Email :- prastakhabar@gmail.com
900x100-1779113053.gif

राजनीति

गाउँपालिका अध्यक्षका प्रत्यासी जिम्बासहित ६० जना कांग्रेस प्रवेश

273448638_458989473778960-1644370941.jpg

२६ माघ, हेटौंडा । राप्रपाका निवर्तमान केन्द्रीय अध्यक्ष कमल थापाले पार्टी छोडेकै दिन नेपाली कांग्रेस मकवानपुरमा ६० जना राप्रपा परित्याग गरि नेपाली कांग्रेस प्रवेश गरेका छन् ।  
गत स्थानिय निकायमा बकैया गाउँपालिका अध्यक्षको प्रत्यासी रहेकी लक्ष्मी जिम्बासहित राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का ६० जना नेपाली कांग्रेसमा प्रवेश गरेका छन् । राष्ट्रिय प्रजातान्त्रिक महिला संघको केन्द्रीय सदस्यसमेत रहेकी जिम्बासहित ६० जना राप्रपाका नेता कार्यकर्ता कांग्रेस प्रवेश गरेका हुन् ।
नेपाली कांग्रेस मकवानपुरको पार्टी कार्यलयमा मंगलबार भएको एक कार्यक्रमकाबिच नवप्रवेशीहरुलाई कांग्रेस केन्द्रीय सह–महामन्त्री महालक्ष्मी उपाध्याय ‘डीना’ र बागमती प्रदेश सभापति इन्द्रबहादुर बानियाँ, कांग्रेस मकवानपुर जिल्ला कार्यवाहक अध्यक्ष बिष्णुप्रसाद लामिछाने लगाएतले सदस्यता प्रदान गरेका छन् । 
राप्रपाका जिल्ला सदस्य अर्जुनप्रसाद तिमल्सिना, राप्रपा बकैयाका सचिव गोवर्धन गौतम, सहसचिव सुदनराज ढकुरी, कोषाध्यक्ष बलराम लामिछाने, गाउँ समिति सदस्यहरु सुवास राई, सोमबहादुर राई, डक्बर बहादुर भोम्जन, रामप्रसाद दाहाल, लक्ष्मण राई, श्यामकुमार राई, कृष्णबहादुर शाही लगायत राप्रपाको महिला, युवा तथा अन्य भातृ संगठनका सदस्यहरु कांग्रेस प्रवेश गरेका हुन् । 
पार्टी प्रवेश कार्यक्रममा कांग्रेस सहमहामन्त्री डीनाले आसन्न स्थानीय तहको निर्वाचनका लागि तयारी सुरु गर्नुपर्ने बताइन् । बैशाक ३० गते हुने स्थानीय निर्वाचनमा कांग्रेसलाई पहिलो शक्ति बनाउन सबैको भूमिक महत्वपूर्ण रहेको उनले बताइन् । 
कार्यक्रममा बागमती प्रदेश सभापति बानियाँले नवप्रवेशीहरुलाई  विभेद नगरी समान अवसर दिइने बताए । जनताको हितमा काम गर्न इच्छा र लगनशीलता देखाउनेलाई कांग्रेसले समान अवसर दिँदै पार्टी तथा देश र जनताप्रति थप जिम्मेवार बनाइने प्रतिवद्धता व्यक्त गरे । 
कांग्रेस प्रवेश गरेसँगै नेतृ जिम्बाले आफू जनताको सेवा गर्नका लागि राजनीतिमा लागेको र सोही अनुसारको जिम्मेवारी दिन आग्रह गरिन् । कार्यक्रममा कांग्रेस मकवानपुरका प्रवक्ता प्रदीप कोइराला, संघीय सभापति दामोदर खनाल, क्षेत्रीय सभापति सुशान्त श्रेष्ठ, सचिव भूमिनन्द गौतमलगायतको उपस्थिति रहेको थियो । 
 

273584669_207084155307845-1644370941.jpg

समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Notice-Makwa-1711432400.jpg
Bhu-Tatha-Jalaadhaar-Makw-1782566927.jpg

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
पूर्वप्रधानमन्त्री खनाल अस्पतालबाट डिस्चार्ज
Jhalanath-Khanal-17912015-1792632009.jpg

५ कार्तिक, हेटौंडा । पूर्वप्रधानमन्त्री झलनाथ खनाल अस्पतालबाट डिस्चार्ज भएका छन् । उनी अस्पतालबाट घर फर्किएको...

टीका र जमरा लगाउने क्रम जारी
dashain-teeka-1792631601.jpg

५ कार्तिक, हेटौंडा । बडादसैँ अन्तर्गत टीकाको दोस्रो दिन आज पनि मान्यजन तथा आफन्तबाट नवदुर्गाको प्रसाद स्वरूप...

हात्तीको आक्रमणबाट दुई व्यक्तिको मृत्यु
elephant-e1785897096641-1792545547.jpg

४ कार्तिक, हेटौंडा । जंगली हात्तीको आक्रमणबाट एउटै गाउँका दुई जनाको मृत्यु भएको छ । बाह्रदशी गाउँपालिका-२ जनता...

एनपीएल तेस्रो संस्करणमा डीआरएस प्रयोग गरिने
1792466625331-x81iv6f-1792545334.png

४ कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणमा डिसिजन रिभ्यू सिस्टम (डीआरएस) प्रयोग गरिने...

नेपाली राष्ट्रिय क्रिकेट टोली स्वदेश फिर्ता
Screenshot_20261021_06515-1792544820.jpg

४ कार्तिक, हेटौंडा । आइसिसी विश्वकप लिग-२ श्रृंखला खेलेर नेपाली राष्ट्रिय पुरुष क्रिकेट टोली स्वदेश फर्किएको छ ।...

राष्ट्रपतिले गुरु पुरोहितबाट टीका ग्रहण गर्ने
Rastrapati-Ramchandra-Pou-1792544602.jpg

४ कार्तिक, हेटौंडा । राष्ट्रपति रामचन्द्र पौडेलले विजया दशमीमा शुभसाइतमा गुरु पुरोहितबाट टीका जमरा ग्रहण गर्ने...

नेपाल प्रहरीको निःशुल्क बस सेवा
856201581_285134827524288-1792544414.jpg

४ कार्तिक, हेटौंडा । नेपाल प्रहरीले दशैंको अवसरमा निःशुल्क बस सेवा सञ्चालन गरेको छ । नेपाल प्रहरीले बडा दशैंको...

मौसम मुख्यतया सफा रहने
Screenshot_20261021_06370-1792543936.jpg

४ कार्तिक, हेटौंडा । हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको जनाएको छ। अहिले देशका हिमाली र पहाडी भू-भागमा...

टिकाको उत्तम साइत विहान १०ः२६ बजे
dashain-teeka-1792543667.jpg

४ कार्तिक, हेटौंडा । बडा दशैं अर्थात् दुर्गापक्षको मुख्य दिन आज मान्यजनको हातबाट नवदुर्गाको प्रसादका रुपमा शुभ...

थप समाचार