउतले २० र भावना विद्रोहीले ६ मत प्राप्त गरेका छ ।
खुला उपाध्यक्षमा विपुल पोखरेल, समावेशी उपाध्यक्षमा दिलिप थापामगर, महासचिवमा रमेश विष्ट र खुला सचिवमा रामप्रसाद दाहाल विजयी भए भने महिला सचिवमा लक्ष्मी पुन, आदिवासी जनजाती सचिवमा उदय जीएम, मधेसी सचिवमा शीतलप्रसाद महतो, दलित सचिवमा रेमबहादुर विश्वकर्मा, एशोसियट सचिवमा प्रकाश थापा र कोषाध्यक्षमा राजेश मिश्र निर्वाचित भएका छ ।लेखा समिति संयोजकमा रोशन पुरी र सदस्यहरुमा मिरा राजभण्डारी र भुपेन्द्र आचार्य विजयी भए ।
प्रदेशमा १ नम्बरमा सटेन्द्र जबेगु (प्रेस चौतारी), उद्धव तिमिल्सिना (प्रेस युनियन), प्रदेश नम्बर २ मा देवराम यादव (प्रेस सेन्टर), शैलेन्द्र झा (प्रेस युनियन) प्रदेश नम्बर ३मा चौतारीका द्वारिका काफ्ले र कृष्ण गिरी, प्रदेश नम्बर ४ मा रामकृष्ण ज्ञवाली (प्रेस चौतारी), नवीन कुइँकेल (प्रेस सेन्टर), प्रदेश नम्बर ५ मा बसन्त गिरी (प्रेस सेन्टर), पुरुषोत्तम सुवेदी (प्रेस युनियन) प्रदेश नम्बर ६ मा कलेन्द्र सेजवाल (प्रेस युनियन), पुर्ण प्रसाद चौलागाईं (प्रेस सेन्टर), प्रदेश नम्बर ७ मीन बम (प्रेस युनियन) विजयी भएका छन् भने उत्तर विष्ट (प्रेस चौतारी) र श्याम भट्ट (प्रेस सेन्टर) को बराबर ४५–४५ मत आएको छ ।
काठमाडौं उपत्यकामा लेखनाथ न्यौपाने (प्रेस सेन्टर), गोबिन्द चौलागाईं (प्रेस चौतारी), प्रतिष्ठान तर्फ टिकाराम प्रधान (प्रेस सेन्टर), यम बिरही (प्रेस युनियन) खुला केन्द्रीय सदस्यहरुको मतगणना जारी छ ।
६ असोज, हेटौंडा । प्रधानमन्त्री वालेन्द्र शाह संयुक्त राष्ट्रसंघको ८१औँ महासभामा सहभागी हुन अमेरिका प्रस्थान...
६ असोज, हेटौंडा । प्रधानमन्त्री बालेन शाह संयुक्त राष्ट्रसंघको महासभामा भाग लिन आज न्युयोर्क जाँदैछन्...
६ असोज, हेटौंडा । परराष्ट्रमन्त्री शिशिर खनालले पोल्यान्डका उपप्रधान तथा परराष्ट्रमन्त्री राडोस्ल...
६ असोज, हेटौंडा । प्रतिनिधिसभाको बैठक आज बस्दैछ । बैठक दिउँसो १ बजे बस्ने भएको हो । आजको बैठकमा अर्थमन्त्री डा....
६ असोज, हेटौंडा । हाल देशभर मनसुनी वायुको साथै पश्चिमी वायुको पनि आंशिक प्रभाव रहेको छ। मनसुनको न्यून चापीय रेखा...
५ असोज, हेटौंडा । संयुक्त राष्ट्रसंघको ८१औँ महासभामा भाग लिन परराष्ट्रमन्त्री शिशिर खनालसहितको टोली संयुक्त...
५ असोज, हेटौंडा । मनास्लु हिमालमा हिमपहिरो जाँदा नेपाली गाइड फुरसेम्बा शेर्पा र भारतीय मूलका जर्मन पर्वतारोही...
५ असोज, हेटौंडा । प्रतिनिधिसभा र राष्ट्रियसभा दुवै सदनको बैठक आज बस्दै छ । दिउँसो १ बजे बस्ने प्रतिनिधिसभाको...
५ असोज, हेटौंडा । देशभर मनसुनी वायुका साथै पश्चिमी वायुको समेत आंशिक प्रभाव परेको छ । मनसुनको न्यून चापीय रेखा भने...
४ असोज, हेटौंडा । बाराको जीतपुरसिमरा उपमहानगरपालिका-२ सिमरामा चक्कु प्रहारबाट एक युवकको मृत्यु भएको छ । स्थानीय...
२४ भदौ, हेटौंडा । जेनजी आन्दोलनका क्रममा मकवानपुरको भीमफेदी कारागारबाट फरार भएका १२२ जना कैदीबन्दी अझै फरार छन्...
२५ भदौ, हेटौंडा । प्रतिनिधिसभा र राष्ट्रियसभाको बैठक आज बस्दै छ । प्रतिनिधिसभाको बैठक दिउँसो १ बजे र...
२५ भदौ, हेटौंडा । नेपाल एसीसी इमर्जिङ टिम्स एसिया कपका लागि छनोट भएको छ । आज भएको एसीसी प्रिमियर कप सेमिफाइनलमा...
२५ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास रहेको...
२५ भदौ, हेटौंडा । मकवानपुरमा रहेका श्रीकृष्ण प्रणामी समुदायबाट प्रधानमन्त्री दैवीप्रकोप राहत कोषमा ५ लाख...
२६ भदौ, हेटौंडा । नवनियुक्त उद्योगमन्त्री दीपक कुमार साहद्वारा पदभार ग्रहण गरेका छन् । बिहीबार राष्ट्रपति...
२६ भदौ, हेटौंडा । कुशेऔँशी पर्व आज वैदिक सनातन धर्मावलम्बीले वर्षभरि देवकार्य तथा पितृकार्यमा प्रयोग गरिने...
२७ भदौ, हेटौंडा । तेस्रो संस्करणको एससी प्रिमियर कप एकदिवसीय प्रतियोगिताको उपाधि नेपाली पुरुष राष्ट्रिय...


















