Email :- prastakhabar@gmail.com
900x100-1779113053.gif

राजनीति

संघीय स्वास्थ्यमन्त्री खतिवडाबाट बागमती प्रदेशको तयारीबारे अन्तर्क्रिया

Screenshot_20220118-21071-1642519651.jpg

४ माघ, हेटौंडा । संघीय सरकारका स्वास्थ्य तथा जनसंख्या मन्त्री बिरोध खतिवडाले कोरोना संक्रमण न्यूनीकरण, रोकथाम एवं उपचारमा बागमती प्रदेशको तयारीबारे अन्तर्क्रिया गरेका छन् । 
संघीय स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको खोप अभियान द्रुत कार्य संचालन टोलीको नेतृत्व गर्दै हेटौंडा आइपुगेका मन्त्री खतिवडाले बागमती प्रदेशको तयारी र गरिरहेको कामबारे अन्तरक्रिया गरेका हुन् । कार्यक्रममा बोल्दै मन्त्री खतिवडाले कोरोनाको जोखिम न्यूनीकरणका लागि खोप अभियानलाई सबै क्षेत्रमा पुर्याउन तालिका बनाएर खोप अभियान संचालन गर्नुपर्नेमा जोड दिए । उनले खोपको पर्याप्तता रहेकाले सबैलाई दुई डोज खोप दिई लक्षित वर्गमा बुस्टर डोजलाई पनि अघि बढाउन निर्देशन दिए । उनले सम्भावित जोखिमबारे ध्यान दिनुपर्ने बताउँदै विगतको जस्तो जनजीवन ठप्प हुने गरि लकडाउन गर्न नहुने धारणा राखे ।
कार्यक्रममा बोल्दै बागमती प्रदेशका मूख्यमन्त्री राजेन्द्र पाण्डेले कोरोनाविरूद्धको अभियानका लागि बजेट अभाव नहुने बताए । खोप अभियानमा सबैको सहयोगमा सफलता हासिल हुनेमा उनको विश्वास थियो । कार्यक्रममा बागमती प्रदेशका स्वास्थ्य मन्त्री बागमती प्रदेशमा कोरोनाविरूद्धको अभियालाई प्रभावकारी बनाउन प्रदेशस्तरको कोभिड-१९ व्यवस्थापन निर्देशक समितिले व्यवस्थित ढंगले काम गरिरहेको बताए ।
कार्यक्रममा बागमती प्रदेश स्वास्थ्य मन्त्रालयका प्रवक्ता बसन्त अधिकारीले बागमती प्रदेशमा भइरहेका कामबारे प्रस्तुतिकरण गरेका छन् ।
आन्तरिक मामिला तथा योजना मन्त्री कृष्ण खनाल, सामाजिक विकास मन्त्री कुमारी मोक्तानको उपस्थिति रहेको कार्यक्रममा सुरक्षा निकाय र प्रदेश मन्त्रालयका सचिव, संघीय स्वास्थ्य मन्त्रालयकी प्रवक्ता, मकवानपुरका प्रमुख जिल्ला अधिकारी लगायतले कोभिडविरूद्ध गरेका काम र तयारीबारे अवगत गराएका थिए ।

Screenshot_20220118-21141-1642519783.jpg

समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Notice-Makwa-1711432400.jpg
Bhu-Tatha-Jalaadhaar-Makw-1782566927.jpg

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
रास्वपा सभापति लामिछाने भारत जाने
Rabi_lamichhane1686382710-1792717881.jpg

६ कार्तिक, हेटौंडा । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने तीन दिने भ्रमणका लागि भारत जाने...

हानिनोक्सानी कोषले नेपाललाई करिब तीन अर्ब अनुदान दिने
loss_damage-1792716840.jpg

६ कार्तिक, हेटौंडा । जलवायु परिवर्तनका कारण भोटेकोशी र त्रिशूली नदीमा आएको बाढीबाट प्रभावित समुदायको राहत,...

आइपिएलको टिकट मूल्य सार्वजनिक
Nepal_Premier_League_offi-1792716535.png

६ कार्तिक, हेटौंडा । नेपाल क्रिकेट संघ (क्यान) ले तेस्रो संस्करणको नेपाल प्रिमियर लिगका खेलहरूको टिकट मूल्य...

आज पनि टीका लगाउने क्रम जारी
Screenshot_20261023_06275-1792716181.jpg

६ कार्तिक, हेटौंडा । बडादशैं अन्तर्गत टीकाको तेस्रो दिन आज पनि मान्यजनबाट टीका, जमरा र आशीर्वाद ग्रहण गर्ने क्रम...

मौसम मुख्यतया सफा रहने
kathmandu-sky-(1)-1792715895.jpg

६ कार्तिक, हेटौंडा । हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ । हाल देशभर मौसम मुख्यतया सफा रहेको छ।  तराई...

पूर्वप्रधानमन्त्री खनाल अस्पतालबाट डिस्चार्ज
Jhalanath-Khanal-17912015-1792632009.jpg

५ कार्तिक, हेटौंडा । पूर्वप्रधानमन्त्री झलनाथ खनाल अस्पतालबाट डिस्चार्ज भएका छन् । उनी अस्पतालबाट घर फर्किएको...

टीका र जमरा लगाउने क्रम जारी
dashain-teeka-1792631601.jpg

५ कार्तिक, हेटौंडा । बडादसैँ अन्तर्गत टीकाको दोस्रो दिन आज पनि मान्यजन तथा आफन्तबाट नवदुर्गाको प्रसाद स्वरूप...

हात्तीको आक्रमणबाट दुई व्यक्तिको मृत्यु
elephant-e1785897096641-1792545547.jpg

४ कार्तिक, हेटौंडा । जंगली हात्तीको आक्रमणबाट एउटै गाउँका दुई जनाको मृत्यु भएको छ । बाह्रदशी गाउँपालिका-२ जनता...

एनपीएल तेस्रो संस्करणमा डीआरएस प्रयोग गरिने
1792466625331-x81iv6f-1792545334.png

४ कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणमा डिसिजन रिभ्यू सिस्टम (डीआरएस) प्रयोग गरिने...

थप समाचार