Email :- prastakhabar@gmail.com
900x100-1779113053.gif

कला/संस्कृति

चलचित्र पत्रकार संघ मकवानपुरद्वारा ७ जनालाई सम्मान

20190213185056_IMG_1461-1654404486.JPG

२२ जेठ, हेटौंडा । चलचित्र पत्रकार संघ मकवानपुरले चलचित्र पत्रकारिता दिवसको अवसरमा चलचित्र कलाकर्मी र पत्रकार गरि ७ जना लाई हेटौंडामा नगद सहित सम्मान गरेको छ । चलचित्र पत्रकारिता स्थापना दिवसको अवसर आइतबार नगद सहित ७ जनालाई सम्मान गरेको हो । चलचित्र पत्रकार संघ मकवानपुरले चलचित्र पत्रकारिता पुरस्कार २०७७ बाट पत्रकार महासंघ मकवानपुरका पूर्व अध्यक्ष राममणि दाहाल, चलचित्र कलाकर्मी सम्मान २०७७ बाट प्रेम भोम्जन  र राष्ट्रिय चलचित्र पत्रकारीता पुरस्कार २०७७ बाट चलचित्र पत्रकार संघका पूर्व केन्द्रीय अध्यक्ष बिदुर गिरीलाई सम्मान गरिएको हो । दाहाल र भोम्जनलाई नगद ५÷५ हजार र गिरीलाई १० हजार  नगद सहित सम्मान गरिएको हो । 
यस्तै चलचित्र पत्रकारिता पुरस्कार २०७८ बाट नयाँ पत्रिका दैनिकका जिल्ला ब्युरो प्रमुख दीपक अधिकारी, चलचित्र कलाकर्मी सम्मान २०७८ बाट राज कटुवाल र राष्ट्रिय चलचित्र पत्रकारीता पुरस्कार २०७९ बाट चलचित्र पत्रकार संघकी केन्द्रीय उपाध्यक्ष दिपज्योति थापालाई सम्मान गरिएको छ । यसैगरी चलचित्र कलाकर्मी सम्मान–२०७९ बाट लेखक एवं निर्देशक शिवम अधिकारीलाई सम्मान गरिएको हो । अधिकारी र थापालाई नगद ५ हजार सहित सम्मान गरिएको छ । 
त्यसैगरी चलचित्र पत्रकार संघ मकवानपुरले आफ्नो स्थापना दिवसमा पत्रकार संघ मकवानपुर अध्यक्ष तथा संघका अध्यक्ष मणिराज गौतमलाई पनि कदरपत्रले सम्मान गरेको छ । चलचित्र पत्रकार संघ मकवानपुरका कार्यबहाक अध्यक्ष कपिल खड्काको सभाध्यक्षतामा सम्पन्न कार्यक्रममा वागमती प्रदेशका संस्कृति तथा पर्यटन मन्त्री दीपेन्द्र श्रेष्ठको प्रमुख आतिथ्यता रहेको थियो । 
सम्मानित हुने सबैलाई वागमती प्रदेशका संस्कृति तथा पर्यटन मन्त्री दीपेन्द्र श्रेष्ठ, चलचित्र पत्रकार संघ केन्द्रीय पुर्व अध्यक्ष विदुर गिरी, चलचित्र निर्माता संघका सदस्य सुशान्त श्रेष्ठ लगायतले संयुक्त रुपमा सम्मान गरेका थिए ।

20190213184136_IMG_1451-1654404488.JPG

समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Notice-Makwa-1711432400.jpg
Bhu-Tatha-Jalaadhaar-Makw-1782566927.jpg

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
एमाले केन्द्रीय कमिटी बैठक जारी
uml-1790213537.jpg

८ असोज, हेटौंडा । नेकपा एमालेको केन्द्रीय कमिटी बैठकले अध्यक्ष केपी शर्मा ओलीको राजनीतिक प्रतिवेदन सर्वसम्मत...

राप्रपाको सातवटै प्रदेशको अधिवेशन हुँदै
raprapa-1790213294.png

८ असोज, हेटौंडा । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) को सातवटै प्रदेशको अधिवेशन हुँदैछ । राप्रपाले असोज २१...

प्रतिनिधिसभा र राष्ट्रियसभाको बैठक बस्दै
Screenshot_20260628_16320-1790212662.jpg

८ असोज, हेटौंडा । प्रतिनिधिसभा र राष्ट्रियसभाको बैठक आज बस्दै छ । सिंहदरबारमा बिहान ११ बजे बस्ने प्रतिनिधिसभाको...

मध्यम वर्षाको सम्भावना
rain-weather-1790211819.jpg

८ असोज, हेटौंडा । हाल देशभर मनसुनी वायुको साथै पश्चिमी वायुको पनि आंशिक प्रभाव रहेको छ । साथै बङ्गालको खाडीको...

प्रशासनिक कार्य वाग्लेले सम्हाल्ने
swarnim-wagle1-1790150442.jpg

७ असोज, हेटौंडा । प्रधानमन्त्री बालेन्द्र साह संयुक्त राष्ट्रसङ्घको महासभामा सहभागी हुन संयुक्त राज्य अमेरिका...

प्रधानमन्त्री शाह अमेरिका प्रस्थान
6-pm-balen-nepal-photo-li-1790089851.jpg

६ असोज, हेटौंडा । प्रधानमन्त्री वालेन्द्र शाह संयुक्त राष्ट्रसंघको ८१औँ महासभामा सहभागी हुन अमेरिका प्रस्थान...

प्रधानमन्त्री बालेन आज न्युयोर्क जाँदै
balen-sahaaa1661769967-1790040514.jpg

६ असोज, हेटौंडा । प्रधानमन्त्री बालेन शाह संयुक्त राष्ट्रसंघको महासभामा भाग लिन आज न्युयोर्क जाँदैछन्...

परराष्ट्रमन्त्री र पोल्यान्डका उपप्रधानमन्त्रीबीच भेटवार्ता
meeting1-1790040112.jpg

६ असोज, हेटौंडा । परराष्ट्रमन्त्री शिशिर खनालले पोल्यान्डका उपप्रधान तथा परराष्ट्रमन्त्री राडोस्ल...

प्रतिनिधिसभाको बैठक आज बस्दै
Screenshot_20260628_16321-1790039554.jpg

६ असोज, हेटौंडा । प्रतिनिधिसभाको बैठक आज बस्दैछ । बैठक दिउँसो १ बजे बस्ने भएको हो । आजको बैठकमा अर्थमन्त्री डा....

थप समाचार