Email :- prastakhabar@gmail.com
900x100-1779113053.gif

समाज

आगामी १२ वर्षमा क्षयरोग अन्त्य गर्ने सरकारको लक्ष्य  

khoki1.jpg'_'.2021-03-28-1657672849.jpg

संकेतिक तस्विर

२९ असार, हेटौंडा । सरकारले क्षयरोग अन्त्यको लागि राष्ट्रिय रणनीतिक योजना सार्वजनिक गरेको छ । आज एक कार्यक्रम गर्दै राष्ट्रिय क्षयरोग नियन्त्रण केन्द्रले क्षयरोग अन्त्यको लागि राष्ट्रिय रणनीतिक योजना सार्वजनिक गरेको हो । 
आर्थिक वर्ष २०७८÷७९ देखि २०८२÷८३ सम्मको दीर्घकालीन सोच, लक्ष्य र उदेश्य तयार पारेको छ । आर्थिक वर्ष २०७७÷७८ मा प्रतिलाख जनसंख्यामा नयाँ क्षयरोग दर २३८ भएकोमा आर्थिक वर्ष २०८२÷८३ को अन्त्य सम्ममा प्रतिलाख जनसंख्यामा नयाँ क्षयरोग दर १८१ प्रतिलाखमा झार्ने लक्ष्य लिइएको छ । 
यस्तै आर्थिक वर्ष २०७७÷७८ मा प्रतिलाख जनसंख्यामा मृत्युदर ५८ रहेकोमा यसलाई आर्थिक वर्ष २०८२÷८३ को अन्त्य सम्ममा प्रतिलाख जनसंख्यामा २३ मा झार्ने लक्ष्य लिइएको छ । यस्तै आर्थिक वर्ष २०९१÷९२ सम्ममा क्षयरोगको अन्त्य गरी आर्थिक वर्ष २१०६÷०७ सम्ममा क्षयरोग निवारण गर्ने लक्ष्य लिइएको छ । 
यसैगरी क्षयरोगको कारणले परिवारमा पर्ने आर्थिक व्ययभार शून्यमा झार्ने लक्ष्य लिइएको छ । उक्त रणनीतिमा क्षयरोग कार्यक्रमका लागि संघ, प्रदेश र स्थानीय तहको भूमिका पनि तय गरिएको । सो रणनीति कार्यान्वयनका लागि केन्द्रमा  हाल कार्यरत रहेका २२ जना जनशिक्तबाट थप गरी ५५ जना पु¥याउनुपर्ने समेत उल्लेख रहेको छ ।  
 


समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Notice-Makwa-1711432400.jpg
Bhu-Tatha-Jalaadhaar-Makw-1782566927.jpg

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
सुनको मूल्य बढ्यो
Gold-1793083660-1793861372.jpg

१९ कार्तिक, हेटौंडा । नेपाली बजारमा बिहीबार सुनको मूल्य बढेको छ । सुन प्रतितोला १३ हजार ३ सय रुपैयाँले बढेको हो...

बीमा प्राधिकरणको अध्यक्षमा थापा
Screenshot_20261105_07373-1793843560.jpg

१९ कार्तिक, हेटौंडा । सरकारले नेपाल बीमा प्राधिकरणको अध्यक्षमा राजन बिक्रम थापालाई नियुक्त गरेको छ । अर्थ...

एनपीएलमा आज दुई खेल हुँदै
Nepal_Premier_League_offi-1793843331.png

१९ कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत आज दुई खेल हुँदैछन्। कीर्तिपुरस्थित त्रिभुवन...

भारतीय विदेश सचिव मिस्री र प्रधानमन्त्री बालेनबीच भेट हुने
pm-balen-shaha-1793842986.jpg

१९ कार्तिक, हेटौंडा । परराष्ट्र सचिव अमृत राईको निमन्त्रणामा नेपाल भ्रमणमा रहेका भारतीय विदेश सचिव विक्रम...

मौसम मूख्यतया सफा रहने
kathmandu_scene_(4)-nepal-1793842721.jpg

१९ कार्तिक, हेटौंडा । हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ । जसको प्रभावले मधेस, कोशी र बागमती प्रदेश...

पहाडी भूभागमा आंशिक बादल लाग्ने
cloudy-weather-1771119240-1793752592.jpg

१८ कार्तिक, हेटौंडा । हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ । जसको प्रभावले देशको हिमाली र पहाडी...

भारतका विदेश सचिव नेपाल आउँदै
bikram-mishri4-1755352900-1793665311.jpg

१७ कार्तिक, हेटौंडा । भारतका विदेश सचिव विक्रम मिस्रीले यही कात्तिक १८ गते बुधबार र १९ गते बिहीबार नेपालको...

मौसम मूख्यतया सफा रहने
kathmandu_scene_(4)-nepal-1793665142.jpg

१७ कार्तिक, हेटौंडा । हाल नेपालमा पश्चिमी वायूको आंशिक प्रभाव रहेको छ । लुम्बिनी प्रदेश लगायत देशको हिमाली र...

काठमाडौँ गोर्खाज विजयी
kathmandu-win-1793664878.jpg

१७ कार्तिक, हेटौंडा । काठमाडौँ गोर्खाजले कर्णाली याक्सविरुद्ध सानदार जित निकालेको छ । कीर्तिपुरस्थित त्रिवि...

थप समाचार