१७ माघ, हेटौंडा । बागमती प्रदेशका स्वास्थ्य मन्त्री निमा लामाले परोपकारी काम गरेका छन् । आफु स्वास्थ्य मन्त्री भएदेखि स्वास्थ्य क्षेत्रको सुधारको काम गरिरहेका मन्त्री लामाले रगत लिन कुनै पनि शुल्क तिर्नु नपर्ने व्यवस्था गरेका हुन् । स्वास्थ्य मन्त्रालयले तयार पारेको ‘प्रदेश विपन्न नागरिक एवं आकस्मिक उपचारका लागि रक्तसञ्चार सेवा (सञ्चालन तथा व्यवस्थापन) कार्यविधि २०७८’ सोमबारको प्रदेश मन्त्रीपरिषद बैठकबाट स्वीकृत भएसंगै यसअघि रगत लिने क्रममा रक्तसंचार सेवा प्रदायकले लिने गरेको शुल्क नलाग्ने भएको हो ।
यसअघि ब्लड व्याग र परिक्षणको नाममा रकम भुक्तानी गर्नुपर्ने अवस्था रहेकोमा कार्यविधि स्वीकृत भएसंगै विपन्न नागरिक र आकस्मिक उपचारमा रगत लिंदा निःशुल्क रगत उपलव्ध हुने भएको छ । कार्यविधि अनुसार एकजना विपन्न नागरिकले एक आर्थिक बर्षमा बढिमा १० वटासम्म व्लड व्याग सेट र रक्तपरिक्षणसहित रक्तसंचार सेवा निःशुल्क पाउने छन् । त्यसैगरी, डायलासिस गराईरहनु पर्ने जस्ता रगत तथा रक्ततत्वसहित बढिमा १० वटासम्म थप ब्लड व्याग सेट र रक्त परिक्षणसहित रक्तसञ्चार सेवा निःशुल्क प्राप्त गर्नेछन् । दुर्घटना, विपद लगायतका आकस्मिक अवस्थाका व्यक्तिले पनि यो सेवा निःशुल्क प्राप्त गर्ने कार्यविधिमा उल्लेख छ ।
कार्यविधि अनुसार रक्तसंचार सेला लिंदा रक्तसंचार सेवा प्रदायक संस्थामा विपन्न भएको स्वःघोषणा पत्र वा विपन्न परिचय पत्र वा गरिवको परिचय पत्रको प्रतिनिधि, नेपाल सरकार वा प्रदेश सरकार वा स्थानीय तहबाट प्रदान गरिएको प्रदेश खुल्ने परिचयपत्रको प्रतिलिपि, रक्तसंचारसहित उपचार गराईरहेको वा उपचार गर्ने अस्तालको सिफारिस पत्रको प्रतिलिपि उपलव्ध गराउनुपर्ने छ । दुर्घटना, विपद् लगायतका आकस्मिक अवस्थाका व्यक्तिको हकमा उपचारका लागि खटिएका चिकित्सकको सिफारिस आवश्यक पर्दछ । रक्तसञ्चार निःशुल्क गर्दाको रकम स्वास्थ्य मन्त्रालयले सोधभर्ना गर्ने जनाईएको छ ।
‘विपन्न नागरिक र आकस्मिक उपचारमा रक्तसञ्चार सेवा निःशुल्क गर्दा रकम अभावका कारण स्वास्थ्य सेवा लिनबाट बन्चित हुनुपर्ने अवस्थाका नागरिक लाभान्वित हुनेछन् ।’–स्वास्थ्य मन्त्री लामाले भने । यसले स्वास्थ्य संवेदनशिलताप्रति बागमती प्रदेश सरकार प्रतिबद्ध रहेको प्रष्ट पार्नुका साथै संविधानले अंगिकार गरेको मौलिक हकको प्रवद्र्धनमा कोशेढुंगा हुने विश्वास लिएको लामाले बताए ।
बागमती प्रदेशसभामा यसबारे आवाज उठाउँदै आएका प्रदेश सांसद नरोत्तम बैद्यले पनि प्रदेश सरकारको यो निर्णयको स्वागत गरे । उनले जनउत्तरदायी सरकारले गर्नुपर्ने काम गरेको बताउँदै यसबाट रकम अभावकै कारण रक्तसंचार सेवा लिन समस्या झेलिरहेका विपन्न वर्ग लाभान्वित हुने बताए । ‘रगत निःशुल्क भएपनि ब्लड व्याग र परीक्षणका नाममा रकम भुक्तानी गर्नुपर्ने अवस्था थियो, अब व्लड व्याग र परीक्षणबापतको रकम स्वास्थ्य मन्त्रालयले सोधभर्ना दिने भएपछि सम्पूर्ण रक्तसंचार सेवा निःशुल्क हुने भयो, यो स्वागत योग्य काम भयो ।’–उनले भने । हुनेले रकम भुक्तानी गरेर लिने र आर्थिक समस्यामा परेकाले निःशुल्क पाउने भएकाले अब रक्तसंचार सेवा सर्वसुलभ भएको उनले बताए ।
सरकारको यो निर्णयसंगै बागमती प्रदेशका बीर, पाटन जस्ता व्लड बैंक भएका सरकारी अस्पताल र जिल्लास्थित रेडक्रस सोसाईटीमा रहेको ब्लड बैंकबाट निःशुल्क रक्त संचार सेवा उपलव्ध हुने भएको छ ।
५ कार्तिक, हेटौंडा । पूर्वप्रधानमन्त्री झलनाथ खनाल अस्पतालबाट डिस्चार्ज भएका छन् । उनी अस्पतालबाट घर फर्किएको...
