सुरक्षा योजना बारे जानकारी दिदै एसपी गौतम
१० असोज, हेटौंडा । जिल्ला प्रहरी कार्यलय मकवानपुरले दशैको अवसरमा २४ सै घण्टा परिचालन हने र यात्रु बसमा प्रहरी गस्तीको टोली खटिने जनाउदै ढुक्क भएर चाडपर्व मनाउन भनेको छ।
जिल्ला प्रहरी कार्यालय मकवानपुरमा सोमबार चाडपर्व लक्षित सुरक्षा योजना सार्वजनिक कार्यक्रममा मकवानपुरका प्रहरी उपरीक्षक बामदेव गौतमले यसो बताएका हुन।
प्रहरीले सार्वजनिक गरेको सुरक्षा योजना अनुसार चाडपर्वको समयमा मकवानपुरमा २४ घण्टै प्रहरी परिचालन हुने भएको छ ।
सोमबार पत्रकारहरुसँग कुरा गर्दै जिल्ला प्रहरी कार्यलय मकवानपुरका प्रहरी प्रमुख (प्रहरी उपरीक्षक) बामदेव गौतमले चाडपर्व सुरु भए लगत्तै प्रहरी परिचालनमा कडाई गरिने जानकारी दिए। उनले चाडपर्वको समयमा प्रहरी कर्मचारीलाई विदा नदिएको र विदामा रहेकालाई समेत फिर्ता बोलाएको बताएका छन्।
प्रहरी उपरीक्षक गौतमले सादा पोशाक, मोवाइल गस्ती, चेकिङ, साइकल गस्ती लगायतका कार्यलाई परिचालन गरिने बताए । जिल्लाबासीको सुरक्षाका लागि मकवानपुरमा ५७६ जना प्रहरी परिचालन हुने बताए।
"जिल्लाको चारैक्षेत्रको नाकामा र जिल्ला भित्र रहेका ६२ वटै प्रहरी युनिटबाट पैदल, साइकल मोटरसाइकल मार्फत टोली परिचालन गरिनेछ"- पत्रकार सम्मेलनमा प्रहरी उपरीक्षक गौतमले भने
आम नागरिकलाई सुरक्षा प्रत्याभूति दिनका लागि रातदिन खटिने र सुरक्षित वातावरणमा चाड मनाउने अवस्था सृजना गर्ने उनले बताएका छन्।
सुरक्षा योजना सार्वजनिक कार्यक्रममा जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी निरीक्षक चुडा कुमारी खड्का,रामचन्द्र घिमिरे,वडा प्रहरी कार्यालयका प्रमुख प्रहरी निरीक्षक केशर कुमार न्यौपाने,इलाका प्रहरी कार्यालय पशुपतिनगरका प्रहरी निरीक्षक सुमन बाँनिया लगायत पत्रकार महासंघ मकवानपुर अध्यक्ष मणिराज गौतम सहित मकवानपुरका विभिन्न संचारगृहका कार्यरत पत्रकारहरुको उपस्थिती रहेको थियो।
२० असोज, हेटौंडा । नेपाली कांग्रेस बागमती प्रदेशका निवर्तमान मुख्यमन्त्री एवं कांग्रेस बागमतीका सभापति...
२० असोज, हेटौंडा । नेपाली कांग्रेस बागमती प्रदेशका निवर्तमान मुख्यमन्त्री एवं कांग्रेस बागमतीका सभापति...
२० असोज, हेटौंडा । प्रधानन्यायाधीश मनोजकुमार शर्माले न्याय परिषद् बैठक बोलाएका छन् । बैठक आज मंगलबार दिउँसो १...
२० असोज, हेटौंडा । सरकारले जेनजी प्रदर्शनकारीहरूलाई लगाएको फौजदारी मुद्दा फिर्ता लिनेबारे अध्ययन गर्न गठित...
२० असोज, हेटौंडा । अर्थमन्त्री डा. स्वर्णिम वाग्ले र विश्व बैंक समूहका अध्यक्ष अजय बांगाबीच उच्चस्तरीय...
२० असोज, हेटौंडा । गृह मन्त्रालयले संवेदनशील सुरक्षा सूचना चुहावट गरेको आरोपमा सशस्त्र प्रहरी बलका अतिरिक्त...
२० असोज, हेटौंडा । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत तेस्रो दिन आज मंगलबार नयाँ केन्द्रीय कार्यसमिति...
२० असोज, हेटौंडा । कर्णाली र सुदूरपश्चिम प्रदेशको सबै भू-भाग, गण्डकी र लुम्बिनी प्रदेशको पश्चिमी भू-भागमा पश्चिमी...
१९ असोज, हेटौंडा । चितवनको इच्छाकामना गाउँपालिका-७ सिमलढापमा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ...
६ असोज, हेटौंडा । प्रधानमन्त्री वालेन्द्र शाह संयुक्त राष्ट्रसंघको ८१औँ महासभामा सहभागी हुन अमेरिका प्रस्थान...
८ असोज, हेटौंडा । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) को सातवटै प्रदेशको अधिवेशन हुँदैछ । राप्रपाले असोज २१...
१० असोज, हेटौंडा । हेटाैडा-६ चाैघडामा रहेकाे चाैघडा बचत तथा ऋण सहकारी संस्थाकाे अध्यक्षमा पुन: विजयकुमार श्रेष्ठ...
८ असोज, हेटौंडा । प्रतिनिधिसभा र राष्ट्रियसभाको बैठक आज बस्दै छ । सिंहदरबारमा बिहान ११ बजे बस्ने प्रतिनिधिसभाको...
८ असोज, हेटौंडा । हाल देशभर मनसुनी वायुको साथै पश्चिमी वायुको पनि आंशिक प्रभाव रहेको छ । साथै बङ्गालको खाडीको...
१३ असोज, हेटौंडा । मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई तीन दिन थुनामा राखेर अनुसन्धान गर्न काठमाडाैँ जिल्ला...
१५ असोज, हेटौंडा । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले खानेपानी, सिँचाइ तथा ऊर्जा विकास कार्यालय, मुगुका...
७ असोज, हेटौंडा । प्रधानमन्त्री बालेन्द्र साह संयुक्त राष्ट्रसङ्घको महासभामा सहभागी हुन संयुक्त राज्य अमेरिका...
११ असोज, हेटौंडा । पूर्व प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरालाई प्रहरीले पक्राउ गरेको छ । प्रहरीले उनलाई...
















