Email :- prastakhabar@gmail.com
900x100-1779113053.gif

राजनीति

माओवादीबाट मकवानपुरमा कुमारी र छिन्तुलाई टिकट

310767774_150568954360713-1665232545.jpg

२२ असोज, हेटौंडा । आगामी मंसिर ४ गते हुने प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनका लागी मकवानपुरमा दुईवटा प्रदेश सभा सिट पाएको नेकपा माओवादी केन्द्रले उम्मेदवार टुंगो लगाएको छ । 
माओवादी केन्द्रले मकवानपुर क्षेत्र नम्बर १ को (क) बाट प्रेमबहाुर पुलामी (छिन्तु) र २ को (क) बाट कुमारी मुक्तानलाई उम्मेदवार बनाउँने निर्णय भएको माओवादी केन्द्रका बागमती प्रदेश उपाध्यक्ष प्रेमबहादुर पुलामी (छिन्ुत)ले जानकारी दिए ।
 गठबन्धनमा सिट बाँडफाड गर्दा माओवादीले मकवानपुरमा प्रदेश सभाका दुईवटा सिट मात्रै पाएको छ । यसअघि पनि छिन्तु र मुक्तान साविक क्षेत्रबाटै प्रदेश सभा सदस्यमा निर्वाचित भएका थिए । छिन्तु बागमती प्रदेश उपाध्यक्ष छन भने मोक्तान बागमती प्रदेश सरकारको समाजिक विकास मन्त्री रहेकी छन् । 
यता गठबन्धन भित्र रहेको दल नेपाली कांग्रेसले भने अझैसम्म आफ्नो भागमा परेको क्षेत्रको उम्मेदवारको नाम सार्वजनिक गरेको छैन । नेपाली कांग्रेसले प्रतिनिधिसभातर्फ मकवानपुर १ र प्रदेशसभातर्फ मकवानपुर १ (ख) र २ (ख)मा उम्मेद्वारी दिने गठबन्धन दलभित्र सहमति बनिसकेको छ । 
प्रतिनिधि सभाका लागि मकवानपुर १ बाट नेपाली कांग्रेसकी सहमहामन्त्री महालक्ष्मी उपाध्याय डिना र मकवानपुर २ (ख) बाट नेपाली कांग्रेस बागमती प्रदेशका सभापति इन्द्रबहादुर बानियाले टिकट पाउने निश्चित जस्तै छ । मकवानपुर १ (ख) मा भने बुद्ध लामा र आनन्दराम पराजुलीको नाम चर्चामा रहेपनि कस्ले टिकट पाउँने भन्नेमा अझै पनि अन्यौल देखिएको छ ।
मकवानपुरमा भिरबाट लडेर एकजनाको मृत्यु
मकवानपुरको राक्सिराङ गाउँपालिका–२ कान्द्राङमा भिरबाट लडेर एकजनाको मृत्यु भएको छ। प्रहरी चौकी कान्द्राङले दिएको जानकारीअनुसार मनहरी गाउँपालिका– ६ घर भएका अन्दाजी ४० वर्षका मनोज राईको मृत्यु भएको हो । राक्सिराङ– ९ धुरुस्थित ससुराली बस्दै आएका राई शुक्रबार साँझ घरबाट निस्केकोमा शनिबार बिहान मृत अवस्थामा फेला परेका हुन्। मादक पदार्थ सेवन गरी घरबाट निस्किएका उनी ससुराली घरबाट दक्षिणतर्फ दुई किलोमिटर पर धुरु भिरबाट लडी मृत अवस्थामा फेला परेका अनुमान गरिएको छ । घटनाबारे अनुसन्धान थालिएको प्रहरीले जनाएको छ ।
 


समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Notice-Makwa-1711432400.jpg
Bhu-Tatha-Jalaadhaar-Makw-1782566927.jpg

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
बानियाँले गरे केन्द्रीय सदस्यमा उम्मेदवारी घोषणा

२० असोज, हेटौंडा । नेपाली कांग्रेस बागमती प्रदेशका निवर्तमान मुख्यमन्त्री एवं कांग्रेस बागमतीका सभापति...

बानियाँले गरे केन्द्रीय सदस्यमा उम्मेदवारी घोषणा
Baniya-1791268438.jpg

२० असोज, हेटौंडा । नेपाली कांग्रेस बागमती प्रदेशका निवर्तमान मुख्यमन्त्री एवं कांग्रेस बागमतीका सभापति...

न्याय परिषद् बैठक आज बस्दै
nyaya-parishad-1791248772.jpg

२० असोज, हेटौंडा । प्रधानन्यायाधीश मनोजकुमार शर्माले न्याय परिषद् बैठक बोलाएका छन् । बैठक आज मंगलबार दिउँसो १...

जेनजी प्रदर्शनकारीका मुद्दा फिर्ता लिने तयारी
Screenshot_20261006_06464-1791248512.jpg

२० असोज, हेटौंडा । सरकारले जेनजी प्रदर्शनकारीहरूलाई लगाएको फौजदारी मुद्दा फिर्ता लिनेबारे अध्ययन गर्न गठित...

पुनर्निर्माणमा सहयोग गर्ने विश्व बैंकको प्रतिबद्धता
wagle-banga-1791247696-1791248152.jpg

२० असोज, हेटौंडा । अर्थमन्त्री डा. स्वर्णिम वाग्ले र विश्व बैंक समूहका अध्यक्ष अजय बांगाबीच उच्चस्तरीय...

सशस्त्रका एआईजी दाहाल निलम्बित
APf-1791247610.jpg

२० असोज, हेटौंडा । गृह मन्त्रालयले संवेदनशील सुरक्षा सूचना चुहावट गरेको आरोपमा सशस्त्र प्रहरी बलका अतिरिक्त...

कांग्रेस महाधिवेशन: आज उम्मेदवारी दर्ता
Screenshot_20261005_07315-1791247056.jpg

२० असोज, हेटौंडा । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत तेस्रो दिन आज मंगलबार नयाँ केन्द्रीय कार्यसमिति...

एक-दुई स्थानमा हल्का वर्षाको सम्भावना
rain-weather-1791246640.jpg

२० असोज, हेटौंडा । कर्णाली र सुदूरपश्चिम प्रदेशको सबै भू-भाग, गण्डकी र लुम्बिनी प्रदेशको पश्चिमी भू-भागमा पश्चिमी...

मोटरसाइकल रूखमा ठोक्किंदा एक जनाको मृत्यु
accident.-1791165527.jpg

१९ असोज, हेटौंडा । चितवनको इच्छाकामना  गाउँपालिका-७ सिमलढापमा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ...

थप समाचार