५ कार्तिक, हेटौंडा । बडादसैँ अन्तर्गत टीकाको दोस्रो दिन आज पनि मान्यजन तथा आफन्तबाट नवदुर्गाको प्रसाद स्वरूप...
४ कार्तिक, हेटौंडा । जंगली हात्तीको आक्रमणबाट एउटै गाउँका दुई जनाको मृत्यु भएको छ । बाह्रदशी गाउँपालिका-२ जनता...
४ कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणमा डिसिजन रिभ्यू सिस्टम (डीआरएस) प्रयोग गरिने...
४ कार्तिक, हेटौंडा । आइसिसी विश्वकप लिग-२ श्रृंखला खेलेर नेपाली राष्ट्रिय पुरुष क्रिकेट टोली स्वदेश फर्किएको छ ।...
४ कार्तिक, हेटौंडा । राष्ट्रपति रामचन्द्र पौडेलले विजया दशमीमा शुभसाइतमा गुरु पुरोहितबाट टीका जमरा ग्रहण गर्ने...
४ कार्तिक, हेटौंडा । नेपाल प्रहरीले दशैंको अवसरमा निःशुल्क बस सेवा सञ्चालन गरेको छ । नेपाल प्रहरीले बडा दशैंको...
४ कार्तिक, हेटौंडा । हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको जनाएको छ। अहिले देशका हिमाली र पहाडी भू-भागमा...
४ कार्तिक, हेटौंडा । बडा दशैं अर्थात् दुर्गापक्षको मुख्य दिन आज मान्यजनको हातबाट नवदुर्गाको प्रसादका रुपमा शुभ...
२३ असोज, हेटौंडा । नेपाली कांग्रेसको सभापतिमा गगनकुमार थापा विजयी भएका छन् । १५औँ महाधिवेशनअन्तर्गत भएको...
२३ असोज, हेटौंडा । हाल देशमा पश्चिमी न्यून चापीय प्रणालीका साथै मनसुनी वायुको प्रभाव समेत रहेको छ । हाल देशका...
२७ असोज, हेटौंडा । नयाँ तथा पुराना सवारीसाधनको दर्ता र नामसारी प्रक्रियालाई सहज बनाउन यातायात व्यवस्थापन...
२७ असोज, हेटौंडा । विवादास्पद अडियो प्रकरणमा विवादमा तानिएका राष्ट्रिय स्वतन्त्र पार्टी९रास्वपा०का सांसद...
२३ असोज, हेटौंडा । सरकारले आजदेखि सार्वजनिक यातायातको अग्रिम टिकट बुकिङ खुला गरेको छ । दशैं मनाउन घर जाने...
२३ असोज, हेटौंडा । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत नयाँ केन्द्रीय कार्यसमिति चयनका लागि आज मतदान...
२७ असोज, हेटौंडा । बडादशैंअन्तर्गत शारदीय नवरात्रको तेस्रो दिन आज हिन्दु धर्मावलम्बीहरूले नवदुर्गाको तेस्रो...
२३ असोज, हेटौंडा । काठमाडौँको बुढानीलकण्ठबाट प्रहरीले २२ किलो सुन बरामद गरेको छ । बुढानीलकण्ठ स्थित चपलीमा...
२५ असोज, हेटौंडा । प्रत्येक वर्ष आश्विन शुक्ल प्रतिपदादेखि विधिवत् आरम्भ गरिने नेपालीको महान् पर्व बडादशैं...


















