Email :- prastakhabar@gmail.com
Ghatna-Darta-Notice-Makwa-1711432400.jpg

समाज

स्काउटको पहलमा स्वास्थ्य शिविर

Health1-1503381241.jpg

स्वास्थ्य परिक्षण गर्दै स्वास्थ्यकर्मी ।

६ भदौ, हेटौंडा । बाढी  र डुवानका कारण प्रभावित हुन पुगेको  मनहरी प्रतापपुर  रमौलीमा स्वास्थ्य शिविर भएको छ ।
स्थानीय वासिन्दाहरको लागि नेपाल स्काउट, मकवानपुर र युथ फर ह्यूमन राईट नेपाल चयाप्टर काठमाडौंको आयोजना र लक्जमवर्ग लोक कल्याणकारी संस्थाको आर्थिक सहयोगमा एक दिने निःशुल्क स्वास्थ्य शिविर भएको हो । रोट्रयाक्ट क्लव अफ किष्ट मेडिकल कलेजका ७ जना डाक्टरहरुको टोली र हेटौंडा अस्पतालका डाक्टरहरुको समेत सहभागीतमा २ सय ८० जनाको स्वास्थ्य परिक्षण गरिएको थियो । स्वास्थ्य शिविरमा परिक्षण गरिएका अधिकांशमा झाडापखाला र ज्वरोका समस्या पाईएको थियो । 
कार्यक्रममा काठमाडौ र विभिन्न आसपासका जिल्लाका सहयोगदाताहरुबाटसंकलित बालिलिकाका लागि न्यानो कपडा र लत्ताकपडा वितरण गर्नुका साथै पूर्ण क्षति भएको मध्ये २४ घर धुरीलाई व्ल्यांकटे उपलव्ध गराएको मकवानपुर जिल्ला स्काउटका जिल्ला तालिम आयुक्त अशोक सारु मगरले बताए । स्वास्थ्य शिविरको लागि आवाश्यक प्राविधिक सहयोग र औषधि रोट्रयाक क्लब अफ किष्ट मेडिकल कलेज, रोज म्याथेसन प्राप्त भएको थियो । 
अनामिका अयौल र साथीहरुबाट व्ल्यांकेट र लत्ताकपडा, इपि माइग्रेसनबाट भोल्युन्टर, इन्फरमेसन टे विसु फर टेक्नोलोजी लगायतको संघ संस्थाको संकलित सामग्रीहरु र सहयोगबाट स्वास्थ्य शिविर गर्न सकिएको युथ फर ह्यूमन राईट नेपाल चयाप्टरका संयोजक गुणराज प्याकुरेलले बताए । बाढी  र डुवानका कारण त्यहाँका ३४ घर पूर्ण क्षति र ४२ घर आशिंक घर क्षति भएको थियो ।

FB_IMG_1503385585300-1503386083.jpg

सहयोग हस्तान्तरण गर्दै मकवानपुर स्काउटका तालिम आयुक्त अशोक सारु मगर ।


समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Adv-Kailash-1686118720.jpg
sanchar-rajitra-add-final-1711344560.gif

Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
Adv-Ghatna-Darta-Htd7-1705218069.jpg
Ghatna-Darta-Notice-Htd-1-1665992031.jpg
कक्षा १२ को परीक्षा आजदेखि शुरु
Exam-bord-1-1714095612.jpg

१४ बैशाख, हेटौंडा ।  कक्षा १२ परीक्षा आजदेखि देशभर एकैसाथ शुरु भएको छ । बैशाख २६ गतेसम्म बिहान ८ बजेदेखि ११...

बागमतीमा छिटपुटदेखि हल्का वर्षाको सम्भावना
bbf45bd431c201febcfc00aae-1714094820.jpg

१४ बैशाख, हेटौंडा । हाल नेपालमा पश्चिमी वायु र स्थानीय वायुको आंशिक प्रभाव रहेको छ । गण्डकी, कर्णाली र...

बागमती प्रदेशमा ४६ जना औलोका रोगी
Bagmati-pradeshh-1714092592.jpg

१४ बैशाख, हेटौंडा । बागमती प्रदेशमा हाल ४६ जना औलोको रोगी रहेको जानकारी दिइएको छ । विश्व औलो दिवस २०८१ को अवसरमा...

रौतहट बमकाण्डका आरोपित आलमसहित चार जनालाई जन्मकैद
alamp-1714092451.jpg

१४ बैशाख, हेटौंडा । रौतहटको राजपुर बमकाण्डका आरोपित आलमसहित ४ जनालाई जन्मकैदको फैसला भएको छ । जिल्ला अदालत...

रोजगारी श्रृजना गर्न छलफल गर्दै उपमहानगर
Hetauda-1714092088.jpg

१४ बैशाख, हेटौंडा । नगर क्षेत्रमा रोजगारीको अभाबमा रहेका युवाहरुलाई रोजगारी श्रृजना गर्ने अभियानमा हेटौंडा...

शिवम् सिमेन्टको अनुगमन गर्न समिति गठन
FB_IMG_1714057431058-1714057524.jpg

१३ बैशाख, हेटौंडा। बिहीबार बिहान प्लाष्टिक बालेर प्रदुषण भएपछि हेटौंडा-१७ का  स्थानीयले अवरोध गरेको हेटौंडा १६...

मनहरी खोलामा डुबेर शेखरको मृत्यु
For-representation-only-1714051520.jpg

१३ बैशाख, हेटौंडा। मकवानपुरको मनहरीमा खोलामा डुबेर एक जनाको मृत्यु भएको छ ।बिहीबार दिउँसो मनहरी खोलामा नुहाउन...

राष्ट्रपतिद्वारा उपनिर्वाचनमा सेना परिचालन गर्न स्वीकृति
1_MG_8242-scaled-e1593924-1714038806.jpg

१३ बैशाख, काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले उपनिर्वाचनका लागि नेपाली सेना परिचालन गर्न स्वीकृति दिएका...

बिहिबार सुनको मूल्य घट्यो
Gold-1714032209.jpg

१३ बैशाख, हेटौंडा । नेपाली बजारमा बिहीबार सुनको मूल्य घटेको छ । सुनको मूल्य तोलामा २०० रुपैयाँले घटेको हो...

थप समाचार