Email :- prastakhabar@gmail.com
IMG-a28a0eeff86c1849c3d54-1688573601.jpg

राजनीति

मकवानपुरमा प्रतिनिधि तथा प्रदेशसभा निर्वाचनका लागी कार्यालय स्थापना

GridArt_20221001_10463694-1664601073.jpg

१५ असोज,हेटौंडा। प्रतिनिधीसभा सदस्य तथा प्रदेशसभा सदस्य निर्वाचन-२०७९का  लागि मकवानपुरमा आज मुख्य निर्वाचन अधिकृत र निर्वाचन अधिकृतको कार्यालय उदघाटन गरिएको छ । 
यही मंसिर  ४  गते हुने प्रतिनिधीसभा सदस्य तथा प्रदेशसभा सदस्य निर्वाचन का लागि मुख्य निर्वाचन अधिकृत र निर्वाचन अधिकृतको कार्यालय स्थापना गरिएको हो।मकवानपुरका मुख्य निर्वाचन अधिकृत ऋषिराम निरौला,क्षेत्र नम्बर २ का निर्वाचन अधिकृत मुकुन्दहरी पौडेल,जिल्ला समन्वय समिति मकवानपुरका प्रमुख ललित बहादुर घलान र मकवानपुरका प्रजिअ राजेन्द्र देव पाण्डेले संयुक्त रुपमा कार्यालयको उदघाटन गरेका हुन।

मकवानपुरका मुख्य निर्वाचन अधिकृत जिल्ला न्यायाधीश ऋषिराम निरौलाको अध्यक्षता र जिल्ला प्रशासन कार्यालयका प्रमुख राजेन्द्र देव पाण्डे,जिल्ला समन्वय समिति मकवानपुरका प्रमुख ललित बहादुर घलान, हेटौंडा उपमहानगरपालिकाकी प्रमुख मिना कुमारी लामा, क्षेत्र नम्बर-२ का निर्वाचन अधिकृत मुकुन्द हरि पौडेल, निर्वाचन आयोग वागमती प्रदेश कार्यालयका प्रमुख लुम्बनाथ पोखरेल, मकवानपुरका प्रहरी प्रमुख प्रहरी उपरीक्षक बामदेव गौतम, अन्य सुरक्षा प्रमुख तथा मकवानपुरका विभिन्न राजनैतिक दलका प्रतिनिधिहरुको उपस्थिति रहेको थियो ।हेटौंडा–२ स्थित वागमती प्रदेश सरकारका मुख्यमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयको हाता भित्र रहेको जिससको पुरानो भवनमा मुख्य निर्वाचन अधिकृतको कार्यालय र निर्वाचन अधिकृतको कार्यालय स्थापना गरिएको हो । ३ लाख ७ ३३ जना कुल मतदाता संख्या रहेको मकवानपुरमा २६७ मतदान स्थल रहेका छन् भने ३६४ वटा मतदान केन्द्रहरु तोकिएको छ । जसमा निर्वाचन क्षेत्र नम्वर १ मा ६२ वटा मतदानस्थल, १७२ वटा मतदान केन्द्र तोकिएको छ भने क्षेत्र नम्वर २ मा १०५ वटा मतदानस्थल र १९२ वटा मतदान केन्द्र तोकिएको छ। 


समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Adv-Kailash-1686118720.jpg

Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
Ghatna-Darta-Notice-Htd-1-1665992031.jpg
Aayurbed-Kendra-Adv-16849-1687058287.jpg
यु-१९ एसिया कपमा नेपाल अफगानिस्तानसँग पराजित
Screenshot_20231210_19415-1702216631.jpg

२४ मंसिर, काठमाडौं । दुबईमा जारी यू-१९ एसिया कपमा नेपाल अफगानिस्तानसँग ७३ रनले पराजित भएको छ ।  अफगानिस्तानले...

प्रदेश प्रमुख शर्मा अस्पताल भर्ना
Pradesh-Pramukh-1702213137.jpg

२४ मङ्सिर, हेटौँडा । बागमती प्रदेशका प्रदेश प्रमुख यादवचन्द्र शर्मा अस्वस्थ भई अस्पतालमा भर्ना भएका छन्...

साउथ अफ्रिका भनेर १७ लाख रुपैयाँ ठगी गर्ने युवक पक्राउ
Screenshot_20231210_16471-1702206173.jpg

२४ मंसिर, काठमाडौं । साउथ अफ्रिका भनेर १७ लाख रुपैयाँ ठगी गर्ने एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा झापाको...

नक्कली शैक्षिक प्रमाणपत्र पेश जागिर खाने बस्नेतविरुद्ध मुद्धा दायर
Screenshot_20231001_16305-1702206438.jpg

२४ मंसिर, काठमाडौं । नक्कली शैक्षिक प्रमाणपत्र पेश गरी सरकारी सेवामा प्रवेश गरेको आरोपमा राष्ट्रिय अनुसन्धान...

परराष्ट्रमन्त्री साउद र कतारी विदेश राज्यमन्त्री खुलाईफीबीच भेटवार्ता
Screenshot_20231210_16363-1702205507.jpg

२४ मंसिर, काठमाडौं । कतार भ्रमणमा रहेका नेपालका परराष्ट्रमन्त्री एनपी साउद र कतारी विदेश राज्यमन्त्री डा....

गृहमन्त्री नारायणकाजी श्रेष्ठ अस्पतालबाट डिस्चार्ज
Narayankaji-Shrestha_stim-1702195268.jpg

२४ मंसिर, काठमाडौं । उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठ अस्पतालबाट डिस्चार्ज भएका छन् । गएको मंगलबार...

सन्दीप लामिछानेविरुद्धको मुद्धाको पेशी स्थगित
sandeep-3-1702194902.jpg

२४ मंसिर, काठमाडौं । नेपाली क्रिकेटर सन्दीप लामिछाने विरुद्धको मुद्धाको पेशी स्थगित भएको छ । मुद्धाको पेशी कानुन...

साढे ६ किलो सुनसहित एक विदेशी नागरिक पक्राउ
Screenshot_20231210_13313-1702194513.jpg

२४ मंसिर, काठमाडौं । त्रिभुवन विमानस्थल भन्सार कार्यालय र प्रहरी टोलीले शनिवार राति साढे ६ किलो सुनसहित एक...

नेपाली बजारमा सुनचाँदीको मूल्य घट्यो
gold-1-e1517980737571-1702191824.jpg

२४ मंसिर, काठमाडौं । नेपाली बजारमा सुनचाँदीको मूल्य घटेको छ । आइतबार सुन तोलामा एक हजार ३०० रुपैयाँ घटेको नेपाल...

थप समाचार