Email :- prastakhabar@gmail.com
900x100-1779113053.gif

राजनीति

गठबन्धनप्रति इमानदारिता र सद्भाव देखाऔंः डिना

Dina-1665623679.jpg

२७ असोज, हेटौंडा । नेपाली कांग्रेस केन्द्रीय सहमहामन्त्री एवम् आसन्न निर्वाचनमा मकवानपुरको क्षेत्र नम्बर १ बाट प्रतिनिधिसभा सदस्य पदको उम्मेदवार महालक्ष्मी उपाध्याय डिनाले सत्तारुढ गठबन्धनको बीचमा इमानदारिता र सद्भाव आवश्यक रहेको बताएकी छिन् । 
गठबन्धन हुँदा सबै दलको सबै स्थानमा उम्मेदवार नभएको उल्लेख गर्दै उनले संविधान, संसद् र व्यवस्था जोगाउने दलहरुको बीचमा गठबन्धन भएकोले सबैले इमानदारिता देखाउनुपर्ने बताएकी हुन् । 
नेपाली कांग्रेस मकवानपुर क्षेत्र नम्बर १ ले बुधबार हेटौंडामा आयोजना गरेको अगुवा कार्यकर्ता भेलालाई सम्बोधन गर्दै उनले कांग्रेस अल्पमतमा परेकै कारण लोकतान्त्रिक व्यवस्था माथि कुठाराघातको प्रयास भएको दावी गरिन् । 
चुनावपछि गठबन्धनकै सरकार बन्ने तथा गठबन्धन थप मजबुत र सुदृढ भएर अघि बढ्ने जानकारी दिइन् । मकवानपुरको सर्वाङ्गीण विकास र समृद्धिका लागि आफ्नो उम्मेदवारी भएको उनको भनाई थियो ।
यस्तै क्षेत्र नम्बर १ को प्रदेशसभा ‘ख’ का उम्मेदवार आनन्दराम पराजुलीले देशैभर सत्तारुढ गठबन्धनको पक्षमा माहौल बनेको भन्दै गठबन्धनको जितले मात्रै मुुलुकको हित हुने दावी गरे । 
नेपाली कांग्रेस मकवानपुर क्षेत्र नम्बर १ का संघीय सभापति दामोदर खनालको अध्यक्षतामा भएको कार्यक्रममा कांग्रेसका पूर्व जिल्ला सभापति रघुरमण न्यौपाने, जिल्ला सहसचिव ईन्दिरा न्यौपाने, हेटौंडा उपमहानगरपालिकाका उपमेयर राजेश बानियाँ, निवर्तमान जिल्ला प्रवक्ता प्रदीप कोइराला, बागमती गाउँपालिका सभापति फणिन्द्र तिमल्सिना लगायतले गठबन्धनको पक्षमा मतदान गर्न जनता तयार रहेको बताएका थिए ।
 


समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Notice-Makwa-1711432400.jpg
Bhu-Tatha-Jalaadhaar-Makw-1782566927.jpg

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
न्याय परिषद् बैठक आज बस्दै
nyaya-parishad-1791248772.jpg

२० असोज, हेटौंडा । प्रधानन्यायाधीश मनोजकुमार शर्माले न्याय परिषद् बैठक बोलाएका छन् । बैठक आज मंगलबार दिउँसो १...

जेनजी प्रदर्शनकारीका मुद्दा फिर्ता लिने तयारी
Screenshot_20261006_06464-1791248512.jpg

२० असोज, हेटौंडा । सरकारले जेनजी प्रदर्शनकारीहरूलाई लगाएको फौजदारी मुद्दा फिर्ता लिनेबारे अध्ययन गर्न गठित...

पुनर्निर्माणमा सहयोग गर्ने विश्व बैंकको प्रतिबद्धता
wagle-banga-1791247696-1791248152.jpg

२० असोज, हेटौंडा । अर्थमन्त्री डा. स्वर्णिम वाग्ले र विश्व बैंक समूहका अध्यक्ष अजय बांगाबीच उच्चस्तरीय...

सशस्त्रका एआईजी दाहाल निलम्बित
APf-1791247610.jpg

२० असोज, हेटौंडा । गृह मन्त्रालयले संवेदनशील सुरक्षा सूचना चुहावट गरेको आरोपमा सशस्त्र प्रहरी बलका अतिरिक्त...

कांग्रेस महाधिवेशन: आज उम्मेदवारी दर्ता
Screenshot_20261005_07315-1791247056.jpg

२० असोज, हेटौंडा । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत तेस्रो दिन आज मंगलबार नयाँ केन्द्रीय कार्यसमिति...

एक-दुई स्थानमा हल्का वर्षाको सम्भावना
rain-weather-1791246640.jpg

२० असोज, हेटौंडा । कर्णाली र सुदूरपश्चिम प्रदेशको सबै भू-भाग, गण्डकी र लुम्बिनी प्रदेशको पश्चिमी भू-भागमा पश्चिमी...

मोटरसाइकल रूखमा ठोक्किंदा एक जनाको मृत्यु
accident.-1791165527.jpg

१९ असोज, हेटौंडा । चितवनको इच्छाकामना  गाउँपालिका-७ सिमलढापमा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ...

कांग्रेस महाधिवेशनअन्तर्गत आज बन्द सत्र
Screenshot_20261005_07315-1791164818.jpg

१९ असोज, हेटौंडा । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत दोस्रो दिन आज बन्द सत्र सञ्चालन हुनुका साथै नयाँ...

मौसम बदली भई वर्षाको सम्भावना
1774004021_Rain9-1200x560-1791164562.jpg

१९ असोज, हेटौंडा । हाल देशमा मनसुनी वायु र पश्चिमी वायुको दोहोरो प्रभाव छ । कर्णाली र सुदूरपश्चिम प्रदेशका साथै...

थप समाचार