Email :- prastakhabar@gmail.com
900x100-1779113053.gif

राजनीति

स्थानीय तह निर्वाचन लक्षिति एमालेको घोषणापत्र सार्वजनिक

1650623074-ZKmoF-1650675790.jpg

१० बैशाख, हेटौंडा । स्थानीय तह निर्वाचनलाइ लक्षित गर्दै नेकपा एमालेले आज घोषणापत्र सार्वजनिक गरेको छ । 
घोषणापत्रमा एमालेले आफ्ना जनप्रतिनिधिले सदाचारको दृष्टान्त स्थापित गर्ने बताएको छ । एमालेले जनप्रतिनिधि शासन होइन, जनताका सेवक हुने, जनप्रतिनिधिहरु सामाजिक जागरण र विकासका अभियान्ता हुने, आफ्नो नेतृत्वमा रहेका पालिकाहरु सुशासनका नमुना बन्ने,  आफ्ना जनप्रतिनिधिहरूले कुनै भ्रष्टाचार नगर्ने र कडाईका साथ भ्रष्टाचार नियन्त्रण गर्ने सङ्कल्प गरेको छ । 
यस्तै एमालेले भ्रष्टाचारी, व्यभिचारी, अनियमितता र सार्वजनिक सम्पत्तिको दोहन गर्नेहरूलाई कानुनी कारबाहीको दायरामा पु¥याउन जनप्रतिनिधिहरूले अग्रणी भूमिका खेल्ने पनि बताएको छ । 
यस्तै एमालेले निरोगी नेपाल, स्वस्थ नेपाली, स्वच्छ खानेपानी सफा बस्ती र राम्रो आनीबानी, आधुनिक उर्जा उज्यालो पालिका, उन्नत कृषि किसानको समृद्धी ,सहज आवागमनको आधार दिगो यातायात पुर्वाधार, एकीकृत वस्ती, योजनाबद्ध सहरी विकास बिकसित पालिका, सुरक्षित आवास लगाएत नारा लिएको छ । 
एमालेले मौलिक कला र सस्कृती, पर्यटनबाट समृद्धी, जलवायु अनुकूलन र विपद व्यवस्थापन विकास र वातावरणबीच सन्तुलन, सम्मुन्नत लोकतन्त्रको आधार, मेलमिलाप, न्याय र मानब अधिकार लगाएत नारा पनि अघि सारेको छ । 
यस्तै,प्रत्येक प्रदेशमा कम्तीमा एउटा औद्योगिक क्षेत्र स्थापना र सञ्चालन गर्ने, प्रत्येक पालिकामा पनि कम्तीमा एउटा औद्योगिक ग्राम स्थापना गर्ने घोषणापत्रमा उल्लेख छ ।खानी तथा खनिजजन्य पदार्थको उत्खनन, संरक्षण र परिचालन गर्ने भनिएको छ ।
गाउँगाउँमा उत्पादन भएका वस्तुलाई बजारीकरण गर्ने र पालिकाका मुख्य आर्थिक केन्द्र र बजारलाई केन्द्रित गर्ने कुरा समेटिएको छ । पर्यटन र पूर्वाधार विकास, स्थानीय उत्पादनको बजारीकरण, दक्ष जनशतिको उत्पादन, प्राविधिक शिक्षालगायतका विषयलाई घोषणाले समेटेको छ ।
 


समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Notice-Makwa-1711432400.jpg
Bhu-Tatha-Jalaadhaar-Makw-1782566927.jpg

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
सुनको मूल्य बढ्यो
Gold-1793083660-1793861372.jpg

१९ कार्तिक, हेटौंडा । नेपाली बजारमा बिहीबार सुनको मूल्य बढेको छ । सुन प्रतितोला १३ हजार ३ सय रुपैयाँले बढेको हो...

बीमा प्राधिकरणको अध्यक्षमा थापा
Screenshot_20261105_07373-1793843560.jpg

१९ कार्तिक, हेटौंडा । सरकारले नेपाल बीमा प्राधिकरणको अध्यक्षमा राजन बिक्रम थापालाई नियुक्त गरेको छ । अर्थ...

एनपीएलमा आज दुई खेल हुँदै
Nepal_Premier_League_offi-1793843331.png

१९ कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत आज दुई खेल हुँदैछन्। कीर्तिपुरस्थित त्रिभुवन...

भारतीय विदेश सचिव मिस्री र प्रधानमन्त्री बालेनबीच भेट हुने
pm-balen-shaha-1793842986.jpg

१९ कार्तिक, हेटौंडा । परराष्ट्र सचिव अमृत राईको निमन्त्रणामा नेपाल भ्रमणमा रहेका भारतीय विदेश सचिव विक्रम...

मौसम मूख्यतया सफा रहने
kathmandu_scene_(4)-nepal-1793842721.jpg

१९ कार्तिक, हेटौंडा । हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ । जसको प्रभावले मधेस, कोशी र बागमती प्रदेश...

पहाडी भूभागमा आंशिक बादल लाग्ने
cloudy-weather-1771119240-1793752592.jpg

१८ कार्तिक, हेटौंडा । हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ । जसको प्रभावले देशको हिमाली र पहाडी...

भारतका विदेश सचिव नेपाल आउँदै
bikram-mishri4-1755352900-1793665311.jpg

१७ कार्तिक, हेटौंडा । भारतका विदेश सचिव विक्रम मिस्रीले यही कात्तिक १८ गते बुधबार र १९ गते बिहीबार नेपालको...

मौसम मूख्यतया सफा रहने
kathmandu_scene_(4)-nepal-1793665142.jpg

१७ कार्तिक, हेटौंडा । हाल नेपालमा पश्चिमी वायूको आंशिक प्रभाव रहेको छ । लुम्बिनी प्रदेश लगायत देशको हिमाली र...

काठमाडौँ गोर्खाज विजयी
kathmandu-win-1793664878.jpg

१७ कार्तिक, हेटौंडा । काठमाडौँ गोर्खाजले कर्णाली याक्सविरुद्ध सानदार जित निकालेको छ । कीर्तिपुरस्थित त्रिवि...

थप समाचार