१६ भदौं, हेटौँडा । सालकको बासस्थानको सुरक्षा, यसको संरक्षण र विस्तार बारे शुक्रबार चुच्चेखोलामा वृहत अन्तरक्रिया कार्यक्रमको आयोजना गरिएको छ ।
जिल्ला वन कार्यालय मकवानपुर, जुरोजिकल सोसाईटी अफ लण्डन र चुच्चेखोला सामुदायिक वन उपभोक्ता समूहको संयुक्त आयोजनामा अन्तरक्रिया कार्यक्रमको आयोजना गरिएको हो । अन्तरक्रिया कार्यक्रमका सहभागीहरुले सालकको संरक्षण, बासस्थान र यसको विस्तार, चोरी शिकार नियन्त्रण, कानूनी प्रावधान लगायतका विषयहरुमा छलफल गरेका थिए । कार्यक्रममा जुरोजिकल सोसाईटी अफ लण्डनका कार्यक्रम संयोजक भगवान दाहालले सालकको संरक्षण गर्न सबै उपभोक्ताहरुलाई आग्रह गर्दै कार्यक्रममा सहयोग गर्ने बताए ।
जिल्ला वन अधिकृत राजेन्द्र न्यौपानेको प्रमुख आतिथ्यता एवम समूहका अध्यक्ष अर्जुनप्रसाद दाहालको अध्यक्षतामा कार्यक्रम भएको थियो । कार्यक्रममा हेटौडा–१७ का वडाध्यक्ष भैरबबहादुर राई, पूर्वअध्यक्ष चेतनाथ चौलागाई, सञ्चारकर्मी भीमसेन पौडेल, कमलको फूल आयआर्जन समूहकी अध्यक्ष विभामाया दुरच्याई मगर, प्रगतिशिल यूवा क्लवका अध्यक्ष अमित कडेल, उपभोक्ता मुक्तीनाथ गौतम, कार्यालय सचिव केदारप्रसाद गौतम लगायतकाले मन्तव्य व्यक्त गरेका थिए ।
समूहलाई सालक संरक्षण,चोरीशिकारी नियन्त्रण र आयमुलक कार्यक्रम संचालन गर्न जुरोजिकल सोसाईटी अफ लण्डनले आर्थिक सहयोग गर्ने भएको छ ।
२९ असोज, हेटौंडा । संसदीय सुनुवाइ समितिले विभिन्न १० देशका लागि सरकारद्वारा सिफारिस गरिएका नेपाली राजदूतहरूको...
२९ असोज, हेटौंडा । संसदीय सुनुवाइ समितिले दुई देशका लागि प्रस्तावित राजदूतकाे नाम अस्वीकृत गरेको छ। बुधबार...
२९ असोज, हेटौंडा । शारदीय नवरात्रको पाँचौँ दिन आश्विन शुक्ल पञ्चमीका अवसरमा आज नवदुर्गा भवानीको पाँचौँ स्वरूप...
२९ असोज, हेटौंडा । हाल देशमा पश्चिमी र स्थानीय वायुको आंशिक प्रभाव रहेको छ। जसको प्रभावले हाल देशका हिमाली र...
२८ असोज, हेटौंडा । विश्वकप क्रिकेट लिग-२ अन्तर्गत ओमान भ्रमणमा रहेको नेपालले लगातार दोस्रो खेलमा जित हासिल गरेको...
२८ असोज, हेटौंडा । राष्ट्रपति रामचन्द्र पौडेलले मन्त्रिपरिषद्को सिफारिसमा दुई वटा अध्यादेश जारी गरेका छन्...
२८ असोज, हेटौंडा । नवरात्रको चौथो दिन आज आश्विन शुक्ल चतुर्थीका अवसरमा विभिन्न शक्तिपीठ, देवी मन्दिर तथा घरघरका...
२८ असोज, हेटौंडा । हाल देशमा पश्चिमी वायु र मनसुनी वायुको आंशिक प्रभाव रहेको छ। जसको प्रभावले हाल देशका हिमाली...
२७ असोज, हेटौंडा । नेपाली बजारमा आज सुनको मूल्य घटेको छ । सुन प्रतितोला दुई हजार २०० रुपैयाँ र चाँदी ६० रुपैयाँले...
१६ असोज, हेटौंडा । हेटाैडा-६ चाैघडामा रहेकाे बंशगाेपाल दुग्ध उत्पादक सहकारी संस्थाकाे ३५ औं वार्षिक साधारणसभा...
२० असोज, हेटौंडा । गृह मन्त्रालयले संवेदनशील सुरक्षा सूचना चुहावट गरेको आरोपमा सशस्त्र प्रहरी बलका अतिरिक्त...
२१ असोज, हेटौंडा । नेपाली कांग्रेसको १५औँ महाधिवेशन अन्तर्गत केन्द्रीय सदस्य (खुला) तर्फ बागमती प्रदेश सभापति...
२१ असोज, हेटौंडा । हाल देशमा पश्चिमी न्यून चापीय प्रणालीका साथै मनसुनी वायुको प्रभाव समेत रहेको छ । देशका हिमाली...
१९ असोज, हेटौंडा । चितवनको इच्छाकामना गाउँपालिका-७ सिमलढापमा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ...
१६ असोज, हेटौंडा । नेपाली राष्ट्रिय पुरुष क्रिकेट टोली २० औं एसियाली खेलकुदमा सहभागिता जनाएर स्वदेश फिर्ता भएको...
२१ असोज, हेटौंडा । नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा वरिष्ठ उपसभापति पदमा विश्वप्रकाश शर्मा र महिला...
१६ असोज, हेटौंडा । देशभर मनसुनी वायु र पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ। जसको प्रभावले हाल देशभर आंशिक बादल...
२० असोज, हेटौंडा । अर्थमन्त्री डा. स्वर्णिम वाग्ले र विश्व बैंक समूहका अध्यक्ष अजय बांगाबीच उच्चस्तरीय...








-1791939176.jpg)









