file photo
६ असोज, हेटौडा । नेकपा एमाले मकवानपुरले बुधबार निर्वाचन परिचालन कमिटी घोषणा गरेको छ । नेकपा एमाले केन्द्रिय निर्वाचन परिचालन कमिटीका सदस्य अनन्त पौडेलको संयोजकत्वमा ७५१ सदस्य निर्वाचन परिचालन कमिटी निर्माण गरेको हो ।
क्मिटिको सह–संयोजकमा जिल्ला अध्यक्ष एकालाल श्रेष्ठ र सचीवमा जिल्ला सचीव नवीन सिग्देल चयन भएका छन् । यसैगरी कमिटीका सदस्यहरुमा नेकपा एमालेका जिल्लाबाट प्रतिनिधित्व गर्ने प्रदेश कमिटी, जिल्ला कमिटी, जिल्लाका विभागका सदस्यहरु, भातृ सङ्गठनका केन्द्रीय सदस्य, प्रदेश कमिटी, एमालेका पालिका स्तरीय कमिटीका सदस्यहरु, जिल्ला सल्लाहकार परिषद, कम्युनिस्ट मन्च, निर्वाचित पालिका प्रमुख उप प्रमुख, जिफन्ट तथा पेशागत महासङ्घका सदस्यहरु, वडाध्यक्षहरुलगायत सदस्य रहने जनाइएको छ ।
यस्तै प्रतिनिधि सभा १ नम्बर क्षेत्रको संयोजकमा रामचन्द्र राई र सचीवमा अनिल बानियाँ लाई जिम्मेवारी दिइएको छ । त्यस्तै १ को क मा दिलबहादुर घिसिङ र सचीवमा कृष्ण प्रसाद चौलागाईं र ख को संयोजकमा रघुनाथ खुलाल र सचीवमा इन्द्र नेपाललाई एमालेले जिम्मेवारी प्रदान गरेको छ ।
यस्तै प्रतिनिधि सभा २ नम्बर क्षेत्रमा सुवास चन्द्र ठकुरी संयोजक र मेम्बर लोलाई सचीव रहनुभएको छ । २ नम्बर क्षेत्रको क मा संयोजक बलराम बल र सचीव पार्बती राना, ख मा एकराज उप्रेती संयोजक र सचिन नरेन्द्रलाल रिजाललाई तोकिएको छ ।
जिल्ला निर्वाचन परिचालन कमिटी कार्यालय, प्रतिनिधि सभाका २ वटा निर्वाचन कार्यालय र १ नम्बर क्षेत्रको ख को कार्यालय जिल्ला पार्टी कार्यालयमा, १ को क को कार्यालय बकैया, २ को क को थाहामा र ख को कार्यालय मनहरीमा राखिने बताईएको छ ।
२४ मंसिर, काठमाडौं । दुबईमा जारी यू-१९ एसिया कपमा नेपाल अफगानिस्तानसँग ७३ रनले पराजित भएको छ । अफगानिस्तानले...
२४ मङ्सिर, हेटौँडा । बागमती प्रदेशका प्रदेश प्रमुख यादवचन्द्र शर्मा अस्वस्थ भई अस्पतालमा भर्ना भएका छन्...
२४ मंसिर, काठमाडौं । साउथ अफ्रिका भनेर १७ लाख रुपैयाँ ठगी गर्ने एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा झापाको...
२४ मंसिर, काठमाडौं । नक्कली शैक्षिक प्रमाणपत्र पेश गरी सरकारी सेवामा प्रवेश गरेको आरोपमा राष्ट्रिय अनुसन्धान...
२४ मंसिर, काठमाडौं । कतार भ्रमणमा रहेका नेपालका परराष्ट्रमन्त्री एनपी साउद र कतारी विदेश राज्यमन्त्री डा....
२४ मंसिर, काठमाडौं । उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठ अस्पतालबाट डिस्चार्ज भएका छन् । गएको मंगलबार...
२४ मंसिर, काठमाडौं । नेपाली क्रिकेटर सन्दीप लामिछाने विरुद्धको मुद्धाको पेशी स्थगित भएको छ । मुद्धाको पेशी कानुन...
२४ मंसिर, काठमाडौं । त्रिभुवन विमानस्थल भन्सार कार्यालय र प्रहरी टोलीले शनिवार राति साढे ६ किलो सुनसहित एक...
२४ मंसिर, काठमाडौं । नेपाली बजारमा सुनचाँदीको मूल्य घटेको छ । आइतबार सुन तोलामा एक हजार ३०० रुपैयाँ घटेको नेपाल...
२० मंसिर,हेटौंडा । कान्तिलोकपथ अन्तरगत मकवानपुरको भिमफेदी-८ गगटेमा ट्रक र बस ठोक्किएर दुर्घटना हुदा...
११ मंसिर, हेटौंडा । हेटौंडा ५ स्थित एक पसलमा गएराति चोरी भएको छ । आइतबार राति हेटौंडा ५ कान्तिलोकपथ पुरानो...
१४ मंसिर, हेटौंडा । मकवानपुरगढीमा बिहीबार दिउँसो मोटरसाइकल दुर्घटना हुँदा २ जनाको मृत्यु भएको छ । मृतक एक महिला र...
२२ मंसिर,हेटौँडा । हेटौँडामा १ थान प्रस्तोल र २० राउण्ड गोलि सहित ३ जना पक्राउ परेका छन्।जिल्ला प्रहरी कार्यालय...
२३ मङ्सिर, हेटौँडा । मकवानपुर प्रहरीले शनिवार हेटौँडामा १ थान सेमि–अटोमेटिक पेस्तोल र २० थान गोलीसहित ३ जना...
११ मंसिर,हेटौंडा । मकवानपुरमा कम्मर भन्दा माथि हड्डी मात्र भएको सडेगलेको अवस्थामा शव फेला परेको छ । मकवानपुर...
१७ मंसिर,हेटौंडा । मकवानपुरमा आफै चढेको बसको ठक्करबाट घाइते भएकी एक महिलाको मृत्यु भएको छ । शनिवार साँझ चखेल...
१४ मंसिर, हेटौंडा । मकवानपुरगढीमा बिहीबार दिउँसो भएको मोटरसाइकल दुर्घटनामा मृत्यु हुने आमाछोरा रहेको खुलेको छ...
११ मंसिर,हेटौँडा । अखिल नेपाल महिला संघ मकवानपुरको अध्यक्षमा पुनः सुमित्रा काफ्ले चयन भएकी छिन् । संघ...