Email :- prastakhabar@gmail.com
Ghatna-Darta-Adv-Manahari-1719378115.jpg

समाज

पुष्पाञ्जली आमा समुहलाई वडा कार्यलयको सहयोग

307006173_162349671139911-1664584928.jpg

१५ असोज, हेटौंडा । समाजमा हुने विकृती एवम् विसंगती अन्त्यका लागि रात्रीकालीन गस्ती गर्ने हेटौंडा–९ को पुष्पाञ्जली आमा समूहलाई ९ नम्बर वडा कार्यालयले विभिन्न सामग्री सहयोग गरेको छ । 
गस्तीमा हिंड्ने महिला टोलीलाई सहयोग पु¥याउने उद्देश्यले हेटौंडा उपमहानगरपालिका–९ नम्बर वडा कार्यालयले राती हिंड्न सहज हुने ज्याकेट, जुत्ता, टर्च, सिट्ठी तथा सामान्य उपचारका लागि स्वास्थ्य सामग्री सहितको बक्स हस्तान्तरण गरेको हो । 
वडा कार्यालयले महिला समूहका लागि खरिद गरेको सामग्री हेटौंडा उपमहानगरपालिकाका मेयर मीनाकुमारी लामाले महिला समुहका अध्यक्ष कल्पना थापा मगर सहित समूहमा आवद्ध रहेका ४० जनालाई हस्तान्तरण गरेकी हुन् । 
महिला समूहले प्रत्येक रात वडा क्षेत्रमा गस्ती गर्ने गरेका छन् । महिला समूहलाई सामग्री हस्तान्तरण गर्दै मेयर लामाले समाज सुधारको लागि महिला समूहले देखाएको तत्पर्ताको प्रशंसा गरिन् । उनले उपमहानगरका सबै वडाहरुमा यस्तो अभियान चलाउन जरुरी रहेकोमा  जोड दिइन् । लामो समय देखि नियमित र निरन्तर गरेको अभियानले समाज सुधारमा महत्वपूर्ण काम भएको बताइन् । 
कार्यक्रममा वडा नम्बर ९ का अध्यक्ष शुकराम केसीले आमा समूहको कामले वडामा रात्रीकालीन यात्रामा सहज भएको बताए । उनले वडामा रहेको बेतिथीलाई आमा समूहको गस्ती अभियानले रोकेको दावी गरे । सामग्री हस्तान्तरण कार्यक्रममा जिल्ला समन्वय समितिका सदस्य बीरेन्द्र लामा, सुनिता दर्नाल, वडा सदस्य कमला पौडेल, नगर स्वास्थ्य समितिका सदस्य बेगम बराल लगायतको उपस्थिती थियो ।
 


समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Adv-Kailash-1686118720.jpg
sanchar-rajitra-add-final-1711344560.gif
Ghatna-Darta-Notice-Makwa-1711432400.jpg

Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
Adv-Ghatna-Darta-Htd7-1705218069.jpg
Ghatna-Darta-Notice-Htd-1-1665992031.jpg
1.Cancer-PSA-1715613167.jpg
मृत्युको विषयलाई लिएर आफन्तबाट अस्पतालमा तोडफोड
Screenshot_20240727_16235-1722076748.jpg

१२ साउन, कञ्चनपुर । कञ्चनपुरको बेलौरीका १७ वर्षीय नसीव चौधरी मृत्युको विषयलाई लिएर आफन्तले अस्पतालमा तोडफोड...

कमला ह्यारिसद्वारा अमेरिकी राष्ट्रपतिका लागि उम्मेदवारी घोषणा
20240727_155720-1722075850.jpg

१२ साउन, हेटौंडा । अमेरिकी उपराष्ट्रपति कमला ह्यारिसले अमेरिकी राष्ट्रपतिको निर्वाचनका लागि औपचारिक रूपमा...

जसपा नेपालको केन्द्रीय समितिको बैठक बस्ने
Jasapa-party-office-1722070909.jpg

१२ साउन, हेटौंडा । जनता समाजवादी पार्टी (जसपा) नेपालको केन्द्रीय समितिको बैठक बस्ने भएको छ । बैठक साउन २७, २८, २९ र ३०...

हेटौंडामा ५ जना नक्कली परीक्षार्थीलाई प्रहरीले समात्यो
102-1722065800.jpg

१२ साउन, हेटौंडा। बागमती प्रदेशको राजधानी हेटौंडाबाट ५ जना नक्कली परीक्षार्थी पक्राउ परेका छन्। हेटौंडामा...

बागमतीमा कांग्रेसका ६ मन्त्रीले पाए जिम्मेवारी, एक अझै बिना विभागीय
Screenshot_20240727_11485-1722060248.jpg

१२ साउन, हेटौंडा । बागमती प्रदेशमा नेपाली कांग्रेसका तर्फबाट ६ मन्त्रीले जिम्मेवारी पाएका छन् । एकजना भने अझै...

डुबेर एक बालकको मृत्यु
pokhari_ma_duber164490244-1722049183.jpg

१२ साउन, हेटौंडा । बुटवलको  तिनाउ नदीमा डुबेर एक बालकको मृत्यु भएको छ । मृत्यु हुनेमा बागलुङको बरेङका १२ वर्षीय...

हल्कादेखि मध्यम वर्षाको सम्भावना
16655388081665538808-1722048246.jpg

१२ साउन, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास अवस्थित...

कोशीमा माओवादीका मन्त्रीहरुले राजीनामा दिए
koshi-pradesh-1721999612.jpg

११ साउन, हेटौंडा । कोशीमा नेकपा माओवादी केन्द्र मन्त्रीहरुले राजीनामा दिएका छन् । कोशी प्रदेश सरकारलाई दिएको...

राष्ट्र बैंकद्वारा चालु मौद्रिक नीति सार्वजनिक
Nepal-Rastra-Bank-970x500-1721981329.jpg

११ साउन, हेटौंडा । नेपाल राष्ट्र बैंकले चालु आर्थिक वर्ष २०८१/८२ को मौद्रिक नीति सार्वजनिक गरेको छ । नेपाल...

थप समाचार