Email :- prastakhabar@gmail.com
900x100-1779113053.gif

राजनीति

स्थानीय निर्वाचनमा हेटौंडामा उम्मेदवार बनेका २८५ जनालाई आयोगको जरिवाना(नाम सहित)

09-46-04-1646052275_Elect-1663682412.jpg

४ असोज,हेटौंडा। यही बैशाख ३० मा सम्पन्न स्थानीय तह सदस्य निर्वाचन-२०७९ मा हेटौंडा उपमहानगरको उम्मेदवार  बनेका २८५ उम्मेदवारलाई निर्वाचन आयोगले जरिवाना तोकेको छ। 
वैशाखमा सम्पन्न स्थानीय तहको निर्वाचनमा उम्मेदवारी दिएर खर्चको विवरण नबुझाउने हेटौंडा उपमहानगरपालिकाका २ सय ८५ जना उम्मेदवारलाई निर्वाचन आयोगले जरिवाना तोकेको छ ।
निर्वाचन आयोग ऐन, २०७३ को दफा २५ को उपदफा १ र स्थानीय तह निर्वाचन ऐन, २०७३ को दफा ६४ (४) अनुसार उम्मेदवारले निर्वाचनको अन्तिम नतिजा सार्वजनिक भएको मितिले ३० दिनभित्र निवार्चन खर्च विबरण पेश गर्नुपर्ने कानुनी व्यवस्था छ । तर उम्मेदवारले चुनावमा भएको खर्च विबरण नबुझाउने र चित्तबुझ्दो स्पष्टिकरण पेश नगर्ने उम्मेदवारलाई आयोगले जरिवाना तिर्न भनेको  हो ।
निर्वाचन आयोगले आफ्नो आधिकारिक पोर्टलमा सुचना तथा उम्मेदवारको नामावली प्रकाशन गर्ने प्रमुख र उपप्रमुखमा उम्मेदवारी दिएकालाई ५ लाख ५० हजार र वडाध्यक्ष तथा सदस्यलाई जनही २ लाख ५० हजार जरिवाना तिर्न तोकिएको छ।
निर्वाचन सम्पन्न भएर ३५ दिन पुग्दा सम्म स्थानीय तह सदस्य निर्वाचनमा उम्मेदवार बनेका हेटौंडाका अधिकांशले उम्मेदवारले निर्वाचन खर्च बिवरण बुझाएका थिएनन्। खर्च बिवरण नबुझाउने उम्मेदवारलाई आयोगले स्पष्टिकरण माग गरेको थियो । 

चित्तबुझ्दो र सन्तोषजनक स्पष्टिकरण नबुझाउने सबैलाई  निर्वाचन आयोग ऐन २०७३ को दफा २६ को उपदफा (१) बमोजिम खर्चको विवरण पेस नगर्ने उम्मेदवारलाई कारबाही स्वरुप जरिवाना बुझाउन भनेको हो।नगरप्रमुख उप प्रमुख तथा वडाध्यक्ष तथा सदस्यमा निर्वाचित तथा पराजित अधिकांशले खर्च बिवरण नबुझाउदा जरिवाना तिर्न बाध्य बनेका हुन्।

Screenshot_20220920-19373-1663682414.jpg
Screenshot_20220920-19333-1663682477.jpg
Screenshot_20220920-19335-1663682478.jpg
Screenshot_20220920-19340-1663682597.jpg
Screenshot_20220920-19343-1663682759.jpg
Screenshot_20220920-19351-1663682822.jpg
Screenshot_20220920-19342-1663682910.jpg

समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Notice-Makwa-1711432400.jpg
Bhu-Tatha-Jalaadhaar-Makw-1782566927.jpg

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
बानियाँले गरे केन्द्रीय सदस्यमा उम्मेदवारी घोषणा

२० असोज, हेटौंडा । नेपाली कांग्रेस बागमती प्रदेशका निवर्तमान मुख्यमन्त्री एवं कांग्रेस बागमतीका सभापति...

बानियाँले गरे केन्द्रीय सदस्यमा उम्मेदवारी घोषणा
Baniya-1791268438.jpg

२० असोज, हेटौंडा । नेपाली कांग्रेस बागमती प्रदेशका निवर्तमान मुख्यमन्त्री एवं कांग्रेस बागमतीका सभापति...

न्याय परिषद् बैठक आज बस्दै
nyaya-parishad-1791248772.jpg

२० असोज, हेटौंडा । प्रधानन्यायाधीश मनोजकुमार शर्माले न्याय परिषद् बैठक बोलाएका छन् । बैठक आज मंगलबार दिउँसो १...

जेनजी प्रदर्शनकारीका मुद्दा फिर्ता लिने तयारी
Screenshot_20261006_06464-1791248512.jpg

२० असोज, हेटौंडा । सरकारले जेनजी प्रदर्शनकारीहरूलाई लगाएको फौजदारी मुद्दा फिर्ता लिनेबारे अध्ययन गर्न गठित...

पुनर्निर्माणमा सहयोग गर्ने विश्व बैंकको प्रतिबद्धता
wagle-banga-1791247696-1791248152.jpg

२० असोज, हेटौंडा । अर्थमन्त्री डा. स्वर्णिम वाग्ले र विश्व बैंक समूहका अध्यक्ष अजय बांगाबीच उच्चस्तरीय...

सशस्त्रका एआईजी दाहाल निलम्बित
APf-1791247610.jpg

२० असोज, हेटौंडा । गृह मन्त्रालयले संवेदनशील सुरक्षा सूचना चुहावट गरेको आरोपमा सशस्त्र प्रहरी बलका अतिरिक्त...

कांग्रेस महाधिवेशन: आज उम्मेदवारी दर्ता
Screenshot_20261005_07315-1791247056.jpg

२० असोज, हेटौंडा । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत तेस्रो दिन आज मंगलबार नयाँ केन्द्रीय कार्यसमिति...

एक-दुई स्थानमा हल्का वर्षाको सम्भावना
rain-weather-1791246640.jpg

२० असोज, हेटौंडा । कर्णाली र सुदूरपश्चिम प्रदेशको सबै भू-भाग, गण्डकी र लुम्बिनी प्रदेशको पश्चिमी भू-भागमा पश्चिमी...

मोटरसाइकल रूखमा ठोक्किंदा एक जनाको मृत्यु
accident.-1791165527.jpg

१९ असोज, हेटौंडा । चितवनको इच्छाकामना  गाउँपालिका-७ सिमलढापमा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ...

थप समाचार