Email :- prastakhabar@gmail.com
Ghatna-Darta-Notice-Makwa-1711432400.jpg

कला/संस्कृति

चलचित्र पत्रकार संघ मकवानपुरद्वारा ७ जनालाई सम्मान

20190213185056_IMG_1461-1654404486.JPG

२२ जेठ, हेटौंडा । चलचित्र पत्रकार संघ मकवानपुरले चलचित्र पत्रकारिता दिवसको अवसरमा चलचित्र कलाकर्मी र पत्रकार गरि ७ जना लाई हेटौंडामा नगद सहित सम्मान गरेको छ । चलचित्र पत्रकारिता स्थापना दिवसको अवसर आइतबार नगद सहित ७ जनालाई सम्मान गरेको हो । चलचित्र पत्रकार संघ मकवानपुरले चलचित्र पत्रकारिता पुरस्कार २०७७ बाट पत्रकार महासंघ मकवानपुरका पूर्व अध्यक्ष राममणि दाहाल, चलचित्र कलाकर्मी सम्मान २०७७ बाट प्रेम भोम्जन  र राष्ट्रिय चलचित्र पत्रकारीता पुरस्कार २०७७ बाट चलचित्र पत्रकार संघका पूर्व केन्द्रीय अध्यक्ष बिदुर गिरीलाई सम्मान गरिएको हो । दाहाल र भोम्जनलाई नगद ५÷५ हजार र गिरीलाई १० हजार  नगद सहित सम्मान गरिएको हो । 
यस्तै चलचित्र पत्रकारिता पुरस्कार २०७८ बाट नयाँ पत्रिका दैनिकका जिल्ला ब्युरो प्रमुख दीपक अधिकारी, चलचित्र कलाकर्मी सम्मान २०७८ बाट राज कटुवाल र राष्ट्रिय चलचित्र पत्रकारीता पुरस्कार २०७९ बाट चलचित्र पत्रकार संघकी केन्द्रीय उपाध्यक्ष दिपज्योति थापालाई सम्मान गरिएको छ । यसैगरी चलचित्र कलाकर्मी सम्मान–२०७९ बाट लेखक एवं निर्देशक शिवम अधिकारीलाई सम्मान गरिएको हो । अधिकारी र थापालाई नगद ५ हजार सहित सम्मान गरिएको छ । 
त्यसैगरी चलचित्र पत्रकार संघ मकवानपुरले आफ्नो स्थापना दिवसमा पत्रकार संघ मकवानपुर अध्यक्ष तथा संघका अध्यक्ष मणिराज गौतमलाई पनि कदरपत्रले सम्मान गरेको छ । चलचित्र पत्रकार संघ मकवानपुरका कार्यबहाक अध्यक्ष कपिल खड्काको सभाध्यक्षतामा सम्पन्न कार्यक्रममा वागमती प्रदेशका संस्कृति तथा पर्यटन मन्त्री दीपेन्द्र श्रेष्ठको प्रमुख आतिथ्यता रहेको थियो । 
सम्मानित हुने सबैलाई वागमती प्रदेशका संस्कृति तथा पर्यटन मन्त्री दीपेन्द्र श्रेष्ठ, चलचित्र पत्रकार संघ केन्द्रीय पुर्व अध्यक्ष विदुर गिरी, चलचित्र निर्माता संघका सदस्य सुशान्त श्रेष्ठ लगायतले संयुक्त रुपमा सम्मान गरेका थिए ।

20190213184136_IMG_1451-1654404488.JPG

समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Adv-Kailash-1686118720.jpg

Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
Adv-Ghatna-Darta-Htd7-1705218069.jpg
Ghatna-Darta-Notice-Htd-1-1665992031.jpg
कर्णाली नदीमा बेपत्ता युवकको शव भेटियो
Screenshot_20240325_20405-1711640072.jpg

१५ चैत, चिसापानी। सोमबार दिउँसो होली खेल्ने क्रममा फोटो सुट गर्न कर्णाली पुलबाट नदीमा हाम फालेर पौडी खेलेका १७...

हानेपा बागमती प्रदेश सरकारमा सहभागी, पर्यटन मन्त्रीको शपथ
IMG-20240328-WA0017-1711631837.jpg

१५ चैत, हेटौंडा । दुई दिन अघि समर्थन फिर्ता लिएको हाम्रो नेपाली पार्टी बागमती प्रदेश सरकारमा सहभागी भएको छ...

ईलाम-२ बाट राप्रपाले गुरूङलाई उठाउने
laxmi-1711609723-1711620301.jpg

१५ चैत, काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीले इलाम २ मा प्रतिनिधि सभा निर्वाचनमा  लक्ष्मी गुरुङलाई...

राष्ट्रियसभा उपाध्यक्ष अर्यालद्वारा राजीनामा
Screenshot_20240328_15363-1711619508.jpg

१५ चैत, काठमाडौं । राष्ट्रियसभाका उपाध्यक्ष उर्मिला अर्यालले पदबाट राजीनामा दिएकी छिन् । बिहिबार...

नेपाली बजारमा सुनचाँदीको मूल्यो बढ्यो
silver-gold_2019122207002-1711604898.jpg

१५ चैत, हेटौंडा । नेपाली बजारमा सुनको मूल्य बढेको छ । बुधबारको तुलनामा बिहीबार सुन तोलामा ११ सय रूपैयाँ बढेको हो...

सुदूरपश्चिमका दुई विना विभागीय मन्त्रीलाई जिम्मेवारी
Screenshot_20240328_10254-1711600857.jpg

१५ चैत, हेटौंडा । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले नागरिक उन्मुक्ति पार्टीका दुई विना विभागीय...

बागमतीमा हल्कादेखी मध्यम वर्षाको सम्भावना
Screenshot_20230619_06472-1711592881.jpg

१५ चैत, हेटौंडा । हाल नेपालमा पश्चिमी वायु तथा स्थानीय वायुको प्रभाव रहेको छ। देशभर आंशिकदेखि साधारणतया बदली...

नेपाल ‘ए’ र आयरल्यान्ड ‘ए’ बिच प्रतियोगिता हुँदै
20240328_080703-1711592553.jpg

१५ चैत, काठमाडौं । नेपाल ‘ए’ र आयरल्यान्ड ‘ए’ बिचको पहिलो टी-२० क्रिकेट प्रतियोगिता हुँदैछ । खेल...

एसईई आजबाट सुरु, मकवानपुरमा २६ परीक्षा केन्द्र
Neb-1609301848-1711589219.png

१५ चैत, हेटौंडा। यस वर्षको माध्यमिक शिक्षा परीक्षा(एसईई) आजबाट सुरु हुँदैछ। एसईई परीक्षामा देशभरबाट ५ लाख ४ हजार...

थप समाचार