१५ असोज, हेटौंडा । समाजमा हुने विकृती एवम् विसंगती अन्त्यका लागि रात्रीकालीन गस्ती गर्ने हेटौंडा–९ को पुष्पाञ्जली आमा समूहलाई ९ नम्बर वडा कार्यालयले विभिन्न सामग्री सहयोग गरेको छ ।
गस्तीमा हिंड्ने महिला टोलीलाई सहयोग पु¥याउने उद्देश्यले हेटौंडा उपमहानगरपालिका–९ नम्बर वडा कार्यालयले राती हिंड्न सहज हुने ज्याकेट, जुत्ता, टर्च, सिट्ठी तथा सामान्य उपचारका लागि स्वास्थ्य सामग्री सहितको बक्स हस्तान्तरण गरेको हो ।
वडा कार्यालयले महिला समूहका लागि खरिद गरेको सामग्री हेटौंडा उपमहानगरपालिकाका मेयर मीनाकुमारी लामाले महिला समुहका अध्यक्ष कल्पना थापा मगर सहित समूहमा आवद्ध रहेका ४० जनालाई हस्तान्तरण गरेकी हुन् ।
महिला समूहले प्रत्येक रात वडा क्षेत्रमा गस्ती गर्ने गरेका छन् । महिला समूहलाई सामग्री हस्तान्तरण गर्दै मेयर लामाले समाज सुधारको लागि महिला समूहले देखाएको तत्पर्ताको प्रशंसा गरिन् । उनले उपमहानगरका सबै वडाहरुमा यस्तो अभियान चलाउन जरुरी रहेकोमा जोड दिइन् । लामो समय देखि नियमित र निरन्तर गरेको अभियानले समाज सुधारमा महत्वपूर्ण काम भएको बताइन् ।
कार्यक्रममा वडा नम्बर ९ का अध्यक्ष शुकराम केसीले आमा समूहको कामले वडामा रात्रीकालीन यात्रामा सहज भएको बताए । उनले वडामा रहेको बेतिथीलाई आमा समूहको गस्ती अभियानले रोकेको दावी गरे । सामग्री हस्तान्तरण कार्यक्रममा जिल्ला समन्वय समितिका सदस्य बीरेन्द्र लामा, सुनिता दर्नाल, वडा सदस्य कमला पौडेल, नगर स्वास्थ्य समितिका सदस्य बेगम बराल लगायतको उपस्थिती थियो ।
२० असोज, हेटौंडा । नेपाली कांग्रेस बागमती प्रदेशका निवर्तमान मुख्यमन्त्री एवं कांग्रेस बागमतीका सभापति...
२० असोज, हेटौंडा । नेपाली कांग्रेस बागमती प्रदेशका निवर्तमान मुख्यमन्त्री एवं कांग्रेस बागमतीका सभापति...
२० असोज, हेटौंडा । प्रधानन्यायाधीश मनोजकुमार शर्माले न्याय परिषद् बैठक बोलाएका छन् । बैठक आज मंगलबार दिउँसो १...
२० असोज, हेटौंडा । सरकारले जेनजी प्रदर्शनकारीहरूलाई लगाएको फौजदारी मुद्दा फिर्ता लिनेबारे अध्ययन गर्न गठित...
२० असोज, हेटौंडा । अर्थमन्त्री डा. स्वर्णिम वाग्ले र विश्व बैंक समूहका अध्यक्ष अजय बांगाबीच उच्चस्तरीय...
२० असोज, हेटौंडा । गृह मन्त्रालयले संवेदनशील सुरक्षा सूचना चुहावट गरेको आरोपमा सशस्त्र प्रहरी बलका अतिरिक्त...
२० असोज, हेटौंडा । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत तेस्रो दिन आज मंगलबार नयाँ केन्द्रीय कार्यसमिति...
२० असोज, हेटौंडा । कर्णाली र सुदूरपश्चिम प्रदेशको सबै भू-भाग, गण्डकी र लुम्बिनी प्रदेशको पश्चिमी भू-भागमा पश्चिमी...
१९ असोज, हेटौंडा । चितवनको इच्छाकामना गाउँपालिका-७ सिमलढापमा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ...
६ असोज, हेटौंडा । प्रधानमन्त्री वालेन्द्र शाह संयुक्त राष्ट्रसंघको ८१औँ महासभामा सहभागी हुन अमेरिका प्रस्थान...
८ असोज, हेटौंडा । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) को सातवटै प्रदेशको अधिवेशन हुँदैछ । राप्रपाले असोज २१...
१० असोज, हेटौंडा । हेटाैडा-६ चाैघडामा रहेकाे चाैघडा बचत तथा ऋण सहकारी संस्थाकाे अध्यक्षमा पुन: विजयकुमार श्रेष्ठ...
८ असोज, हेटौंडा । प्रतिनिधिसभा र राष्ट्रियसभाको बैठक आज बस्दै छ । सिंहदरबारमा बिहान ११ बजे बस्ने प्रतिनिधिसभाको...
८ असोज, हेटौंडा । हाल देशभर मनसुनी वायुको साथै पश्चिमी वायुको पनि आंशिक प्रभाव रहेको छ । साथै बङ्गालको खाडीको...
१३ असोज, हेटौंडा । मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई तीन दिन थुनामा राखेर अनुसन्धान गर्न काठमाडाैँ जिल्ला...
१५ असोज, हेटौंडा । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले खानेपानी, सिँचाइ तथा ऊर्जा विकास कार्यालय, मुगुका...
७ असोज, हेटौंडा । प्रधानमन्त्री बालेन्द्र साह संयुक्त राष्ट्रसङ्घको महासभामा सहभागी हुन संयुक्त राज्य अमेरिका...
११ असोज, हेटौंडा । पूर्व प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरालाई प्रहरीले पक्राउ गरेको छ । प्रहरीले उनलाई...

















