Email :- prastakhabar@gmail.com
900x100-1779113053.gif

राजनीति

नेकपा एसबाट मकवानपुरको क्षेत्र नम्बर २ मा खतिवडा सिफारिस 

samajbadi-chhetra-2-nirna-1661041967.jpg

५ भदौं, हेटौंडा । नेपाल कम्युनिष्ट पार्टी एकीकृत समाजवादीले मकवानपुरको क्षेत्र नम्बर दुईबाट विरोध खतिवडालाई प्रतिनिधीसभाको उम्मेदवार बनाउँने निर्णय गरेको छ । पार्टी क्षेत्र नम्बर २ को आज बसेको बैठकले एकीकृत समाजवादीका नेता खतिवडालाई प्रतिनिधीसभा क्षेत्र नम्बर २ को उम्मेदवार बनाउँन पार्टी जिल्ला कमिटीमा सिफारिस गर्ने निर्णय गरेको हो । 
आगामी १० भदौमा बस्ने पार्टी जिल्ला कमिटीको बैठकले खतिवडाको नाम प्रदेश कमिटीमा सिफरिस गर्ने निर्णय गर्ने एकीकृत समाजवादी मकवानपुरका सचिव विष्णु दाहालले जानकारी दिए । आसन्न चुनावका लागि प्रतिनिधीसभा क्षेत्र नम्बर २ को एकीकृत समाजवादीले खतिवडाको एकल नाम सिफारिस गर्ने निर्णय लिएको हो । 
लगातार चार पटक चुनाव उठेर जितेका खतिवडालाई फेरि पार्टीबाट प्रतिनिधीसभामा उम्मेदवार बनाउँने निर्णय भएको हो । खतिवडा २०४८, २०५१, २०५६ र २०७४ सालमा भएको निर्वाचनमा विजयी भएका थिए । यस्तै, समानुपातिकमा केदार न्यौपाने, राजाराम स्याङतान र मुनु सिग्देलको नाम सिफारिस गर्ने निर्णय गरेको छ भने राष्ट्रियसभामा ललित बस्नेतको नाम सिफारिस गर्ने निर्णय भएको पार्टीले जनाएको छ । 
शनिवार बसेको प्रतिनिधीसभा २ को प्रदेश क र ख को लागि पनि उम्मेदवारको नाम सिफारिस गर्ने निर्णय गरेको छ । प्रदेश क को अध्यक्ष किरणमान बलको अध्यक्षतामा बसेको बैठकले क मा रामचन्द्र बललाई प्रत्यक्ष र समानुपातिकमै उम्मेदवार बनाउने निर्णय गरेको छ । 
यस्तै, समानुपातिकमा बेगम बरालको नाम सिफारिस गर्ने निर्णय गरिएको छ । क्षेत्र नम्बर २ को प्रदेशसभाको ख का अध्यक्ष टंक मोक्तानको अध्यक्षतामा बैठक बसेको हो । यस्तै, प्रदेशसभा ख मा प्रत्यक्षमा भुमिनन्द अर्याल, समानुपातिकमा गोविन्दराम चेपाङ, कृष्णबहादुर चेपाङ,सूर्यमान चेपाङ (कर्ण) र मनिला विष्टलाई उम्मेदवार बनाउँन नाम सिफारिस गर्ने निर्णय गरेको हो ।  
चुनावमा पार्टीबाट उम्मेदवार हुनेको नाम यही १० भदौभित्र सिफारिस गर्नुपर्ने एकीकृत समाजवादीको केन्द्रीय सर्कुलर अनुसार मकवानपुरको क्षेत्र नम्बर २ मा प्रतिनिधीसभा र प्रदेशसभाको लागि उम्मेदवारको नाम सिफारिस गर्ने निर्णय गरेको हो । 
प्रतिनिधीसभाका लागि एक महिला सदस्यसहित पाँच र प्रदेशसभामा एक महिलासहित चारजनाको नाम सिफारिस गर्नुपर्ने सर्कुलर अनुसार पार्टीको बैठकले निर्णय गरेको हो । 
बैठकमा पार्टीका नेताहरु विरोध खतिवडा, बागमती प्रदेश सदस्य रामचन्द्र बल, ललित बस्नेत, सूर्यचन्द्र न्यौपाने लगातयको उपस्थिती थियो । यस्तै,बैठकले पार्टीको बागमती प्रदेश सदस्य कल्याणविक्रम घलानको निधनप्रति शोक प्रस्ताव पारित गरेको छ । 
 


समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Notice-Makwa-1711432400.jpg
Bhu-Tatha-Jalaadhaar-Makw-1782566927.jpg

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
पहाडी भूभागमा आंशिक बादल लाग्ने
cloudy-weather-1771119240-1793752592.jpg

१८ कार्तिक, हेटौंडा । हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ । जसको प्रभावले देशको हिमाली र पहाडी...

भारतका विदेश सचिव नेपाल आउँदै
bikram-mishri4-1755352900-1793665311.jpg

१७ कार्तिक, हेटौंडा । भारतका विदेश सचिव विक्रम मिस्रीले यही कात्तिक १८ गते बुधबार र १९ गते बिहीबार नेपालको...

मौसम मूख्यतया सफा रहने
kathmandu_scene_(4)-nepal-1793665142.jpg

१७ कार्तिक, हेटौंडा । हाल नेपालमा पश्चिमी वायूको आंशिक प्रभाव रहेको छ । लुम्बिनी प्रदेश लगायत देशको हिमाली र...

काठमाडौँ गोर्खाज विजयी
kathmandu-win-1793664878.jpg

१७ कार्तिक, हेटौंडा । काठमाडौँ गोर्खाजले कर्णाली याक्सविरुद्ध सानदार जित निकालेको छ । कीर्तिपुरस्थित त्रिवि...

सुदूरपश्चिम रोयल्सको दोस्रो जित
885226346_149160703954028-1793661958.jpg

१७ कार्तिक, हेटौंडा । सुदूरपश्चिम रोयल्सले नेपाल प्रिमियर लिग (एनपीएल)को तेस्रो संस्करणमा दोस्रो जित निकालेको छ...

रास्वपाको स्थानीय तहको उम्मेदवार छनोट गर्न ७ उपसमिति
RSP-raswapa-1766815646-1793580041.jpg

१६ कार्तिक, हेटौंडा । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले स्थानीय तहको उम्मेदवार छनोट गर्न ७ उपसमिति गठन...

न्यायाधीशविरुद्ध अहिलेसम्म आठवटा उजुरी
sunuwai-samiti-1793579824.jpg

१६ कार्तिक, हेटौंडा । सर्वोच्च अदालतका प्रस्तावित चार जना न्यायाधीशविरुद्ध अहिलेसम्म आठवटा उजुरी परेको छ...

लागुऔषध कारोबारमा संलग्न दुई पक्राउ
arrest_BkQKVyP55m_F0sd11u-1793579475.jpg

१६ कार्तिक, हेटौंडा । कपिलवस्तुमा प्रहरीले दुई राउन्ड हवाई फायर गरेर लागुऔषध कारोबारमा संलग्न दुई जनालाई पक्राउ...

एनपीएलमा आज सोमबार दुई खेल हुने
Nepal_Premier_League_offi-1793579069.png

१६ कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत आज सोमबार दुई खेल हुनेछन् ।आज काठमाडौँ गोर्खाज र...

थप समाचार