१८ असोज,हेटौंडा। नेपाली कांग्रेस मकवानपुर प्रतिनिधि सभा क्षेत्र नम्बर २ ख का सभापति रन्जन कालाखेतीले जिल्ला सदस्य चन्द्रप्रसाद न्यौपाने माथी दुर्व्यवहार गरिएको भनि फैलाइएको हल्ला निराधार भएको बताएका छन् ।
सभापति कालाखेतीले गत असोज १३ गते भएको दशै, तिहार लगाएत पर्वको अवसरमा भएको शुभकामना कार्यक्रममा जिल्ला सदस्य न्यौपानेलाई बागमती प्रदेश सभापति इन्द्रबहादुर बानियाँबाट दुर्व्यवहार भएको भनि गरिएको हल्ला निर्वाचन नजिकिदै जाँदा वदनाम गर्ने उद्देश्यले गरिएको प्रपञ्च मात्र भएको बताएका हुन् ।
उनले सामाजिक सञ्चालमा भाइरल भएको भनिएको भिडियोमा जिल्ला सदस्य न्यौपानले बरु आफुलाई हातपात गर्न खोजेको स्पष्ट देखिने भन्दै कार्यक्रममा बोल्ने अवसर नदिएको विषयलाई लिएर न्यौपानेले विवाद गरेको दावी गरे ।
शुभकामना कार्यक्रममा थोरै व्यक्तिहरुले मात्रै बोल्ने निर्णय भएकोमा मञ्चमा बसेका जिल्ला सदस्य न्यौपानेले आफुले पनि बोल्न पाउनुपर्ने भन्दै विवाद गरेको सभापति कालाखेतीले स्पष्ट पारे ।
जिल्ला सदस्य न्यौपानेले विवाद गरेपछि प्रदेश सभापति बानियाँले हल्ला नगर्न र कार्यक्रममा बोलीरहेका जिल्ला सचिव भिमसेन महतको कुरा सुन्न भनेको तर कुनैपनि दुर्व्यवहार नगरेको कालाखेनीले दावी गरे। भिडियोमा बानियाँले जिल्ला सचिव बोलिरहेको जिल्ला सदस्यलाई हल्ला नगर्न भनिरहेको प्रष्ट सुनिन्छ ।
लामो समयदेखि नेपाली कांग्रेसको राजनीति गर्दै आएका जिल्ला सदस्य र अग्रज हुनुको नाताले पनि जिल्ला सदस्य न्यौपानेप्रति सम्मान रहेको बताउँदै क्षेत्रीय सभापती कालाखेतीले सामाजिक सञ्चालमा चलाइएको हल्लाको पछि नलाग्न र वास्तविकता बुझेर मात्र प्रतिक्रिया दिन आग्रह गरे ।
२० असोज, हेटौंडा । नेपाली कांग्रेस बागमती प्रदेशका निवर्तमान मुख्यमन्त्री एवं कांग्रेस बागमतीका सभापति...
२० असोज, हेटौंडा । नेपाली कांग्रेस बागमती प्रदेशका निवर्तमान मुख्यमन्त्री एवं कांग्रेस बागमतीका सभापति...
२० असोज, हेटौंडा । प्रधानन्यायाधीश मनोजकुमार शर्माले न्याय परिषद् बैठक बोलाएका छन् । बैठक आज मंगलबार दिउँसो १...
२० असोज, हेटौंडा । सरकारले जेनजी प्रदर्शनकारीहरूलाई लगाएको फौजदारी मुद्दा फिर्ता लिनेबारे अध्ययन गर्न गठित...
२० असोज, हेटौंडा । अर्थमन्त्री डा. स्वर्णिम वाग्ले र विश्व बैंक समूहका अध्यक्ष अजय बांगाबीच उच्चस्तरीय...
२० असोज, हेटौंडा । गृह मन्त्रालयले संवेदनशील सुरक्षा सूचना चुहावट गरेको आरोपमा सशस्त्र प्रहरी बलका अतिरिक्त...
२० असोज, हेटौंडा । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत तेस्रो दिन आज मंगलबार नयाँ केन्द्रीय कार्यसमिति...
२० असोज, हेटौंडा । कर्णाली र सुदूरपश्चिम प्रदेशको सबै भू-भाग, गण्डकी र लुम्बिनी प्रदेशको पश्चिमी भू-भागमा पश्चिमी...
१९ असोज, हेटौंडा । चितवनको इच्छाकामना गाउँपालिका-७ सिमलढापमा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ...
६ असोज, हेटौंडा । प्रधानमन्त्री वालेन्द्र शाह संयुक्त राष्ट्रसंघको ८१औँ महासभामा सहभागी हुन अमेरिका प्रस्थान...
८ असोज, हेटौंडा । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) को सातवटै प्रदेशको अधिवेशन हुँदैछ । राप्रपाले असोज २१...
१० असोज, हेटौंडा । हेटाैडा-६ चाैघडामा रहेकाे चाैघडा बचत तथा ऋण सहकारी संस्थाकाे अध्यक्षमा पुन: विजयकुमार श्रेष्ठ...
८ असोज, हेटौंडा । प्रतिनिधिसभा र राष्ट्रियसभाको बैठक आज बस्दै छ । सिंहदरबारमा बिहान ११ बजे बस्ने प्रतिनिधिसभाको...
८ असोज, हेटौंडा । हाल देशभर मनसुनी वायुको साथै पश्चिमी वायुको पनि आंशिक प्रभाव रहेको छ । साथै बङ्गालको खाडीको...
१३ असोज, हेटौंडा । मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई तीन दिन थुनामा राखेर अनुसन्धान गर्न काठमाडाैँ जिल्ला...
१५ असोज, हेटौंडा । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले खानेपानी, सिँचाइ तथा ऊर्जा विकास कार्यालय, मुगुका...
७ असोज, हेटौंडा । प्रधानमन्त्री बालेन्द्र साह संयुक्त राष्ट्रसङ्घको महासभामा सहभागी हुन संयुक्त राज्य अमेरिका...
११ असोज, हेटौंडा । पूर्व प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरालाई प्रहरीले पक्राउ गरेको छ । प्रहरीले उनलाई...

















