Email :- prastakhabar@gmail.com
Ghatna-Darta-Adv-Manahari-1719378115.jpg

राजनीति

दलहरुले समानुपातिक तर्फको उम्मेदवारको सूची बुझाए

1608543313-1661785006-1663594192.jpg

३ भदौ, हेटौंडा । आगामी मंसिर ४ गते हुने प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनका लागि दलहरुले समानुपातिक तर्फको उम्मेदवारको सूची बुझाएका छन् । 
सोमवार निर्वाचन आयोगमा पुगेर मुख्य राजनीतिक दलसहितका अन्य दलहरुले आगामी निर्वाचनका लागि समानुपातिक तर्फको उम्मेदवारहरुको बन्दसूची बुझाएका हुन् । आयोगले आईतवार र सोमवार गरी दुई दिन समानुपातिक तर्फको उम्मेदवारको सूची बुझाउन समय दिएको थियो । 
सोही समयावधि भित्र राजनीतिक दलहरुले आफ्ना आफ्ना उम्मेदवारहरुको बन्दसूची आयोगमा पेस गरेका छन् । सत्तारुढ प्रमुख दल नेपाली काँग्रेस, नेकपा (माओवादी केन्द्र), नेकपा (एकीकृत समाजवादी), लोकतान्त्रिक समाजवादी पार्टी, जनता समाजवादी पार्टी, प्रमुख प्रतिपक्ष दल नेकपा एमाले लगायतका दलहरुले समानुपातिक उम्मेदवारहरुको बन्दसूची बुझाएका हुन् । 
उम्मेदवारहरुको बन्दसूची निर्वाचन आयोगमा बुझाएपछि सञ्चारकर्मीहरुसँग बोल्दै नेपाली काँग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले समानुपातिक बन्दसूचीमा नेपाली काँग्रेस कार्यसमितिबाट पनि कतिपय सदस्यहरु रहेको जानकारी दिए । उनले नेपाली काँग्रेस उत्साहका साथ निर्वाचनमा होमिएको उल्लेख गर्दै जनताले नेपाली काँग्रेसलाई बहुमत लक्षित दलको रुपमा भोट दिने विश्वास समेत व्यक्त गरे । 
त्यस्तै नेकपा (माओवादी केन्द्र) का उपमहासचिव वर्षमान पुनले माओवादी केन्द्र नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) को तर्फबाट नेपाल समाजवादी पार्टी डा. बाबुराम भट्टराईको नेपाल समाजवादी पार्टीलाई ५ सिटसहित प्रतिनिधिमा समानुपातिक तर्फ ११० उम्मेदवारहरुको सूची बुझाएको जानकारी दिए । 
यसैगरी समानुपातिक बन्दसूची बुझाएपछि पत्रकारहरुसँग कुरा गर्दै नेकपा एमालेका नेता निरज आचार्यले विगतका समानुपातिक सूचीमा रहेकाहरुलाई नदोहो¥याएको जानकारी दिए । उनले समानुपातिक सूचीमा कोहीपनि पुराना नेताहरु नरहेको सबै नयाँ अनुहार रहेको बताए ।
प्रतिनिधिसभामा समानुपातिक पद्धतिबाट ११० जना र ७ वटा प्रदेशसभामा २२० जना उम्मेदवार हुनेछन् । समानुपातिक पद्धतिमा मतदाताहरुले राजनीतिक दललाई मत दिनेछन् । राजनीतिक दलले पाएको मतको आधारमा बन्दसूचीमा रहेका उम्मेदवार मध्येबाट सांसद निर्वाचित हुनेछन् । 
 


समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Adv-Kailash-1686118720.jpg
sanchar-rajitra-add-final-1711344560.gif
Ghatna-Darta-Notice-Makwa-1711432400.jpg

Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
Adv-Ghatna-Darta-Htd7-1705218069.jpg
Ghatna-Darta-Notice-Htd-1-1665992031.jpg
1.Cancer-PSA-1715613167.jpg
बागमतीमा कांग्रेसका ६ मन्त्रीले पाए जिम्मेवारी, एक अझै बिना विभागीय
Screenshot_20240727_11485-1722060248.jpg

१२ साउन, हेटौंडा । बागमती प्रदेशमा नेपाली कांग्रेसका तर्फबाट ६ मन्त्रीले जिम्मेवारी पाएका छन् । एकजना भने अझै...

डुबेर एक बालकको मृत्यु
pokhari_ma_duber164490244-1722049183.jpg

१२ साउन, हेटौंडा । बुटवलको  तिनाउ नदीमा डुबेर एक बालकको मृत्यु भएको छ । मृत्यु हुनेमा बागलुङको बरेङका १२ वर्षीय...

हल्कादेखि मध्यम वर्षाको सम्भावना
16655388081665538808-1722048246.jpg

१२ साउन, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास अवस्थित...

कोशीमा माओवादीका मन्त्रीहरुले राजीनामा दिए
koshi-pradesh-1721999612.jpg

११ साउन, हेटौंडा । कोशीमा नेकपा माओवादी केन्द्र मन्त्रीहरुले राजीनामा दिएका छन् । कोशी प्रदेश सरकारलाई दिएको...

राष्ट्र बैंकद्वारा चालु मौद्रिक नीति सार्वजनिक
Nepal-Rastra-Bank-970x500-1721981329.jpg

११ साउन, हेटौंडा । नेपाल राष्ट्र बैंकले चालु आर्थिक वर्ष २०८१/८२ को मौद्रिक नीति सार्वजनिक गरेको छ । नेपाल...

सौर्यको विमान दुर्घटनामा उद्धारमा खटिएका ५ पुरस्कृत
Screenshot_20240726_13433-1721980718.jpg

११ साउन, हेटौंडा । सौर्य एयरलाइन्सको विमान दुर्घटना भएलगत्तै खोज तथा उद्धारमा खटिएका ५ प्रहरी अधिकारी पुरस्कृत...

नेपाली बजारमा सुनचाँदीको मूल्य घट्यो
Gold-1721978858.jpg

११ साउन, हेटौंडा । नेपाली बजारमा सुनचाँदीको मूल्य घटेको छ । आज सुन प्रतितोला ३०० रुपैयाँ घटेको हो । छापावाल सुन...

संक्रमणकालीन न्यायसम्बन्धी कार्यदलको बैठक सोमबार पुनः बस्ने
trc-1721978210.jpg

११ साउन, हेटौंडा । संक्रमणकालीन न्यायसम्बन्धी कार्यदलको बैठकले सरोकारवालासँग थप छलफल गर्ने भएको छ । शुक्रबार...

राष्ट्र बैंकले शुक्रबार मौद्रिक नीति सार्वजनिक गर्ने
Nepal-Rastra-Bank-970x500-1721958938.jpg

११ साउन, हेटौंडा । नेपाल राष्ट्र बैंकले शुक्रबार मौद्रिक नीति सार्वजनिक गर्ने भएको छ । राष्ट्र बैंकले बोर्ड बैठक...

थप समाचार