Email :- prastakhabar@gmail.com
राजनीति

मंसिरमा निर्वाचन गराउन तयारी सुरुः आयोग

भोलिदेखि मतदाता नामावली संकलन स्थगित गरिने

Election-Commission-16137-1659617902.jpg

file photo

१९ साउन, हेटौंडा । निर्वाचन आयोगले हाल जारी रहेको मतदाता नामावली सङ्कलन भोलिदेखि बन्द गर्ने भएको छ । सरकारले प्रदेश र सङ्घको निर्वाचनको मिति घोषणा गरे लगतै आज पत्रकार सम्मेलनको आयोजना गरी आयोगले भोलिदेखि मतदाता नामावली सङ्कलनको काम बन्द हुने बताएको हो । 
साथै अनलाइन आवेदन दिएकाहरूले २१ गतेसम्म औठा छाप र फोटो खिचाउन पाउने पनि आयोगले प्रष्ट पारेको छ । आयोगले असार १ गतेदेखि प्रदेश र सङ्घको निर्वाचनका लागि मतदाता नामावली सङ्कलनको काम सुरु गरेको थियो । 
आयोगका प्रवक्ता शालिग्राम  शर्मा पौडेलले निर्वाचनको मिति कम्तिमा १ सय २० दिन अगाडी घोषणा हुनुपर्नेमा १ सय ७ दिन मात्रै बाँकी भएपनि निर्वाचन गराउन आयोग तयारी अवस्थामा रहेको जानकारी दिए । उनले आवश्यकता अनुसार चाँडै नै दल दर्ताको प्रक्रिया सुरु हुने पनि बताए ।
पत्रकार सम्मेलनमा बोल्दै प्रमुख निर्वाचन आयुक्त दिनेश कुमार थपलियाले अशोजमा उम्मेदवारी दर्ताको लागि मिति तोक्ने गरी निर्वाचन कार्यतालिका तयार पारिने भन्दै निर्वाचनलाई सफल र शान्तिपूर्ण तरिकाले सम्पन्न गराउन आयोग तयारीमा जुटेको बताए । 
 


समाचार मन परे लाईक गर्नुहोस्




Aayurbed-Kendra-Adv-1684993944.jpg
Ghatna-Darta-Notice-Htd-1-1665992031.jpg
Ghatna-Darta-Notice-Htd-7-1665991914.jpg
कांग्रेसका महामन्त्री गगन थापा मकवानपुर आउने
pressmet-1685988983.jpg

२२ जेठ, हेटौँडा ।  जेठ २९ गते सोमबार नेपाली कांग्रेसका  महामन्त्री गगन थापा मकवानपुर आउने भएका छन् । जेठ २९ गते...

बाढीले बगाउँदा एक जनाको मृत्यु
death-5a68471f0a7ce5.2584-1685979786.jpg

२२ जेठ, म्याग्दी । म्याग्दीमा बाढीले बगाउँदा एक जनाको मृत्यु भएको छ । मृत्युु हुनेमा रघुगंगा गाउँपालिका-६...

तीन जनामा कोरोना संक्रमण पुष्टि
corona-1685965027.jpg

२२ जेठ, काठमाडौं । पछिल्लो २४ घण्टामा देशभर तीन जनामा कोरोना संक्रमण पुष्टि भएको छ । ६७२ वटा नमुना परीक्षण गर्दा...

प्रधानमन्त्री ‘भैंसी चढेर आएको’ भन्ने शब्द संसदको रेकर्डबाट हटाइयो
Screenshot_20230605_15305-1685958376.jpg

२२ जेठ, काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘भैंसी चढेर आएको’ भन्ने शब्द संसदको रेकर्डबाट हटाइएको छ...

हेटौंडा-१५ मा प्रसारण लाइनको तार फेर्ने कार्यमा स्थानीयको अवरोध, प्रहरी परिचालन
National-Grid-LineVision-1685951167.jpg

२२ जेठ, हेटौंडा । नेपाल विद्युत प्राधिकरण हेटौँडा वितरण केन्द्रले  कमाने स्वस्टेसन मार्फत १३२ केभि प्रसारण...

भण्डारी र न्यौपानेसहित ४६ ईन्स्पेक्टर डिएसपी बढुवामा सिफारिस
Screenshot_20230605_12501-1685948801.jpg

२२ जेठ, काठमाडौं । प्रहरी प्रधान कार्यालयले सोमबार ४६ जना प्रहरी निरीक्षक (ईन्स्पेक्टर) लाई प्रहरी नायब उपरीक्षक...

नेपाली बजारमा सोमबार सुनचाँदीको मूल्य स्थिर
0x0-(1)-1685944700.jpg

२२ जेठ, काठमाडौं । नेपाली बजारमा सोमबार सुनको मूल्य स्थिर रहेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार...

विकासलाई वातावरणमैत्री बनाउनुपर्छ: पौडेल
Screenshot_20230605_10434-1685941146.jpg

२२ जेठ, काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले विकासलाई वातावरणमैत्री बनाउनुपर्नेमा जोड दिएका छन् । विश्व...

क्रिकेटर लामिछाने आज दक्षिण अफ्रिका जाँदै
1662628498_sandeep-lamich-1685933627.jpg

२२ जेठ, काठमाडौं । नेपाली राष्ट्रिय क्रिकेट टिमका लेग स्पिनर सन्दीप लामिछाने आज  दक्षिणअफ्रिका जाँदैछन् ।...

थप समाचार