Email :- prastakhabar@gmail.com
900x100-1779113053.gif

राजनीति

थाहा नगरमा गठबन्धनका उम्मेदवार प्रतिवद्धतासहित प्रचारप्रसारमा

Screenshot_20220503-19593-1651587663.jpg

२० बैशाख, हेटौंडा । मकवानपुरको उत्तरी क्षेत्रस्थित थाहा नगरपालिकामा स्थानीय तह निर्वाचनका लागि गठबन्धनका उम्मेदवार प्रतिवद्धतासहित प्रचारप्रसारलाई जुटेका छन् ।

थाहामा माओवादी केन्द्रबाट मेयरमा विष्णु बिष्ट र कांग्रेसबाट उपमेयरका उम्मेदवार भरत गोपाली नेतृत्वमा १२ वटै वडामा प्रचारप्रसारलाई तीब्रता दिइएको हो ।

१२ नम्बर वडा बाहेकका वडामा गठबन्धन नभएपछि मेयर, उपमेयरका लागि दलीय गठबन्धनले मत मागिरहेको उपमेयरका उम्मेदवार गोपाली बताए ।

थाहामा यसअघि २०७४ मा पनि माओवादी केन्द्र र कांग्रेसबीच गठबन्धन भएको थियो । माओवादीबाट मेयरमा लवशेर विष्ट र उपमेयरमा कांग्रेसबाट खड्ग गोपाली निर्वाचित भएका थिए । संयुक्त पाँच दलीय गठबन्धनमा पनि यसपटक माओवादी केन्द्र र कांग्रेसको भागमा पर्ने गरी थाहा नगरमा तालमेल गर्दा जितका लागि सहज भएको मेयरका उम्मेदवार बिष्टले बताए । उनले घरदैलो, जनतामा गठबन्धनको प्रतिबद्धता पुर्याउने र जनताका समस्यालाई मुख्य एजेन्डा बनाएर प्रचारप्रसारमा जुटेको जानकारी दिए ।

पर्यटकीय नगरीको रुपमा देशभर परिचित थाहामा पर्यटकीय विकाससँगै अधिकांश जनताका कृषिसँग जोडिएकोले आधुनिक कृषिमा जोड दिने उपप्रमुखका उम्मेदवार विष्टले प्रतिबद्धता व्यक्त गरे । उनले प्रचारप्रसारको क्रममा गठबन्धनका सबै उम्मेदवारले जनताको समस्यालाई समेट्ने विश्वास दिलाइरहेको बताए । १० स्थानीय तहमध्ये उत्कृष्ट मानिएको थाहा नगरमा हाल करिब ३२ हजार मतदाता छन् ।


समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Notice-Makwa-1711432400.jpg
Bhu-Tatha-Jalaadhaar-Makw-1782566927.jpg

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
सुनको मूल्य बढ्यो
Gold-1793083660-1793861372.jpg

१९ कार्तिक, हेटौंडा । नेपाली बजारमा बिहीबार सुनको मूल्य बढेको छ । सुन प्रतितोला १३ हजार ३ सय रुपैयाँले बढेको हो...

बीमा प्राधिकरणको अध्यक्षमा थापा
Screenshot_20261105_07373-1793843560.jpg

१९ कार्तिक, हेटौंडा । सरकारले नेपाल बीमा प्राधिकरणको अध्यक्षमा राजन बिक्रम थापालाई नियुक्त गरेको छ । अर्थ...

एनपीएलमा आज दुई खेल हुँदै
Nepal_Premier_League_offi-1793843331.png

१९ कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत आज दुई खेल हुँदैछन्। कीर्तिपुरस्थित त्रिभुवन...

भारतीय विदेश सचिव मिस्री र प्रधानमन्त्री बालेनबीच भेट हुने
pm-balen-shaha-1793842986.jpg

१९ कार्तिक, हेटौंडा । परराष्ट्र सचिव अमृत राईको निमन्त्रणामा नेपाल भ्रमणमा रहेका भारतीय विदेश सचिव विक्रम...

मौसम मूख्यतया सफा रहने
kathmandu_scene_(4)-nepal-1793842721.jpg

१९ कार्तिक, हेटौंडा । हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ । जसको प्रभावले मधेस, कोशी र बागमती प्रदेश...

पहाडी भूभागमा आंशिक बादल लाग्ने
cloudy-weather-1771119240-1793752592.jpg

१८ कार्तिक, हेटौंडा । हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ । जसको प्रभावले देशको हिमाली र पहाडी...

भारतका विदेश सचिव नेपाल आउँदै
bikram-mishri4-1755352900-1793665311.jpg

१७ कार्तिक, हेटौंडा । भारतका विदेश सचिव विक्रम मिस्रीले यही कात्तिक १८ गते बुधबार र १९ गते बिहीबार नेपालको...

मौसम मूख्यतया सफा रहने
kathmandu_scene_(4)-nepal-1793665142.jpg

१७ कार्तिक, हेटौंडा । हाल नेपालमा पश्चिमी वायूको आंशिक प्रभाव रहेको छ । लुम्बिनी प्रदेश लगायत देशको हिमाली र...

काठमाडौँ गोर्खाज विजयी
kathmandu-win-1793664878.jpg

१७ कार्तिक, हेटौंडा । काठमाडौँ गोर्खाजले कर्णाली याक्सविरुद्ध सानदार जित निकालेको छ । कीर्तिपुरस्थित त्रिवि...

थप समाचार