Email :- prastakhabar@gmail.com
900x100-1779113053.gif

राजनीति

हेटौंडामा गठबन्धनको प्रतिवद्धता पत्र: निशुल्क बिजुली,भोकालाई खानाको व्यवस्था

20190111231538_IMG_0474-1651588991.JPG

२० बैशाख,हेटौंडा। यहि बैशाख ३० गते हुने स्थानीय तह सदस्य निर्वाचन अन्तर्गत हेटौंडामा गठबन्धन नेतृत्व दलले प्रतिवद्धता पत्र सार्वजनिक गरिएको छ।नेपाली कांग्रेस,नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी सहितको पाँच दलीय गठबन्धनले आगामी स्थानीय तहको नेतृत्व लिँदा गर्ने कामहरुको बारेमा प्रतिवद्धतापत्र सार्वजनिक गरेको हो। 

मंगलबार दिउँसो एक कार्यक्रमकाबीच गठबन्धनबाट मेयरका उम्मेदवार मीना कुमारी  लामा, उपमेयरका उम्मेदवार राजेश बानियाँ, नेकपा एकीकृत समाजवादीका उपाध्यक्ष केदार न्यौपाने, विरोध खतिवडा,नेपाली कांग्रेस बागमती प्रदेश सभापति ईन्द्रबहादुर बानियाँ,नेकपा माओवादी केन्द्रकी नेतृ प्रमिला पुलामी,नेपाली कांग्रेस मकवानपुरका सभापति वुद्ध लामा,नेकपा एस मकवानपुर अध्यक्ष सुर्यचन्द्र न्यौपाने लगायतकाले प्रतिवद्धतापत्र सार्वजनिक गरेका थिए। 
आज सार्वजनिक गरिएको गठबन्धनको प्रतिवद्धतापत्रमा उपमहानगरपालिकाबासीलाई ३ सय युनिटसम्मको बिजुली निशुल्क प्रदान गर्नेदेखि प्रत्यक वडामा एमबीबीएस डाक्टरसहितको स्वास्थ्य सेवा उपलब्ध गराउने उल्लेख गरिएको छ । 
 एक घर एक रोजगारीलाई प्राथमिकता राख्नुका साथै न्युन मध्यम व्यावसायिक कार्यका लागि सिप विकास, सहुलियत ऋण, बजार व्यवस्थापनको लागि सहयोग गर्ने,ज्येष्ठ नागरिक तथा अशक्तलाई घरमै पुगी स्वास्थ्य सेवा दिइने पनि प्रतिवद्धतापत्रमा उल्लेख गरिएको छ । त्यसैगरी नगरभित्र हरेक घरमा मासिक १० हजार लिटर खानेपानी निशुल्क गर्ने पनि घोषणा गरिएको छ ।हरेक वर्ष कम्तीमा ५ जनालाई एमबीबीएस अध्ययनको लागि छात्रवृत्ति प्रदान गर्नुका साथै सामुदायिक विद्यालय तथा कलेजमा स्वास्थ्यकर्मीको व्यवस्था गर्न पनि गठबन्धनका उम्मेदवारहरु प्रतिबद्ध रहेको जनाएका छन् ।
नगरभित्रका नदी खोलाहरुको व्यवस्थापन गरी अस्थायी स्वीमिङ पुल निर्माण, जलबिहार तथा पार्कहरु निर्माण गरी पर्यटनमैत्री नगर बनाउने योजना पनि अघि सारिएको छ । धार्मिक क्षेत्रहरुको सुधार तथा पर्वद्धन गर्नुका साथै हरेक वडामा फलफूलको बगैचा बनाउने पनि प्रतिवद्धतापत्रमा उल्लेख गरिएको छ। नगरमा सुविधासम्म सार्वजनिक शौचालयको निर्माण तथा व्यवस्थापन गर्ने कुरामा पनि गठबन्धनका उम्मेदवारहरुले ध्यान दिएक छन् । भोकाहरुकोे खानाको व्यवस्थापन गर्ने पनि प्रतिवद्धता जनाइएको छ।नगरस्तरीय प्रज्ञा प्रतिष्ठान स्थापना, प्रवद्र्धन र विकासका कार्यक्रम गर्न पनि गठबन्धन प्रतिवद्ध बनेको छ भने नगरस्तरीय नाट्याशाला निर्माण गर्ने योजना पनि उल्लेख गरिएको छ ।


समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Notice-Makwa-1711432400.jpg
Bhu-Tatha-Jalaadhaar-Makw-1782566927.jpg

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
सुनको मूल्य बढ्यो
Gold-1793083660-1793861372.jpg

१९ कार्तिक, हेटौंडा । नेपाली बजारमा बिहीबार सुनको मूल्य बढेको छ । सुन प्रतितोला १३ हजार ३ सय रुपैयाँले बढेको हो...

बीमा प्राधिकरणको अध्यक्षमा थापा
Screenshot_20261105_07373-1793843560.jpg

१९ कार्तिक, हेटौंडा । सरकारले नेपाल बीमा प्राधिकरणको अध्यक्षमा राजन बिक्रम थापालाई नियुक्त गरेको छ । अर्थ...

एनपीएलमा आज दुई खेल हुँदै
Nepal_Premier_League_offi-1793843331.png

१९ कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत आज दुई खेल हुँदैछन्। कीर्तिपुरस्थित त्रिभुवन...

भारतीय विदेश सचिव मिस्री र प्रधानमन्त्री बालेनबीच भेट हुने
pm-balen-shaha-1793842986.jpg

१९ कार्तिक, हेटौंडा । परराष्ट्र सचिव अमृत राईको निमन्त्रणामा नेपाल भ्रमणमा रहेका भारतीय विदेश सचिव विक्रम...

मौसम मूख्यतया सफा रहने
kathmandu_scene_(4)-nepal-1793842721.jpg

१९ कार्तिक, हेटौंडा । हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ । जसको प्रभावले मधेस, कोशी र बागमती प्रदेश...

पहाडी भूभागमा आंशिक बादल लाग्ने
cloudy-weather-1771119240-1793752592.jpg

१८ कार्तिक, हेटौंडा । हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ । जसको प्रभावले देशको हिमाली र पहाडी...

भारतका विदेश सचिव नेपाल आउँदै
bikram-mishri4-1755352900-1793665311.jpg

१७ कार्तिक, हेटौंडा । भारतका विदेश सचिव विक्रम मिस्रीले यही कात्तिक १८ गते बुधबार र १९ गते बिहीबार नेपालको...

मौसम मूख्यतया सफा रहने
kathmandu_scene_(4)-nepal-1793665142.jpg

१७ कार्तिक, हेटौंडा । हाल नेपालमा पश्चिमी वायूको आंशिक प्रभाव रहेको छ । लुम्बिनी प्रदेश लगायत देशको हिमाली र...

काठमाडौँ गोर्खाज विजयी
kathmandu-win-1793664878.jpg

१७ कार्तिक, हेटौंडा । काठमाडौँ गोर्खाजले कर्णाली याक्सविरुद्ध सानदार जित निकालेको छ । कीर्तिपुरस्थित त्रिवि...

थप समाचार