१५ असोज, हेटौंडा । बागमती प्रदेशमा दुर्घटना न्यूनीकरणका लागि टाइम कार्ड लागू गरिएको छ । चाडपर्व नजिकिएसंगै सडकमा सवारी साधनको अत्याधिक चाप बढ्ने, तीव्र्र गतिमा सवारी चलाउने तथा सवारी नियमको उल्लंघन बढ्ने अवस्थालाई मध्यनजर गर्दै बागमती प्रदेश प्रहरी कार्यालयले टाइम कार्ड लागू गरेको हो ।
सवारी दुर्घटनालाई न्यूनीकरण तथा सवारीको गति नियन्त्रणका लागि बागमती प्रदेश अन्तर्गतका प्रमुख राजमार्गहरुमा टाइम कार्ड लागू गरिएको हो । सिन्धुली जिल्ला हुँदै जाने वीपी राजमार्ग स्थित भिमानदेखि नेपालथोक दुम्जासम्ममा पहिले देखि नै टाइमकार्ड लागू भएकोमा चाडपर्वलाई लक्षित गरी मकवानपुर, चितवन, धादिङ र काभ्रे जिल्लाका प्रमुख राजमार्गमा सम्बन्धित जिल्लाको जिल्ला सुरक्षा समितिको निर्णय गराई शुक्रबारदेखि टाइम कार्ड लागू गरिएको हो ।
मुग्लिङ नारायणगढ खण्ड, पूर्वपश्चिम राजमार्गको चुरियामाई हेटौंडादेखि चितवनसम्म, पृथ्वी राजमार्गको खानीखोला धादिङदेखि मझिमटारसम्म, अरनिको राजमार्गको धुलिखेल दोलालघाटसम्म र वीपी राजमार्गको मंगलटारदेखि काभ्रेमञ्ज्याङ सम्म टाइम कार्ड लागू गरिएको बागमती प्रदेश प्रहरी कार्यालय हेटौंडाका प्रमुख (प्रहरी नायब महानिरीक्षक) किरण बज्राचार्यले जानकारी दिइन् ।
टाइम कार्ड लागू गरिएका राजमार्गमा निश्चित दुरी र समय मिलाई सवारी आवागमनको व्यवस्था मिलाइएको प्रदेश प्रहरी कार्यालयका प्रवक्ता प्रहरी बरिष्ठ उपरीक्षक दीपक रेग्मीले जानकारी दिए । उनका अनुसार टाइम कार्डको पालना नगर्ने सवारी तथा चालकलाई कारबाही गरिनेछ । चाडपर्वको समयमा प्रत्येक बर्ष दुर्घटना बढ्ने गरेको छ । दुर्घटना न्यूनीकरणका लागि भन्दै प्रदेश प्रहरी कार्यालयले टाइम कार्ड लागू गरेको हो ।
२० असोज, हेटौंडा । नेपाली कांग्रेस बागमती प्रदेशका निवर्तमान मुख्यमन्त्री एवं कांग्रेस बागमतीका सभापति...
२० असोज, हेटौंडा । नेपाली कांग्रेस बागमती प्रदेशका निवर्तमान मुख्यमन्त्री एवं कांग्रेस बागमतीका सभापति...
२० असोज, हेटौंडा । प्रधानन्यायाधीश मनोजकुमार शर्माले न्याय परिषद् बैठक बोलाएका छन् । बैठक आज मंगलबार दिउँसो १...
२० असोज, हेटौंडा । सरकारले जेनजी प्रदर्शनकारीहरूलाई लगाएको फौजदारी मुद्दा फिर्ता लिनेबारे अध्ययन गर्न गठित...
२० असोज, हेटौंडा । अर्थमन्त्री डा. स्वर्णिम वाग्ले र विश्व बैंक समूहका अध्यक्ष अजय बांगाबीच उच्चस्तरीय...
२० असोज, हेटौंडा । गृह मन्त्रालयले संवेदनशील सुरक्षा सूचना चुहावट गरेको आरोपमा सशस्त्र प्रहरी बलका अतिरिक्त...
२० असोज, हेटौंडा । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत तेस्रो दिन आज मंगलबार नयाँ केन्द्रीय कार्यसमिति...
२० असोज, हेटौंडा । कर्णाली र सुदूरपश्चिम प्रदेशको सबै भू-भाग, गण्डकी र लुम्बिनी प्रदेशको पश्चिमी भू-भागमा पश्चिमी...
१९ असोज, हेटौंडा । चितवनको इच्छाकामना गाउँपालिका-७ सिमलढापमा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ...
६ असोज, हेटौंडा । प्रधानमन्त्री वालेन्द्र शाह संयुक्त राष्ट्रसंघको ८१औँ महासभामा सहभागी हुन अमेरिका प्रस्थान...
८ असोज, हेटौंडा । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) को सातवटै प्रदेशको अधिवेशन हुँदैछ । राप्रपाले असोज २१...
१० असोज, हेटौंडा । हेटाैडा-६ चाैघडामा रहेकाे चाैघडा बचत तथा ऋण सहकारी संस्थाकाे अध्यक्षमा पुन: विजयकुमार श्रेष्ठ...
८ असोज, हेटौंडा । प्रतिनिधिसभा र राष्ट्रियसभाको बैठक आज बस्दै छ । सिंहदरबारमा बिहान ११ बजे बस्ने प्रतिनिधिसभाको...
८ असोज, हेटौंडा । हाल देशभर मनसुनी वायुको साथै पश्चिमी वायुको पनि आंशिक प्रभाव रहेको छ । साथै बङ्गालको खाडीको...
१३ असोज, हेटौंडा । मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई तीन दिन थुनामा राखेर अनुसन्धान गर्न काठमाडाैँ जिल्ला...
१५ असोज, हेटौंडा । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले खानेपानी, सिँचाइ तथा ऊर्जा विकास कार्यालय, मुगुका...
७ असोज, हेटौंडा । प्रधानमन्त्री बालेन्द्र साह संयुक्त राष्ट्रसङ्घको महासभामा सहभागी हुन संयुक्त राज्य अमेरिका...
११ असोज, हेटौंडा । पूर्व प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरालाई प्रहरीले पक्राउ गरेको छ । प्रहरीले उनलाई...

















