Email :- prastakhabar@gmail.com
900x100-1779113053.gif

समाज

विद्यालयमा मनाईयो बालदिवस

20170914_134114-1505389736.jpg

भानु मावि मकवानपुरगढीको कार्यक्रम ।

२९ भदौ, हेटौँडा । मकवानपुरको मनहरी–३, सिद्धकालीमा रहेको प्रजा आधारभुत बिद्यालयका बाढी र पहिरो प्रभावित बिद्यार्थीलाई स्टेशनरी वितरण गरिएको छ । राष्ट्रिय अभियान मकवानपुरले बिद्यालयका ४३ बिद्यार्थीलाई सहयोग प्रदान गरेको हो । कार्यक्रममा शिक्षाका लागि राष्ट्रिय अभियान मकवानपुरका संयोजक बुद्ध लामा, सदस्य कुमारी वाईबा, बिद्यालयका अध्यक्ष राजु खनाल लगाएतले शैक्षिक सामग्री वितरण गरेका थिए ।

यस्तै, बिद्यालयमा राष्ट्रिय बाल दिवसको अवसरमा वक्तृत्वकला कार्यक्रम पनि भएको छ । हिमराईट्स मकवानपुरले ‘बर्तमान सन्दर्भमा शिक्षाको महत्व’ विषयक वक्तृत्वकला प्रतियोगिता भएको हो । ७ बिद्यार्थी सहभागी प्रतियोगितामा कक्षा ८ की मन्दिरा भण्डारी प्रथम, कक्षा ८ का सञ्जय तामाङ्ग दोश्रा, कक्षा ८ कै निरज घलान तेश्रा र कक्षा ६ की जोनिषा मोक्तान सान्त्वना भएका थिए ।

कार्यक्रमका बिजेतालाई बिद्यालयका प्रधानध्यापक तुलबहादुर सुनार लगाएतले पुरस्कार प्रदान गरेका थिए । कार्यक्रममा कक्षा २ का बिवश प्रजा, कक्षा ३ की जुलुङ प्रजा र कक्षा ४ का बिकास प्रजालाई झोलासहित कपी, टिफिन बक्स, पानीको बोत्तल लगाएतका सामग्री बितरण गरिएको हिमराईट्स मकवानपुरकी कार्यक्रम संयोजक कुमारी वाईवाले जानकारी दिए ।

यस्तै, पूर्वी मकवानपुरको बकैया–३ हात्तिसुडेमा रहेको बुद्ध माविमा पनि बाल दिवस मनाईएको छ । हात्तीसुँडेमा सिविन नेपाल, बुद्ध मावि, बुद्ध युवा क्लब, वसन किशोरी समूह, परिवर्तनशील किशोरी समूह र बुद्ध किशोरी समूहको संयुक्त आयोजनामा कार्यक्रम भएको हो । कक्षा १–५ र ६–१० को बाल नृत्य प्रतियोगिता, ८–१० को वक्तृत्वकला प्रतियोगिता र ६–१० को कविता प्रतियोगिता र बालिकामाथि हुने हिंसा विरुद्धको जनचेतनामूलक सडकनाटक प्रस्तुत लगायतका कार्यक्रम भएको थियो ।

वडा अध्यक्ष दिलबहादुर भोम्जनको प्रमुख आतिथ्यता एवं शिक्षक अभिभावक संघका अध्यक्ष शिवराम ढकालको सभाध्यक्षतामा भएको कार्यक्रममा विद्यालयका प्रधानाध्यापक छविलाल विक, सिविन नेपालका सहजकर्ता सञ्जु कुमारी डिम्डुङ, विद्यालयस्तरको बाल संरक्षण समितिका संयोजक योग बहादुर राई, बुद्ध युवा क्लबका अध्यक्ष बुद्ध थिङ, बसन किशोरी समूहकी अध्यक्ष सरिता विक, बुद्ध किशोरी समूहकी अध्यक्ष सम्झना गोले, परिवर्तनशील किशोरी समूहकी अध्यक्ष गिता घिमिरे लगायतको सहभागिता रहेको थियो ।
यसैगरी महेन्द्र किरण मावि मनहरी र भानु मावि गढीमा पनि विभिन्न कार्यक्रम गरी बाल दिवस मनाईएको छ ।


समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Notice-Makwa-1711432400.jpg
Bhu-Tatha-Jalaadhaar-Makw-1782566927.jpg

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
प्रशासनिक कार्य वाग्लेले सम्हाल्ने
swarnim-wagle1-1790150442.jpg

७ असोज, हेटौंडा । प्रधानमन्त्री बालेन्द्र साह संयुक्त राष्ट्रसङ्घको महासभामा सहभागी हुन संयुक्त राज्य अमेरिका...

प्रधानमन्त्री शाह अमेरिका प्रस्थान
6-pm-balen-nepal-photo-li-1790089851.jpg

६ असोज, हेटौंडा । प्रधानमन्त्री वालेन्द्र शाह संयुक्त राष्ट्रसंघको ८१औँ महासभामा सहभागी हुन अमेरिका प्रस्थान...

प्रधानमन्त्री बालेन आज न्युयोर्क जाँदै
balen-sahaaa1661769967-1790040514.jpg

६ असोज, हेटौंडा । प्रधानमन्त्री बालेन शाह संयुक्त राष्ट्रसंघको महासभामा भाग लिन आज न्युयोर्क जाँदैछन्...

परराष्ट्रमन्त्री र पोल्यान्डका उपप्रधानमन्त्रीबीच भेटवार्ता
meeting1-1790040112.jpg

६ असोज, हेटौंडा । परराष्ट्रमन्त्री शिशिर खनालले पोल्यान्डका उपप्रधान तथा परराष्ट्रमन्त्री राडोस्ल...

प्रतिनिधिसभाको बैठक आज बस्दै
Screenshot_20260628_16321-1790039554.jpg

६ असोज, हेटौंडा । प्रतिनिधिसभाको बैठक आज बस्दैछ । बैठक दिउँसो १ बजे बस्ने भएको हो । आजको बैठकमा अर्थमन्त्री डा....

साधारणतया बादल लाग्ने
cloudy-weather-1771119240-1790039341.jpg

६ असोज, हेटौंडा । हाल देशभर मनसुनी वायुको साथै पश्चिमी वायुको पनि आंशिक प्रभाव रहेको छ। मनसुनको न्यून चापीय रेखा...

परराष्ट्रमन्त्री खनालसहितको टोली अमेरिका प्रस्थान
Foreign-minister-667-1536-1789959425.jpg

५ असोज, हेटौंडा । संयुक्त राष्ट्रसंघको ८१औँ महासभामा भाग लिन परराष्ट्रमन्त्री शिशिर खनालसहितको टोली संयुक्त...

मनास्लुमा हिमपहिरो, दुईजनाको मृत्यु
Death-Body_20241108092154-1789958531.jpg

५ असोज, हेटौंडा । मनास्लु हिमालमा हिमपहिरो जाँदा नेपाली गाइड फुरसेम्बा शेर्पा र भारतीय मूलका जर्मन पर्वतारोही...

प्रतिनिधिसभा र राष्ट्रियसभाको बैठक बस्दै
Screenshot_20260628_16321-1789958019.jpg

५ असोज, हेटौंडा । प्रतिनिधिसभा र राष्ट्रियसभा दुवै सदनको बैठक आज बस्दै छ ।  दिउँसो १ बजे बस्ने प्रतिनिधिसभाको...

थप समाचार