Email :- prastakhabar@gmail.com
900x100-1779113053.gif

राजनीति

मनहरीमा गठबन्धन बैठकः एमालेका षड्यन्त्रलाई परास्त गर्ने दावी

310613984_828575561724115-1665394008.jpg

२४ असोज, मनहरी । सत्तारुढ गठबन्धनमा आबद्ध तीन ठूला राजनीतिक दलको सोमबार बिहान मनहरीमा बैठक बसेको छ । मकवानपुर प्रतिनिधि सभा क्षेत्र २ अन्तर्गतका दलका नेताहरुको उपस्थितिमा बैठक बसेको हो । 
बैठकले तत्कालीन प्रधानमन्त्री एबम् नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले संसद विघटन गरेपछि लोकतान्त्रिक शक्ति र इमान्दार बामपन्थी शक्तिहरु एक भएर संविधान रक्षाका लागि गठबन्धन गरेको स्मरण गराउँदै अबको निर्वाचनमा संविधान मिच्ने पक्षधरलाई परास्त पार्न सबैखाले शक्ति परिचालन गर्ने निर्णय गरेको छ । 
बैठकले ओली र ओलीका अगुवापछुवाहरु विभिन्न बहानामा जनतामाझ आउने र गठबन्धन दलप्रति भ्रम फिजाउन सक्नेतर्फ चनाखो हुनुपर्ने भन्दै संविधान रक्षा गर्ने शक्तिहरु एक भएर मंसीर ४ गतेको निर्वाचनमा संविधान विरोधी शक्तिलाई परास्त गर्नुपर्ने सन्देश वडा र तल्लो तहमा समेत पु¥याउन आ–आफ्ना दलहरुमार्फत भूमिका निर्वाह गर्ने र छिट्टै संयुक्त बैठक बस्ने तयारी समेत गर्ने निर्णय गरेको छ । 
‘स्थानीय तहको निर्वाचनमा पनि मकवानपुरबाट गठबन्धनका उम्मेदवारहरुलाई जिताएर जनताले एकपटक संविधान मिच्नेहरुलाई दण्ड दिएका छन्’, नेपाली काँग्रेस प्रदेश ख समितिका सभापति रन्जन कालाखेतीले भने–‘ओलीको व्यक्तिवादी प्रबृत्तिलाई आत्मसात गरेर हिँड्नेहरुलाई अब मंसीर ४ मा अन्तिम धक्का दिइनेछ ।’  
कमल थापासँग मिलेर संविधान बन्न नदिने, राजतन्त्रको वकालत गर्ने र जन आन्दोलन दबाउने व्यक्तिलाई एमालेले बोकेर आफ्नो राजतन्त्रप्रतिको मोह प्रकट गरेकोबारे पनि बैठकमा चर्चा भएको छ । 
गठबन्धनमा भएका बिगतका केही कमी कमजोरीलाई सच्याएर लैजाने र तत्कालै बैठक, छलफलहरु एकल र सामूहिक रुपमा राखेर जनतालाई एमालेले छर्न सक्ने भ्रमप्रति सचेत हुनका लागि आग्रह गर्ने बैठकले निर्णय गरेको छ । 
बैठकमा नेकपा माओवादी केन्द्र प्रतिनिधिसभा २ का इन्चार्ज बीरबहादुर घलान ज्वाला, नेकपा एकीकृत समाजवादीका प्रतिनिधि सभा २ का संयोजक भूमिनन्द अर्याल, प्रदेश ख कमिटी संयोजक टंकबहादुर मुक्तान नेपाली काँग्रेस जिल्ला सदस्य नुरोज कुमार पौडेल, नेपाली काँग्रेस मनहरीका सभापति प्रकाश बर्ताैला, माओवादी केन्द्रका मनहरी गाउँ कमिटी उपाध्यक्ष दिलबहादुर स्याङ्बो लगायत नेताहरुको सहभागिता रहेको थियो ।
 


समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Notice-Makwa-1711432400.jpg
Bhu-Tatha-Jalaadhaar-Makw-1782566927.jpg

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
बानियाँले गरे केन्द्रीय सदस्यमा उम्मेदवारी घोषणा

२० असोज, हेटौंडा । नेपाली कांग्रेस बागमती प्रदेशका निवर्तमान मुख्यमन्त्री एवं कांग्रेस बागमतीका सभापति...

बानियाँले गरे केन्द्रीय सदस्यमा उम्मेदवारी घोषणा
Baniya-1791268438.jpg

२० असोज, हेटौंडा । नेपाली कांग्रेस बागमती प्रदेशका निवर्तमान मुख्यमन्त्री एवं कांग्रेस बागमतीका सभापति...

न्याय परिषद् बैठक आज बस्दै
nyaya-parishad-1791248772.jpg

२० असोज, हेटौंडा । प्रधानन्यायाधीश मनोजकुमार शर्माले न्याय परिषद् बैठक बोलाएका छन् । बैठक आज मंगलबार दिउँसो १...

जेनजी प्रदर्शनकारीका मुद्दा फिर्ता लिने तयारी
Screenshot_20261006_06464-1791248512.jpg

२० असोज, हेटौंडा । सरकारले जेनजी प्रदर्शनकारीहरूलाई लगाएको फौजदारी मुद्दा फिर्ता लिनेबारे अध्ययन गर्न गठित...

पुनर्निर्माणमा सहयोग गर्ने विश्व बैंकको प्रतिबद्धता
wagle-banga-1791247696-1791248152.jpg

२० असोज, हेटौंडा । अर्थमन्त्री डा. स्वर्णिम वाग्ले र विश्व बैंक समूहका अध्यक्ष अजय बांगाबीच उच्चस्तरीय...

सशस्त्रका एआईजी दाहाल निलम्बित
APf-1791247610.jpg

२० असोज, हेटौंडा । गृह मन्त्रालयले संवेदनशील सुरक्षा सूचना चुहावट गरेको आरोपमा सशस्त्र प्रहरी बलका अतिरिक्त...

कांग्रेस महाधिवेशन: आज उम्मेदवारी दर्ता
Screenshot_20261005_07315-1791247056.jpg

२० असोज, हेटौंडा । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत तेस्रो दिन आज मंगलबार नयाँ केन्द्रीय कार्यसमिति...

एक-दुई स्थानमा हल्का वर्षाको सम्भावना
rain-weather-1791246640.jpg

२० असोज, हेटौंडा । कर्णाली र सुदूरपश्चिम प्रदेशको सबै भू-भाग, गण्डकी र लुम्बिनी प्रदेशको पश्चिमी भू-भागमा पश्चिमी...

मोटरसाइकल रूखमा ठोक्किंदा एक जनाको मृत्यु
accident.-1791165527.jpg

१९ असोज, हेटौंडा । चितवनको इच्छाकामना  गाउँपालिका-७ सिमलढापमा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ...

थप समाचार