सुनिल शिवाकोटी
११ माघ,हेटौंडा। राष्ट्रिय सभा सदस्य निर्वाचन अन्तर्गत बागमती प्रदेशमा हुने निर्वाचनको तयारी पुरा भएको छ।
बागमती प्रदेशतर्फ खाली रहेको दुइ सिटका लागि बुधबार हुने निर्वाचन प्रक्रिया अन्तर्गत हुने मतदानको तयारी पूरा भएको निर्वाचन आयोग प्रदेश निर्वाचन कार्यालय बागमती प्रदेश हेटौंडाका प्रमुख लुमनाथ पोखरेलले जनाएका छन्।
हेटौंडा-८ मा रहेको औद्योगिक व्यवस्थापन लिमिटेडको सभागृहमा हुने मतदान प्रकृयामा प्रदेशसभा सदस्यका लागि र जनप्रतिनिधिका लागि छुट्टै(दुईवटा) मतदान केन्द्र कायम गरिएको मतदान केन्द्रमा अधिकृतसहित ८–८ जना गरी १६ जना कर्मचारी खटाइने पोखरेलले जानकारी दिएका छन्।पोखरेलका अनुसार मतदान केन्द्र अनुसार मतपत्रको रङ पनि फरक/फरक रहने छ।
मतदान स्थलमा हेल्प डेस्क, स्वास्थ्य क्लिनिक सञ्चालन तथा कोरोना जाँच(एन्टिजेन जाँच)को व्यवस्था गरिएको छ। कोभिड–१९ महामारीको कारणले गर्दा स्वास्थ्य सुरक्षामा केही चुनौती देखिएकोले मतदान स्थल प्रवेशका लागि कोरोना खोप कार्ड अनिवार्य देखाउने पर्ने व्यवस्था गरिएको छ भने खोप नलगाएकालाई खोप लगाउने र एन्टिजेनको व्यवस्था समेत गरिएको मुख्य निर्वाचन अधिकृत डिल्लीरत्न श्रेष्ठले बताएका छन्।
"मतदाता मध्ये कोही कोरोना संक्रमित भए वा लक्षण देखिएको पाइएमा छुट्टै मतदान गर्ने गरी व्यवस्थापन गरिएको छ भने मतदान स्थलमा जिल्ला स्वास्थ्य कार्यालय मकवानपुरले हेल्पडेक्स सहित २ जना स्वास्थ्यकर्मी रहनेछन"- मुख्य निर्वाचन अधिकृत श्रेष्ठले भने।
विहान ९ बजेबाट सुरु मतदान दिउँसो ३ बजे समाप्त हुने,मतदान सकिए लगत्तै मतगणना सुरु गरिने र नतिजा साझँ सम्म सार्वजनिक गरिने मुख्य निर्वाचन अधिकृत श्रेष्ठले बताए।त्यसैगरी मतदान स्थलको बागमती प्रदेशका मुख्यमन्त्री राजेन्द्रप्रसाद पाण्डेले अवलोकन गरेका छन्। मंगलबार दिउँसो मतदान प्रकृया र मतदान स्थलको व्यवस्थापन बुझ्न मुख्यमन्त्री पाण्डे मतदान स्थल औद्योगिक व्यवस्थापन लिमिटेडको सभागृह पुगेका थिए।
अवलोकनका क्रममा मुख्य निर्वाचन अधिकृत डिल्लीरत्न श्रेष्ठ र निर्वाचन आयोग प्रदेश निर्वाचन कार्यालय बागमती प्रदेशका प्रमुख लुमनाथ पोखरेलले मतदान प्रकृया,मतदान केन्द्रको बारेमा अवगत गराएका थिए भने मकवानपुरका प्रमुख जिल्ला अधिकारी भरतमणी पाण्डेले मतदान स्थलको सुरक्षा अवस्थाको बारेमा जानकारी गराएका थिए।
भोली(बुधबार) हुने राष्ट्रियसभा सदस्य पदका लागि ६ जनाको उम्मेदवारी परेको छ ।सत्तारुढ गठबन्धनका दुई जना,नेकपा एमालेको तर्फबाट २ जना र नेपाल मजदुर किसान पार्टीबाट दुईजना गरी ६ जनाले मनोनयन दर्ता गरेका छन् । गठबन्धन दलका तर्फबाट महिलामा नेकपा (एस) बाट गोमादेवी तिमल्सिना र अन्यमा कांग्रेसबाट कृष्णप्रसाद पौडेल रहेका छन।विपक्षी दल नेकपा एमालेबाट महिलामा निरुकुमारी कुँवर तथा अन्यमा गोपाल शाक्य र नेमकिपाबाट महिलामा गीता काफ्ले र अन्यमा कृष्णबहादुर तामाङ उम्मेदवार रहेका छन्।
उक्त निर्वाचनमा बागमती प्रदेशसभाका १ सय ९ जना सदस्यहरु र प्रदेशका १३ जिल्लाका १ सय १९ वटा स्थानीय तहका २ सय ३७ प्रमुख/उपप्रमुख गरी कुल ३ सय ४८ जनाले मतदान गर्नेछन्।
६ कार्तिक, हेटौंडा । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने तीन दिने भ्रमणका लागि भारत जाने...
