Email :- prastakhabar@gmail.com
Ghatna-Darta-Notice-Makwa-1711432400.jpg

समाज

दुर्घटना न्यूनीकरण गर्न टाइम कार्ड लागू

309832474_503458255153186-1664584675.jpg

१५ असोज, हेटौंडा । बागमती प्रदेशमा दुर्घटना न्यूनीकरणका लागि टाइम कार्ड लागू गरिएको छ । चाडपर्व नजिकिएसंगै सडकमा सवारी साधनको अत्याधिक चाप बढ्ने, तीव्र्र गतिमा सवारी चलाउने तथा सवारी नियमको उल्लंघन बढ्ने अवस्थालाई मध्यनजर गर्दै बागमती प्रदेश प्रहरी कार्यालयले टाइम कार्ड लागू गरेको हो । 
सवारी दुर्घटनालाई न्यूनीकरण तथा सवारीको गति नियन्त्रणका लागि बागमती प्रदेश अन्तर्गतका प्रमुख राजमार्गहरुमा टाइम कार्ड लागू गरिएको हो । सिन्धुली जिल्ला हुँदै जाने वीपी राजमार्ग स्थित भिमानदेखि नेपालथोक दुम्जासम्ममा पहिले देखि नै टाइमकार्ड लागू भएकोमा चाडपर्वलाई लक्षित गरी मकवानपुर, चितवन, धादिङ र काभ्रे जिल्लाका प्रमुख राजमार्गमा सम्बन्धित जिल्लाको जिल्ला सुरक्षा समितिको निर्णय गराई शुक्रबारदेखि टाइम कार्ड लागू गरिएको हो । 
मुग्लिङ नारायणगढ खण्ड, पूर्वपश्चिम राजमार्गको चुरियामाई हेटौंडादेखि चितवनसम्म, पृथ्वी राजमार्गको खानीखोला धादिङदेखि मझिमटारसम्म, अरनिको राजमार्गको धुलिखेल दोलालघाटसम्म र वीपी राजमार्गको मंगलटारदेखि काभ्रेमञ्ज्याङ सम्म टाइम कार्ड लागू गरिएको बागमती प्रदेश प्रहरी कार्यालय हेटौंडाका प्रमुख (प्रहरी नायब महानिरीक्षक) किरण बज्राचार्यले जानकारी दिइन् । 
टाइम कार्ड लागू गरिएका राजमार्गमा निश्चित दुरी र समय मिलाई सवारी आवागमनको व्यवस्था मिलाइएको प्रदेश प्रहरी कार्यालयका प्रवक्ता प्रहरी बरिष्ठ उपरीक्षक दीपक रेग्मीले जानकारी दिए । उनका अनुसार टाइम कार्डको पालना नगर्ने सवारी तथा चालकलाई कारबाही गरिनेछ । चाडपर्वको समयमा प्रत्येक बर्ष दुर्घटना बढ्ने गरेको छ । दुर्घटना न्यूनीकरणका लागि भन्दै प्रदेश प्रहरी कार्यालयले टाइम कार्ड लागू गरेको हो ।
 


समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Adv-Kailash-1686118720.jpg
sanchar-rajitra-add-final-1711344560.gif

Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
Adv-Ghatna-Darta-Htd7-1705218069.jpg
Ghatna-Darta-Notice-Htd-1-1665992031.jpg
आइतबारदेखि सात जिल्लामा हात्तीपाइलेविरुद्धको औषधि खुवाइने
Screenshot_20240426_16153-1714127447.jpg

१४ बैशाख, काठमाडौं । बैशाख १६ गतेदेखि सात जिल्लामा हात्तीपाइलेविरुद्धको औषधि खुवाइने भएको छ । झापा, धनुषा,...

प्रधानमन्त्री दाहाल र एडिबी उपाध्यक्ष याङबीच शिष्टाचार भेट
PM_ADB-1714125684.jpg

१४ बैशाख, काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल र एसियाली विकास बैंकका उपाध्यक्ष इङमिङ याङबीच शिष्टाचार भेट...

चीनसंग बोनम्यारो प्रत्यारोपण सेवासहित २ वटा सम्झौता
Screenshot_20240426_15324-1714125194.jpg

१४ बैशाख, काठमाडौं । नेपाल र चीनबीच शुक्रबार दुई महत्त्वपूर्ण सम्झौतामा हस्ताक्षर भएको छ । अर्थ मन्त्रालयमा...

एक किलो ८ सय ग्राम सुन र डेढ करोड नगदसहित ७ जना पक्राउ
Screenshot_20240426_15142-1714123790.jpg

१४ बैशाख, हेटौंडा । काठमाडौँको न्युरोडबाट एक किलो ८ सय ग्राम सुन र डेढ करोड नगदसहित ७ जना पक्राउ परेका छन् । पक्राउ...

कक्षा १२ को परीक्षा आजदेखि शुरु
Exam-bord-1-1714095612.jpg

१४ बैशाख, हेटौंडा ।  कक्षा १२ परीक्षा आजदेखि देशभर एकैसाथ शुरु भएको छ । बैशाख २६ गतेसम्म बिहान ८ बजेदेखि ११...

बागमतीमा छिटपुटदेखि हल्का वर्षाको सम्भावना
bbf45bd431c201febcfc00aae-1714094820.jpg

१४ बैशाख, हेटौंडा । हाल नेपालमा पश्चिमी वायु र स्थानीय वायुको आंशिक प्रभाव रहेको छ । गण्डकी, कर्णाली र...

बागमती प्रदेशमा ४६ जना औलोका रोगी
Bagmati-pradeshh-1714092592.jpg

१४ बैशाख, हेटौंडा । बागमती प्रदेशमा हाल ४६ जना औलोको रोगी रहेको जानकारी दिइएको छ । विश्व औलो दिवस २०८१ को अवसरमा...

रौतहट बमकाण्डका आरोपित आलमसहित चार जनालाई जन्मकैद
alamp-1714092451.jpg

१४ बैशाख, हेटौंडा । रौतहटको राजपुर बमकाण्डका आरोपित आलमसहित ४ जनालाई जन्मकैदको फैसला भएको छ । जिल्ला अदालत...

रोजगारी श्रृजना गर्न छलफल गर्दै उपमहानगर
Hetauda-1714092088.jpg

१४ बैशाख, हेटौंडा । नगर क्षेत्रमा रोजगारीको अभाबमा रहेका युवाहरुलाई रोजगारी श्रृजना गर्ने अभियानमा हेटौंडा...

थप समाचार