Email :- prastakhabar@gmail.com
900x100-1779113053.gif

राजनीति

स्थानीय तहको ठेक्कामा संलग्न व्यक्ति उम्मेदवार बन्न नपाउने 

nirwachan_aayog-164817238-1648688941.jpg

१७ चैत, हेटौंडा । स्थानीय तहको ठेक्कापट्टामा संलग्न रहेका व्यक्तिले आगामी स्थानिय तह निर्वाचनमा उम्मेदवार हुन नपाउँने भएका छन् । निर्वाचन आयोगले बुधबार बसेको बैठकमा निर्वाचनमा उम्मेदवार हुने व्यक्तिले ठेक्कापट्टा र कारोवारमा संलग्न नभएको स्वघोषणा गर्नुपर्ने प्रावधान ल्याएपछि ठेक्कापट्टामा संलग्न व्यक्ति उम्मेदवार बन्न नपाउने भएका हुन् । 
आयोगले स्थानीय तह निर्वाचनमा उम्मेदवारको मनोनयनपत्र साथ पेस गर्नुपर्ने स्वघोषणाका १९ बुँदाहरु सार्वजनिक गर्दै ठेक्कापट्टा वा चलअचल सम्पत्तिमा संलग्न रहेका व्यक्ति उम्मेदवार हुन नपाउने निर्णय गरेको हो ।
जसमा सरकारी पेश्की, बेरुजु तिर्न बाँकी रहेका ब्यक्ति पनि उम्मेदवार हुन पाउने छैनन् । आयोगले स्थानीय तह निर्वाचनसम्बन्धी कानूनमा भएको व्यवस्था र केही थप अवधारणा अघि सारेर उम्मेदवारहरुले स्वघोषणा गर्नुपर्ने विषयवस्तु सार्वजनिक गरेको हो ।
उम्मेदवार हुने व्यक्तिले प्रतिनिधि सभा र प्रदेश सभा सदस्यको समानुपातिकको बन्दसूचीमा नभएको स्वघोषणा समेत गर्नुपर्नेछ । त्यस्तै, विदेशमा स्थायी आवासीय अनुमतिपत्र (डिभी–पीआर) नलिएको, न्यायिक वा अर्धन्यायिक निकायबाट लागेको कैद, सजाय र जरिवाना तिर्न बाँकी भए बुझाएको हुनुपर्नेछ ।
सरकारको स्वामित्वमा रहेको संस्थाबाट पारिश्रमिक र सुविधा पाउने व्यक्तिलाई पनि उम्मेदवारका लागि अयोग्य मानिएको छ ।
 


समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Notice-Makwa-1711432400.jpg
Bhu-Tatha-Jalaadhaar-Makw-1782566927.jpg

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
सुनको मूल्य बढ्यो
Gold-1793083660-1793861372.jpg

१९ कार्तिक, हेटौंडा । नेपाली बजारमा बिहीबार सुनको मूल्य बढेको छ । सुन प्रतितोला १३ हजार ३ सय रुपैयाँले बढेको हो...

बीमा प्राधिकरणको अध्यक्षमा थापा
Screenshot_20261105_07373-1793843560.jpg

१९ कार्तिक, हेटौंडा । सरकारले नेपाल बीमा प्राधिकरणको अध्यक्षमा राजन बिक्रम थापालाई नियुक्त गरेको छ । अर्थ...

एनपीएलमा आज दुई खेल हुँदै
Nepal_Premier_League_offi-1793843331.png

१९ कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत आज दुई खेल हुँदैछन्। कीर्तिपुरस्थित त्रिभुवन...

भारतीय विदेश सचिव मिस्री र प्रधानमन्त्री बालेनबीच भेट हुने
pm-balen-shaha-1793842986.jpg

१९ कार्तिक, हेटौंडा । परराष्ट्र सचिव अमृत राईको निमन्त्रणामा नेपाल भ्रमणमा रहेका भारतीय विदेश सचिव विक्रम...

मौसम मूख्यतया सफा रहने
kathmandu_scene_(4)-nepal-1793842721.jpg

१९ कार्तिक, हेटौंडा । हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ । जसको प्रभावले मधेस, कोशी र बागमती प्रदेश...

पहाडी भूभागमा आंशिक बादल लाग्ने
cloudy-weather-1771119240-1793752592.jpg

१८ कार्तिक, हेटौंडा । हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ । जसको प्रभावले देशको हिमाली र पहाडी...

भारतका विदेश सचिव नेपाल आउँदै
bikram-mishri4-1755352900-1793665311.jpg

१७ कार्तिक, हेटौंडा । भारतका विदेश सचिव विक्रम मिस्रीले यही कात्तिक १८ गते बुधबार र १९ गते बिहीबार नेपालको...

मौसम मूख्यतया सफा रहने
kathmandu_scene_(4)-nepal-1793665142.jpg

१७ कार्तिक, हेटौंडा । हाल नेपालमा पश्चिमी वायूको आंशिक प्रभाव रहेको छ । लुम्बिनी प्रदेश लगायत देशको हिमाली र...

काठमाडौँ गोर्खाज विजयी
kathmandu-win-1793664878.jpg

१७ कार्तिक, हेटौंडा । काठमाडौँ गोर्खाजले कर्णाली याक्सविरुद्ध सानदार जित निकालेको छ । कीर्तिपुरस्थित त्रिवि...

थप समाचार