६ कार्तिक, हेटौंडा । जलवायु परिवर्तनका कारण भोटेकोशी र त्रिशूली नदीमा आएको बाढीबाट प्रभावित समुदायको राहत,...
६ कार्तिक, हेटौंडा । नेपाल क्रिकेट संघ (क्यान) ले तेस्रो संस्करणको नेपाल प्रिमियर लिगका खेलहरूको टिकट मूल्य...
६ कार्तिक, हेटौंडा । बडादशैं अन्तर्गत टीकाको तेस्रो दिन आज पनि मान्यजनबाट टीका, जमरा र आशीर्वाद ग्रहण गर्ने क्रम...
६ कार्तिक, हेटौंडा । हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ । हाल देशभर मौसम मुख्यतया सफा रहेको छ। तराई...
५ कार्तिक, हेटौंडा । पूर्वप्रधानमन्त्री झलनाथ खनाल अस्पतालबाट डिस्चार्ज भएका छन् । उनी अस्पतालबाट घर फर्किएको...
५ कार्तिक, हेटौंडा । बडादसैँ अन्तर्गत टीकाको दोस्रो दिन आज पनि मान्यजन तथा आफन्तबाट नवदुर्गाको प्रसाद स्वरूप...
४ कार्तिक, हेटौंडा । जंगली हात्तीको आक्रमणबाट एउटै गाउँका दुई जनाको मृत्यु भएको छ । बाह्रदशी गाउँपालिका-२ जनता...
४ कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणमा डिसिजन रिभ्यू सिस्टम (डीआरएस) प्रयोग गरिने...
२३ असोज, हेटौंडा । नेपाली कांग्रेसको सभापतिमा गगनकुमार थापा विजयी भएका छन् । १५औँ महाधिवेशनअन्तर्गत भएको...
२७ असोज, हेटौंडा । नयाँ तथा पुराना सवारीसाधनको दर्ता र नामसारी प्रक्रियालाई सहज बनाउन यातायात व्यवस्थापन...
२७ असोज, हेटौंडा । विवादास्पद अडियो प्रकरणमा विवादमा तानिएका राष्ट्रिय स्वतन्त्र पार्टी९रास्वपा०का सांसद...
२७ असोज, हेटौंडा । बडादशैंअन्तर्गत शारदीय नवरात्रको तेस्रो दिन आज हिन्दु धर्मावलम्बीहरूले नवदुर्गाको तेस्रो...
२५ असोज, हेटौंडा । प्रत्येक वर्ष आश्विन शुक्ल प्रतिपदादेखि विधिवत् आरम्भ गरिने नेपालीको महान् पर्व बडादशैं...
३० असोज, हेटौंडा । हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ । जसको प्रभावले हाल कर्णाली र सुदूरपश्चिम...
२४ असोज, हेटौंडा । सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) वंशीराज दाहाललाई सेवाबाट हटाइएको छ। गृह...
२४ असोज, हेटौंडा । कानुन, न्याय तथा संसदीय मामिलामन्त्री सोविता गौतमसँग नेपालका लागि फ्रान्सेली राजदूत...
२९ असोज, हेटौंडा । संसदीय सुनुवाइ समितिले दुई देशका लागि प्रस्तावित राजदूतकाे नाम अस्वीकृत गरेको छ। बुधबार...





-1792715895.jpg)









-nepal-1792111426.jpg)


