Email :- prastakhabar@gmail.com
Ghatna-Darta-Adv-Manahari-1719378115.jpg

समाज

'ढुक्क भएर दशैं मनाउनुस, मकवानपुर प्रहरी साथमा छ'

दशैमा ५७६ प्रहरी परिचालन, बसमा प्रहरी गस्ती

20210926033620_IMG_1844-1664196705.JPG

सुरक्षा योजना बारे जानकारी दिदै एसपी गौतम

१० असोज, हेटौंडा । जिल्ला प्रहरी कार्यलय मकवानपुरले दशैको अवसरमा २४ सै घण्टा परिचालन हने र यात्रु बसमा प्रहरी गस्तीको टोली खटिने जनाउदै ढुक्क भएर चाडपर्व मनाउन भनेको छ।

जिल्ला प्रहरी कार्यालय मकवानपुरमा सोमबार चाडपर्व लक्षित सुरक्षा योजना सार्वजनिक कार्यक्रममा मकवानपुरका प्रहरी उपरीक्षक बामदेव गौतमले यसो बताएका हुन। 
प्रहरीले सार्वजनिक गरेको सुरक्षा योजना अनुसार चाडपर्वको समयमा मकवानपुरमा २४ घण्टै प्रहरी परिचालन हुने भएको छ । 
सोमबार पत्रकारहरुसँग कुरा गर्दै जिल्ला प्रहरी कार्यलय मकवानपुरका प्रहरी प्रमुख (प्रहरी उपरीक्षक) बामदेव गौतमले चाडपर्व सुरु भए लगत्तै प्रहरी परिचालनमा कडाई गरिने जानकारी दिए। उनले चाडपर्वको समयमा प्रहरी कर्मचारीलाई विदा नदिएको र विदामा रहेकालाई समेत फिर्ता बोलाएको बताएका छन्।
प्रहरी उपरीक्षक गौतमले सादा पोशाक, मोवाइल गस्ती, चेकिङ, साइकल गस्ती लगायतका कार्यलाई परिचालन गरिने बताए । जिल्लाबासीको सुरक्षाका लागि मकवानपुरमा ५७६ जना प्रहरी परिचालन हुने बताए। 
"जिल्लाको चारैक्षेत्रको नाकामा र जिल्ला भित्र रहेका ६२ वटै प्रहरी युनिटबाट पैदल, साइकल मोटरसाइकल मार्फत टोली परिचालन गरिनेछ"- पत्रकार सम्मेलनमा प्रहरी उपरीक्षक गौतमले भने 
आम नागरिकलाई सुरक्षा प्रत्याभूति दिनका लागि रातदिन खटिने र सुरक्षित वातावरणमा चाड मनाउने अवस्था सृजना गर्ने उनले बताएका छन्। 

सुरक्षा योजना सार्वजनिक कार्यक्रममा जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी निरीक्षक चुडा कुमारी खड्का,रामचन्द्र घिमिरे,वडा प्रहरी कार्यालयका प्रमुख प्रहरी निरीक्षक केशर कुमार न्यौपाने,इलाका प्रहरी कार्यालय पशुपतिनगरका प्रहरी निरीक्षक सुमन बाँनिया लगायत पत्रकार महासंघ मकवानपुर अध्यक्ष मणिराज गौतम सहित मकवानपुरका विभिन्न संचारगृहका कार्यरत पत्रकारहरुको उपस्थिती रहेको थियो।


समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Adv-Kailash-1686118720.jpg
sanchar-rajitra-add-final-1711344560.gif
Ghatna-Darta-Notice-Makwa-1711432400.jpg

Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
Adv-Ghatna-Darta-Htd7-1705218069.jpg
Ghatna-Darta-Notice-Htd-1-1665992031.jpg
1.Cancer-PSA-1715613167.jpg
कोशीमा माओवादीका मन्त्रीहरुले राजीनामा दिए
koshi-pradesh-1721999612.jpg

११ साउन, हेटौंडा । कोशीमा नेकपा माओवादी केन्द्र मन्त्रीहरुले राजीनामा दिएका छन् । कोशी प्रदेश सरकारलाई दिएको...

राष्ट्र बैंकद्वारा चालु मौद्रिक नीति सार्वजनिक
Nepal-Rastra-Bank-970x500-1721981329.jpg

११ साउन, हेटौंडा । नेपाल राष्ट्र बैंकले चालु आर्थिक वर्ष २०८१/८२ को मौद्रिक नीति सार्वजनिक गरेको छ । नेपाल...

सौर्यको विमान दुर्घटनामा उद्धारमा खटिएका ५ पुरस्कृत
Screenshot_20240726_13433-1721980718.jpg

११ साउन, हेटौंडा । सौर्य एयरलाइन्सको विमान दुर्घटना भएलगत्तै खोज तथा उद्धारमा खटिएका ५ प्रहरी अधिकारी पुरस्कृत...

नेपाली बजारमा सुनचाँदीको मूल्य घट्यो
Gold-1721978858.jpg

११ साउन, हेटौंडा । नेपाली बजारमा सुनचाँदीको मूल्य घटेको छ । आज सुन प्रतितोला ३०० रुपैयाँ घटेको हो । छापावाल सुन...

संक्रमणकालीन न्यायसम्बन्धी कार्यदलको बैठक सोमबार पुनः बस्ने
trc-1721978210.jpg

११ साउन, हेटौंडा । संक्रमणकालीन न्यायसम्बन्धी कार्यदलको बैठकले सरोकारवालासँग थप छलफल गर्ने भएको छ । शुक्रबार...

राष्ट्र बैंकले शुक्रबार मौद्रिक नीति सार्वजनिक गर्ने
Nepal-Rastra-Bank-970x500-1721958938.jpg

११ साउन, हेटौंडा । नेपाल राष्ट्र बैंकले शुक्रबार मौद्रिक नीति सार्वजनिक गर्ने भएको छ । राष्ट्र बैंकले बोर्ड बैठक...

योजना आयोगको उपाध्यक्षमा अधिकारी नियुक्त
Screenshot_20240726_07210-1721957778.jpg

११ साउन, हेटौंडा । सरकारले राष्ट्रिय योजना आयोगमा पदाधिकारी नियुक्त गरेको छ। बिहीबार बसेको मन्त्रिपरिषद्...

हल्कादेखि मध्यम वर्षाको सम्भावना
bbf45bd431c201febcfc00aae-1721957257.jpg

११ साउन, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास अवस्थित...

बागमतीमा मन्त्रिपरिषद् विस्तार, तामाङले पाए आर्थिक मामिला
prabhat-tamang_ehPCxG9Npd-1721909449.png

१० साउन, हेटौंडा । बागमती प्रदेशमा मन्त्रीपरिषद विस्तार भएको छ । मूख्यमन्त्री बहादुरसिं लामाले कांग्रेसका...

थप समाचार