Email :- prastakhabar@gmail.com
900x100-1779113053.gif

राजनीति

मनिला बिष्ट एमालेमा फर्किएपछि,मनहरीमा वडा कमिटीद्वारा एमाले परित्याग

एमाले-परि-1664370619.jpg

एमाले त्याग गरेको घोषणा गर्दै एमाले नेता कार्यकर्ता

१२ असोज,हेटौंडा। मकवानपुरको मनहरी गाउँपालिकामा नेकपा एमाले मकवानपुर जिल्ला सदस्य सहित सिङ्गो वडा कमिटी सदस्यले एमाले परित्याग गरेका छन्।गत कार्यकालमा मनहरी गाउँपालिका उपाध्यक्षमा निर्वाचित नेकपा एकीकृत समाजवादी मकवानपुर जिल्ला सचिवालय सदस्य मनिला बिष्ट  सोमबार पुन नेकपा एमालेमा फर्किएपछि असन्तुष्ट बनेको वडा नम्बर ५ वडा कमिटीका पदाधिकारीले एमाले त्यागेका हुन् ।
पार्टीभित्र ‘अराजक’ व्यक्ति भित्रिएको भन्दै ५ नम्बर वडा कमिटी नै भंग गरिएको छ भने जिल्ला कमिटीका सदस्य शुभराज थिङसहित ६५ जनाले हस्ताक्षर गरी नेकपा एमाले परित्यागको घोषणा गरेका हुन। 

निवर्तमान ५ नम्बर वडाध्यक्ष समेत रहेका जिल्ला कमिटी सदस्य शुभराज थिङ, गाउँ कमिटी उपाध्यक्ष मोहनलाल थिङ, गाउँ कमिटी सचिवालय सदस्य तथा निवर्तमान कार्यपालिका सदस्य पम्फा रोक्का, ५ नं वडा सह इन्चार्ज बुद्धिराम मुक्तान, ५ नं वडा कमिटी अध्यक्ष सोमनाथ रुम्बा,उपाध्यक्ष बलराम बस्नेत लगायतले एमाले त्यागेका हुन।
छलफल नै नगरी हिजो पार्टी त्यागेकी आज स्थानीय तह सदस्य निर्वाचनमा चुनाव हारेका हारेकालागि पार्टीमा प्रवेश गराएको असन्तुष्टी जनाउदै सिङ्गो वडा कमिटीले राजीनामा दिएको वडाध्यक्ष रुम्बाले जनाएका छन्। 

सोमबार मनिला  बिष्टसहित अनेरास्ववियुका नेता गोविन्द वर्ताैला, बालमुकुन्द ढकाल, बासु पौडेल, अप्सरा ढुंगाना लगायतका समाजवादीका नेताहरुलाई पूर्व मुख्यमन्त्री डोरमणि पौडेलको सहजीकरणमा एमाले प्रवेश फोटो र समाचार सार्वजनिक भएको थियो । 
तत्कालीन गाउँपालिका उपाध्यक्ष हुँदा बिष्टले वडाध्यक्षहरुसँग झगडा गरेको, अध्यक्षलाई असहयोग गरेको, कार्य अबधि २ बर्ष बाँकी हुँदा नै पदबाट राजीनामा दिएको र पछि अदालतले परमादेश जारी गरी राजीनामा खारेज गरिदिएको थियो भने नेकपा एमाले विभाजनपछि उनले नेकपा एस रोजेकी थिइन।बिष्ट गत बैशाखमा सम्पन्न स्थानीय तह सदस्य निर्वाचनमा मनहरी अध्यक्षमा गठबन्धनका उम्मेदवारसँग लज्जापद हार बेहोर्न  बाध्य भएकी थिइन।

FB_IMG_1664371118178-1664371197.jpg

बिष्ट सहित एमाले फर्किएको सार्वजनिक फोटो


समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Notice-Makwa-1711432400.jpg
Bhu-Tatha-Jalaadhaar-Makw-1782566927.jpg

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
बानियाँले गरे केन्द्रीय सदस्यमा उम्मेदवारी घोषणा

२० असोज, हेटौंडा । नेपाली कांग्रेस बागमती प्रदेशका निवर्तमान मुख्यमन्त्री एवं कांग्रेस बागमतीका सभापति...

बानियाँले गरे केन्द्रीय सदस्यमा उम्मेदवारी घोषणा
Baniya-1791268438.jpg

२० असोज, हेटौंडा । नेपाली कांग्रेस बागमती प्रदेशका निवर्तमान मुख्यमन्त्री एवं कांग्रेस बागमतीका सभापति...

न्याय परिषद् बैठक आज बस्दै
nyaya-parishad-1791248772.jpg

२० असोज, हेटौंडा । प्रधानन्यायाधीश मनोजकुमार शर्माले न्याय परिषद् बैठक बोलाएका छन् । बैठक आज मंगलबार दिउँसो १...

जेनजी प्रदर्शनकारीका मुद्दा फिर्ता लिने तयारी
Screenshot_20261006_06464-1791248512.jpg

२० असोज, हेटौंडा । सरकारले जेनजी प्रदर्शनकारीहरूलाई लगाएको फौजदारी मुद्दा फिर्ता लिनेबारे अध्ययन गर्न गठित...

पुनर्निर्माणमा सहयोग गर्ने विश्व बैंकको प्रतिबद्धता
wagle-banga-1791247696-1791248152.jpg

२० असोज, हेटौंडा । अर्थमन्त्री डा. स्वर्णिम वाग्ले र विश्व बैंक समूहका अध्यक्ष अजय बांगाबीच उच्चस्तरीय...

सशस्त्रका एआईजी दाहाल निलम्बित
APf-1791247610.jpg

२० असोज, हेटौंडा । गृह मन्त्रालयले संवेदनशील सुरक्षा सूचना चुहावट गरेको आरोपमा सशस्त्र प्रहरी बलका अतिरिक्त...

कांग्रेस महाधिवेशन: आज उम्मेदवारी दर्ता
Screenshot_20261005_07315-1791247056.jpg

२० असोज, हेटौंडा । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत तेस्रो दिन आज मंगलबार नयाँ केन्द्रीय कार्यसमिति...

एक-दुई स्थानमा हल्का वर्षाको सम्भावना
rain-weather-1791246640.jpg

२० असोज, हेटौंडा । कर्णाली र सुदूरपश्चिम प्रदेशको सबै भू-भाग, गण्डकी र लुम्बिनी प्रदेशको पश्चिमी भू-भागमा पश्चिमी...

मोटरसाइकल रूखमा ठोक्किंदा एक जनाको मृत्यु
accident.-1791165527.jpg

१९ असोज, हेटौंडा । चितवनको इच्छाकामना  गाउँपालिका-७ सिमलढापमा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ...

थप समाचार