८ असोज,हेटौंडा । यौनिक तथा लैङ्गिक अल्पसंख्यक समूहको शनिबार हेटौंडामा सिमान्तकृत यौनिक तथा लैङ्गिक अल्पसंख्यक विषयक अन्तरक्रिया कार्यक्रमको आयोजना गरिएको छ।
ब्लु डाइमण्ड सोसाइटी मकवानपुरको आयोजनामा पत्रकारसँग यौनिक तथा लैङ्गिक अल्पसंख्यक विषयक छलफल तथा अन्तरक्रिया कार्यक्रम भएको हो ।
अन्तरक्रिया कार्यक्रममा निल हिराकी प्रिटर राईले यौनिक तथा लैङ्गिक अल्पसंख्यक व्यक्तिलाई समाजमा गलत सोचले विभिन्न तुच्छ शब्दले बोलाउने भन्दै दुख व्यक्त गरिन। पिटरले सर्वोच्च अदालतको गरेको निर्णय ऐतिहासिक भएको भन्दै नेपालको संविधान २०७२ मा धारा १२ ले लैङ्गिक पहिचान सहितको नागरिकताको अधिकार सुनिश्चित गरेकोमा हाम्रो समुदायलाई सहज भएको कुरा उल्लेख गरेका थिए।
अन्तरक्रियामा पत्रकारसँग बोल्दै उनले नेपालको राजनितिमा विभिन्न ठुला दलहरुले आफ्नो विधान तथा घोषणा पत्रका यौनिक तथा लैङ्गिक अल्पसंख्यकको बारे कहीँ कतै उल्लेख नभएकोमा दुख व्यक्त गरेकी थिइन।
सन् २०१३ मा नागरिकता र २०१५ मा राहदानीमा लिङ्गको महलमा अन्य राखी वितरण गरिएकोले हाम्रो अभियानलाई सफलता तर्फ उन्मुख रहेको र संचार जगतले आफुहरुको आवजलाई बुलन्द पार्न सहयोग गरेको बताइन।
कार्यक्रममा बोल्दै समाज मकवानपुर संयोजक किरण थापाले नेपालको राजनितिमा विभिन्न ठुला दलहरुले आफ्नो विधान तथा घोषणा पत्रका यौनिक तथा लैङ्गिक अल्पसंख्यकको बारे कहीँ कतै उल्लेख नभएकोमा दुख व्यक्त गरिन् । उनले संचारकर्मीहरुले समाचार लेख्दा वा सफलताको कथा लेख्दा शब्द चयनमा ख्याल गर्न आग्रह गरेकी छिन् ।लेख्नुपर्ने शब्द र लेख्न नहुने शब्दबारे जानकारी दिदैं राईले यौनिक तथा लैङ्गिक अल्पसंख्यकको मकवानपुरको अवस्थाबारे जानकारी गराइकी थिइन् ।
सरकारले आफ्नो क्षेत्रलाई समेटिएर आफ्नो विधान, घोषणा पत्रमा यी विषय समेट्न आग्रह गरेकी छन् । देश निर्माणमा हाम्रो पनि भूमिका रहेकाले हाम्रो क्षेत्रलाई पनि रोजगार, गाँसबाँस कपास, स्वास्थ्य र शिक्षामा अवसरका साथै संरक्षणमा ध्यान दिन आग्रह गरेकी छिन्।उनले मकवानपुरका खुलेर आउनेको संख्या पाँच हजार पुगेको बताइन् ।
सुरुवाती अवस्था र अहिलेको अवस्थामा हामीलाई हरेक स्थान र परिवेशमा हेर्ने दृष्टिकोण फरक रहनुका साथै मानिसहरुको स्वभाव परिवर्तन नभएको बताइन् ।कार्यक्रममा पत्रकार महासंघ मकवानपुर अध्यक्ष मणिराज गौतम,कोषाध्यक्ष केशव समर्पण सुवेदी,निवर्तमान अध्यक्ष हरि हुमागाई, प्रेस युनियन मकवानपुर अध्यक्ष कुमार अधिकारी लगायत विभिन्न संचारगृहमा आवद्ध पत्रकारको सहभागिता रहेको थियो।
२० असोज, हेटौंडा । नेपाली कांग्रेस बागमती प्रदेशका निवर्तमान मुख्यमन्त्री एवं कांग्रेस बागमतीका सभापति...
२० असोज, हेटौंडा । नेपाली कांग्रेस बागमती प्रदेशका निवर्तमान मुख्यमन्त्री एवं कांग्रेस बागमतीका सभापति...
२० असोज, हेटौंडा । प्रधानन्यायाधीश मनोजकुमार शर्माले न्याय परिषद् बैठक बोलाएका छन् । बैठक आज मंगलबार दिउँसो १...
२० असोज, हेटौंडा । सरकारले जेनजी प्रदर्शनकारीहरूलाई लगाएको फौजदारी मुद्दा फिर्ता लिनेबारे अध्ययन गर्न गठित...
२० असोज, हेटौंडा । अर्थमन्त्री डा. स्वर्णिम वाग्ले र विश्व बैंक समूहका अध्यक्ष अजय बांगाबीच उच्चस्तरीय...
२० असोज, हेटौंडा । गृह मन्त्रालयले संवेदनशील सुरक्षा सूचना चुहावट गरेको आरोपमा सशस्त्र प्रहरी बलका अतिरिक्त...
२० असोज, हेटौंडा । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत तेस्रो दिन आज मंगलबार नयाँ केन्द्रीय कार्यसमिति...
२० असोज, हेटौंडा । कर्णाली र सुदूरपश्चिम प्रदेशको सबै भू-भाग, गण्डकी र लुम्बिनी प्रदेशको पश्चिमी भू-भागमा पश्चिमी...
१९ असोज, हेटौंडा । चितवनको इच्छाकामना गाउँपालिका-७ सिमलढापमा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ...
६ असोज, हेटौंडा । प्रधानमन्त्री वालेन्द्र शाह संयुक्त राष्ट्रसंघको ८१औँ महासभामा सहभागी हुन अमेरिका प्रस्थान...
८ असोज, हेटौंडा । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) को सातवटै प्रदेशको अधिवेशन हुँदैछ । राप्रपाले असोज २१...
१० असोज, हेटौंडा । हेटाैडा-६ चाैघडामा रहेकाे चाैघडा बचत तथा ऋण सहकारी संस्थाकाे अध्यक्षमा पुन: विजयकुमार श्रेष्ठ...
८ असोज, हेटौंडा । प्रतिनिधिसभा र राष्ट्रियसभाको बैठक आज बस्दै छ । सिंहदरबारमा बिहान ११ बजे बस्ने प्रतिनिधिसभाको...
८ असोज, हेटौंडा । हाल देशभर मनसुनी वायुको साथै पश्चिमी वायुको पनि आंशिक प्रभाव रहेको छ । साथै बङ्गालको खाडीको...
१३ असोज, हेटौंडा । मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई तीन दिन थुनामा राखेर अनुसन्धान गर्न काठमाडाैँ जिल्ला...
१५ असोज, हेटौंडा । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले खानेपानी, सिँचाइ तथा ऊर्जा विकास कार्यालय, मुगुका...
७ असोज, हेटौंडा । प्रधानमन्त्री बालेन्द्र साह संयुक्त राष्ट्रसङ्घको महासभामा सहभागी हुन संयुक्त राज्य अमेरिका...
११ असोज, हेटौंडा । पूर्व प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरालाई प्रहरीले पक्राउ गरेको छ । प्रहरीले उनलाई...

















