Email :- prastakhabar@gmail.com
900x100-1779113053.gif

राजनीति

हावा र उडन्ते कुरा गर्ने पार्टीका नेताले जितेर मुलुकको विकास हुँदैन: इन्द्रबहादुर बानियाँ

IMG_20220504_184124-1651669018.jpg

२१ बैशाख, हेटौंडा । नेपाली कांग्रेस बागमती प्रदेश सभापति इन्द्रबहादुर बानियाँले हावा र उडन्ते कुरा गर्ने पार्टीका नेताले जितेर मुलुकको विकास नहुने बताएका छन् । बुधबार मनहरी गाउँपालिका ५ मा भएको चुनावी सभालाई सम्बोधन गर्दै उनले एमालेप्रती लक्षित गर्दै भने, "समय अनुसार बोली फेर्ने । सधैं उडन्ते कुरा गर्ने पार्टीका नेतालाई भोट दिएर फेरि ५ बर्ष पछुताउने काम नगर्नुहोला ।" उनले गठबन्धनका उम्मेदवारलाई जिताउन अनुरोध गरे । 
ब्यवस्था जोगाउन गठबन्धन गरिएको प्रष्ट पार्दै बानियाँले 
कांग्रेस समस्याको निकास र जनताको विकासको पार्टी भएको दावी गरे । मनहरी ५ स्थित फारलायनको बाटो स्तरीकरण गरि चक्रपथ बनाउने, ५ नम्बर वडा जान पक्कीपुल बनाउन बजेट छुट्याउने, गाउँ जोगाउन तटबन्धन गर्ने लगायतको प्रतिबद्धता जनाएका छन् । 
"यसअघि पनि यस वडाको विकासका लागि बजेट विनियोजन गरिएको छ । अब आउने वर्ष यी कामहरुको लागि बजेट छुट्याइनेछ, बानियाँले थपे, "हामी बोलेका कुरा पूरा गर्छौं । मैले भनेको कुरा रेकर्ड गरेर राख्नुहोला ।" कांग्रेसका कार्यकर्ताले कम्युनिस्टले जस्तो राजनीतिलाई पेसा नबनाउने उनको भनाई थियो । ५ नम्बर वडामा कांग्रेसका उम्मेदवारले जिते विपन्न परिवारलाई एम्बुलेन्स सेवा निशुल्क गर्ने, विपन्न सुत्केरी महिलालाई ३ महिनासम्म पोषण खानाको व्यवस्था गर्ने प्रतिबद्धता जनाएका छन् । कांग्रेस ५ नम्बर वडा सभापति विष्णुप्रसाद उप्रेतीको अध्यक्षतामा भएको कार्यक्रममा गाउँपालिका अध्यक्ष पदका उम्मेदवार रन्जन कालाखेतीले गठबन्धनको दुवै उम्मेदवारलाई मतदान गर्न अनुरोध गर्दै जनताको चाहना अनुसार काम गर्ने प्रतिबद्धता जनाए । कार्यक्रममा कांग्रेसका निवर्तमान जिल्ला सदस्य नवराज उप्रेती, गाउँपालिका सभापति प्रकाश बर्तौला, बागमती प्रदेश सदस्य जानुकी लामा, वडा अध्यक्षका उम्मेदवार योगेन्द्र अर्याल लगायतले मन्तव्य व्यक्त गरेका थिए ।


समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Notice-Makwa-1711432400.jpg
Bhu-Tatha-Jalaadhaar-Makw-1782566927.jpg

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
सुनको मूल्य बढ्यो
Gold-1793083660-1793861372.jpg

१९ कार्तिक, हेटौंडा । नेपाली बजारमा बिहीबार सुनको मूल्य बढेको छ । सुन प्रतितोला १३ हजार ३ सय रुपैयाँले बढेको हो...

बीमा प्राधिकरणको अध्यक्षमा थापा
Screenshot_20261105_07373-1793843560.jpg

१९ कार्तिक, हेटौंडा । सरकारले नेपाल बीमा प्राधिकरणको अध्यक्षमा राजन बिक्रम थापालाई नियुक्त गरेको छ । अर्थ...

एनपीएलमा आज दुई खेल हुँदै
Nepal_Premier_League_offi-1793843331.png

१९ कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत आज दुई खेल हुँदैछन्। कीर्तिपुरस्थित त्रिभुवन...

भारतीय विदेश सचिव मिस्री र प्रधानमन्त्री बालेनबीच भेट हुने
pm-balen-shaha-1793842986.jpg

१९ कार्तिक, हेटौंडा । परराष्ट्र सचिव अमृत राईको निमन्त्रणामा नेपाल भ्रमणमा रहेका भारतीय विदेश सचिव विक्रम...

मौसम मूख्यतया सफा रहने
kathmandu_scene_(4)-nepal-1793842721.jpg

१९ कार्तिक, हेटौंडा । हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ । जसको प्रभावले मधेस, कोशी र बागमती प्रदेश...

पहाडी भूभागमा आंशिक बादल लाग्ने
cloudy-weather-1771119240-1793752592.jpg

१८ कार्तिक, हेटौंडा । हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ । जसको प्रभावले देशको हिमाली र पहाडी...

भारतका विदेश सचिव नेपाल आउँदै
bikram-mishri4-1755352900-1793665311.jpg

१७ कार्तिक, हेटौंडा । भारतका विदेश सचिव विक्रम मिस्रीले यही कात्तिक १८ गते बुधबार र १९ गते बिहीबार नेपालको...

मौसम मूख्यतया सफा रहने
kathmandu_scene_(4)-nepal-1793665142.jpg

१७ कार्तिक, हेटौंडा । हाल नेपालमा पश्चिमी वायूको आंशिक प्रभाव रहेको छ । लुम्बिनी प्रदेश लगायत देशको हिमाली र...

काठमाडौँ गोर्खाज विजयी
kathmandu-win-1793664878.jpg

१७ कार्तिक, हेटौंडा । काठमाडौँ गोर्खाजले कर्णाली याक्सविरुद्ध सानदार जित निकालेको छ । कीर्तिपुरस्थित त्रिवि...

थप समाचार