Email :- prastakhabar@gmail.com
900x100-1779113053.gif

समाज

त्रिपालले छोपेर राखिएको रेल आइतबारबाट संचालनमा आयो

train_3ZzVUf9swD-16447224-1644757259.jpg

file photo

१ फागुन, जनकपुर । नेपाल सरकारले दुई वटा रेल खरिद गरेको करिब १५ महिनापछि जनकपुर–जयनगर रेल सेवा आइतबारदेखि संचालनमा आएको छ ।
रेल सेवाको औपचारिक उद्घाटन नभएसम्म प्रत्येक दिन एक पटक ‘ड्राई रन’ सञ्चालन भइरहने तर यात्रुले भने रेलमा तत्काल यात्रु चढ्न पाउने छैनन ।
ड्राई रनको लागि रेल धनुषाको इनर्वाबाट जनकपुरधाम स्टेशन आइपु्गेपछि स्थानीयले स्वागत गरेका थिए ।
नियमित सेवा सञ्चालनको पूर्वाभ्यासको लागि ड्राई रन सुरु गरिएको नेपाल रेल–वे कम्पनीका इन्जिनियर रविन्द्र साहले बताएका छन् । नेपाल रेल–वे कम्पनीका महाप्रबन्धक निरञ्जन झाले विगत १७ महिनादेखि थन्काएर राखिएका रेलको सम्पूर्ण प्राविधिक चेक जाँचको लागि ड्राई रन सुरु गरिएको जानकारी दिए ।
कुर्था–जयनगरसम्म ३४.९ किलोमिटरसम्म चल्ने रेल मार्गको व्यवस्थापनका लागि जनप्रतिनिधिसँग छलफल आवश्यक भएको महाप्रबन्धक झाको भनाइ छ । २०७७ असोज २ गते भारतीय कम्पनी कर्पाेरेशनबाट ८४ करोड ६५ लाखमा खरिद गरिएको दुई सेट डेमो रेलमा दुई वटा इन्जिनसहित १० वटा बोगी रहेका छन् । दुबै बोगी गरी १३ सय ५० यात्रु बोक्ने क्षमता रहेको छ ।
प्रधानमन्त्री शेरबहादुर देउवा र भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले संयुक्तरूपमा भर्चुअल माध्यमबाट फागुनको दोस्रो साता रेल सेवाको उद्घाटन गर्ने तयारी भइरहेको महाप्रबन्धक झाले जानकारी दिए ।

 


समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Notice-Makwa-1711432400.jpg
Bhu-Tatha-Jalaadhaar-Makw-1782566927.jpg

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
पूर्वप्रधानमन्त्री खनाल अस्पतालबाट डिस्चार्ज
Jhalanath-Khanal-17912015-1792632009.jpg

५ कार्तिक, हेटौंडा । पूर्वप्रधानमन्त्री झलनाथ खनाल अस्पतालबाट डिस्चार्ज भएका छन् । उनी अस्पतालबाट घर फर्किएको...

टीका र जमरा लगाउने क्रम जारी
dashain-teeka-1792631601.jpg

५ कार्तिक, हेटौंडा । बडादसैँ अन्तर्गत टीकाको दोस्रो दिन आज पनि मान्यजन तथा आफन्तबाट नवदुर्गाको प्रसाद स्वरूप...

हात्तीको आक्रमणबाट दुई व्यक्तिको मृत्यु
elephant-e1785897096641-1792545547.jpg

४ कार्तिक, हेटौंडा । जंगली हात्तीको आक्रमणबाट एउटै गाउँका दुई जनाको मृत्यु भएको छ । बाह्रदशी गाउँपालिका-२ जनता...

एनपीएल तेस्रो संस्करणमा डीआरएस प्रयोग गरिने
1792466625331-x81iv6f-1792545334.png

४ कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणमा डिसिजन रिभ्यू सिस्टम (डीआरएस) प्रयोग गरिने...

नेपाली राष्ट्रिय क्रिकेट टोली स्वदेश फिर्ता
Screenshot_20261021_06515-1792544820.jpg

४ कार्तिक, हेटौंडा । आइसिसी विश्वकप लिग-२ श्रृंखला खेलेर नेपाली राष्ट्रिय पुरुष क्रिकेट टोली स्वदेश फर्किएको छ ।...

राष्ट्रपतिले गुरु पुरोहितबाट टीका ग्रहण गर्ने
Rastrapati-Ramchandra-Pou-1792544602.jpg

४ कार्तिक, हेटौंडा । राष्ट्रपति रामचन्द्र पौडेलले विजया दशमीमा शुभसाइतमा गुरु पुरोहितबाट टीका जमरा ग्रहण गर्ने...

नेपाल प्रहरीको निःशुल्क बस सेवा
856201581_285134827524288-1792544414.jpg

४ कार्तिक, हेटौंडा । नेपाल प्रहरीले दशैंको अवसरमा निःशुल्क बस सेवा सञ्चालन गरेको छ । नेपाल प्रहरीले बडा दशैंको...

मौसम मुख्यतया सफा रहने
Screenshot_20261021_06370-1792543936.jpg

४ कार्तिक, हेटौंडा । हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको जनाएको छ। अहिले देशका हिमाली र पहाडी भू-भागमा...

टिकाको उत्तम साइत विहान १०ः२६ बजे
dashain-teeka-1792543667.jpg

४ कार्तिक, हेटौंडा । बडा दशैं अर्थात् दुर्गापक्षको मुख्य दिन आज मान्यजनको हातबाट नवदुर्गाको प्रसादका रुपमा शुभ...

थप समाचार