Email :- prastakhabar@gmail.com
900x100-1779113053.gif

समाज

हेटौंडामा हुने रोटर्याक्टको भेलालाई महेन्द्र प्युरिफायरको साथ

Rotyark-1662390158.jpg

२० भदौं,हेटौंडा । रोटर्याक्ट क्लब अफ हेटौंडा र रोटर्याक्ट क्लब अफ मकवानपुरको संयुक्त आयोजनामा हुने अध्यक्ष र सचिवको भेला (प्रेसिडेन्ट सेक्रेटरी मिट) लाई महेन्द्र प्युरिफायरले मुख्य प्रायोजन गर्ने भएको छ ।

यही  भदौ २५ गते शनिबार हेटौंडामा हुन लागेको कार्यक्रमलाई सफल बनाउनको निम्ति सोमबार महेन्द्र र रोटर्याक्टबीच सहमति भएको हो।सोमबार महेन्द्रको तर्फबाट प्रबन्ध निर्देशक पप्पु केशरी र रोटर्याक्टको तर्फबाट रोटर्याक्ट क्लब अफ हेटौंडाका अध्यक्ष मिलन ढकाल र रोटर्याक्ट क्लब अफ मकवानपुरका अध्यक्ष प्रदिप कुमार राईले सहमतिपत्रमा हस्ताक्षर भएको छ। 

कार्यक्रममा रोटर्याक्ट डिष्ट्रिक्ट ३२९२ अन्तर्गत नेपालभर रहेका १७६ वटा क्लबका अध्यक्ष र सचिव सहित क्लबका अन्य सदस्यहरु समेत उपस्थित हुने आयोजकले जनाएको छ। 
कार्यक्रमले हेटौंडा र हेटौंडाका पर्यटकीय क्षेत्रहरुलाई देशैभरि चिनाउन मद्धत गर्ने विश्वास लिएको रोटर्याक्ट क्लब अफ मकवानपुरका अध्यक्ष प्रदिप कुमार राईले बताए।‘देशभरीबाट आउनुभएका रोटर्याक्टर ज्यूहरुले हेटौंडामा रहेका पर्यटकीय गन्तव्यहरु घुम्नुहुनेछ,’ अध्यक्ष राईले भने ‘जस कारण हेटौंडाका पर्यटकीय गन्तव्यहरुलाई देशभरिमा चिनाउन मद्धत पुग्नेछ ।’ कार्यक्रममा कुल लागत करिब २० लाख रुपैयाँ लाग्ने अनुमान गरिएको उनले बताए । कार्यक्रमलाई यति व्रेवरी, सागर डिष्टिलरी, स्मार्ट स्टडी लगायतले समेत प्रायोजन गरेका छन्।त्यसैगरी रोटरी क्लब अफ हेटौंडा र रोटरी क्लब अफ मकवानपुरले पनि कार्यक्रमको लागि आवश्यक साथ र समन्वय गरिरहेको अध्यक्ष राईले बताए । कार्यक्रमको तयारी तीव्र पारिएको रोटर्याक्ट क्लब अफ हेटौंडाका अध्यक्ष मिलन ढकालले जानकारी दिएका छन्।


समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Notice-Makwa-1711432400.jpg
Bhu-Tatha-Jalaadhaar-Makw-1782566927.jpg

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
सुनको मूल्य बढ्यो
Gold-1793083660-1793861372.jpg

१९ कार्तिक, हेटौंडा । नेपाली बजारमा बिहीबार सुनको मूल्य बढेको छ । सुन प्रतितोला १३ हजार ३ सय रुपैयाँले बढेको हो...

बीमा प्राधिकरणको अध्यक्षमा थापा
Screenshot_20261105_07373-1793843560.jpg

१९ कार्तिक, हेटौंडा । सरकारले नेपाल बीमा प्राधिकरणको अध्यक्षमा राजन बिक्रम थापालाई नियुक्त गरेको छ । अर्थ...

एनपीएलमा आज दुई खेल हुँदै
Nepal_Premier_League_offi-1793843331.png

१९ कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत आज दुई खेल हुँदैछन्। कीर्तिपुरस्थित त्रिभुवन...

भारतीय विदेश सचिव मिस्री र प्रधानमन्त्री बालेनबीच भेट हुने
pm-balen-shaha-1793842986.jpg

१९ कार्तिक, हेटौंडा । परराष्ट्र सचिव अमृत राईको निमन्त्रणामा नेपाल भ्रमणमा रहेका भारतीय विदेश सचिव विक्रम...

मौसम मूख्यतया सफा रहने
kathmandu_scene_(4)-nepal-1793842721.jpg

१९ कार्तिक, हेटौंडा । हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ । जसको प्रभावले मधेस, कोशी र बागमती प्रदेश...

पहाडी भूभागमा आंशिक बादल लाग्ने
cloudy-weather-1771119240-1793752592.jpg

१८ कार्तिक, हेटौंडा । हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ । जसको प्रभावले देशको हिमाली र पहाडी...

भारतका विदेश सचिव नेपाल आउँदै
bikram-mishri4-1755352900-1793665311.jpg

१७ कार्तिक, हेटौंडा । भारतका विदेश सचिव विक्रम मिस्रीले यही कात्तिक १८ गते बुधबार र १९ गते बिहीबार नेपालको...

मौसम मूख्यतया सफा रहने
kathmandu_scene_(4)-nepal-1793665142.jpg

१७ कार्तिक, हेटौंडा । हाल नेपालमा पश्चिमी वायूको आंशिक प्रभाव रहेको छ । लुम्बिनी प्रदेश लगायत देशको हिमाली र...

काठमाडौँ गोर्खाज विजयी
kathmandu-win-1793664878.jpg

१७ कार्तिक, हेटौंडा । काठमाडौँ गोर्खाजले कर्णाली याक्सविरुद्ध सानदार जित निकालेको छ । कीर्तिपुरस्थित त्रिवि...

थप समाचार