Email :- prastakhabar@gmail.com
900x100-1779113053.gif

राजनीति

काँग्रेसको घोषणापत्रमा आर्थिक सुशासनको विषय प्राथमिकतामा 

congress-1665794943.jpg

२९ असोज, हेटौंडा । नेपाली काँग्रेसले आफ्नो घोषणापत्रमा आर्थिक सुशासनको विषयलाई प्राथमिकता दिएको छ । नेपाली कांग्रेसले मङ्सिर ४ गते हुने प्रतिनिधि सभा र प्रदेश सभा सदस्य चुनावका लागि तयार पारेको घोषणापत्र केन्द्रीय कार्यसम्पादन समितिबाट शुक्रबार सुझाव सहित पारित समेत गरेको छ ।
काँग्रेसले तयार पारेको घोषणापत्रमा आर्थिक सुशासनको विषयलाई विशेष प्राथमिकता दिएको घोषणापत्र मस्यौदा उपसमितिका संयोजक डा. स्वर्णिम वाग्लेले सजानकारी दिए । उनले घोषणापत्रको मुख्य सारमा आर्थिक सुशासनलाई प्राथमिकता दिएको बताएका हुन् । 
त्यसैगरी घोषणापत्रमा युवा, रोजगारी र उद्यमशिलताको विषयलाई पनि प्राथमिकतामा राखिउको वाग्लेको भनाई छ । डा. वाग्लेले जलवायु परिवर्तनको विषयलाई पनि जोडदार रुपमा उल्लेख गरिएको बताएका छन् ।
तीन खण्डमा रहेको घोषणापत्रमा पहिलो खण्डमा राजनीतिक विषय, दोस्रो खण्डमा विकासको रोडम्याप र तेस्रो खण्डमा क्षेत्रगत प्राथमिकताको विषय उल्लेख गरिएको छ । डा. वाग्लेले गत स्थानीय निर्वाचनमा नेपाली काँग्रेसले जारी गरेको घोषणापत्रकै निरन्तरताको रुपमा प्रतिनिधि सभा र प्रदेश सभाका लागि घोषणापत्र आउने उल्लेख गरे । 
घोषणापत्रमा लोकतान्त्रिक प्रणालीभित्र समुन्नत नेपालको मार्गचित्र के कस्तो हुनसक्छ भनेर सैद्धान्तिक आधार प्रश्तुत गरिने, लोकतान्त्रिक व्यवस्थाको शुद्धीकरण र सुशासनको एजेण्डा, फराकिलो आर्थिक सामथ्र्य, समन्यायिक समाज र नेपालको सांस्कृतिक सह–अस्तित्व, शिक्षा, स्वास्थ्य, पोषण, सामाजिक सुरक्षाको विषय उल्लेख गरिएको बताए । 
त्यस्तै जलवायु परिवर्तन, वन, वातावरण, विपद् व्यवस्थापन, सार्वभौमिक समानता र सशक्त अन्तर्राष्ट्रिय भुमिकाको बारेमा घोषणापत्रमा विषयवस्तु समेटिको डा. वाग्लेको भनाई भनाइ छ ।
त्यसैगरी घोषणापत्रमा तात्कालिक आर्थिक एजेण्डा पनि प्रश्तुत गरिने छ । जसमा कर्जाको स्थिति, मुद्रास्फिति,  सार्वजनिक आय र खर्च, कृषि र औद्योगिक पूर्वाधार, रोजगारी, सीप, शिक्षा, स्वच्छ ऊर्जाका कुरा र नयाँ सम्भावनाका क्षेत्रहरुका बारेमा समेटिने डा. वाग्लेले बताए ।
घोषणापत्र बनाउनका लागि महामन्त्री विश्वप्रकाश शर्माको नेतृत्वमा ४१ सदस्यीय समिति बनेको छ । यस्तै अर्थविद् स्वर्णिम वाग्लेको संयोजकत्वमा डा. गोविन्दराज पोखरेल, गेजा शर्मा वाग्ले, डा. कृष्ण पौडेल, प्रताप पौडेललगायत ६ सदस्यीय प्रारम्भिक मस्यौदा उपसमिति गठन गरिएको छ । 
 


समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Notice-Makwa-1711432400.jpg
Bhu-Tatha-Jalaadhaar-Makw-1782566927.jpg

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
न्याय परिषद् बैठक आज बस्दै
nyaya-parishad-1791248772.jpg

२० असोज, हेटौंडा । प्रधानन्यायाधीश मनोजकुमार शर्माले न्याय परिषद् बैठक बोलाएका छन् । बैठक आज मंगलबार दिउँसो १...

जेनजी प्रदर्शनकारीका मुद्दा फिर्ता लिने तयारी
Screenshot_20261006_06464-1791248512.jpg

२० असोज, हेटौंडा । सरकारले जेनजी प्रदर्शनकारीहरूलाई लगाएको फौजदारी मुद्दा फिर्ता लिनेबारे अध्ययन गर्न गठित...

पुनर्निर्माणमा सहयोग गर्ने विश्व बैंकको प्रतिबद्धता
wagle-banga-1791247696-1791248152.jpg

२० असोज, हेटौंडा । अर्थमन्त्री डा. स्वर्णिम वाग्ले र विश्व बैंक समूहका अध्यक्ष अजय बांगाबीच उच्चस्तरीय...

सशस्त्रका एआईजी दाहाल निलम्बित
APf-1791247610.jpg

२० असोज, हेटौंडा । गृह मन्त्रालयले संवेदनशील सुरक्षा सूचना चुहावट गरेको आरोपमा सशस्त्र प्रहरी बलका अतिरिक्त...

कांग्रेस महाधिवेशन: आज उम्मेदवारी दर्ता
Screenshot_20261005_07315-1791247056.jpg

२० असोज, हेटौंडा । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत तेस्रो दिन आज मंगलबार नयाँ केन्द्रीय कार्यसमिति...

एक-दुई स्थानमा हल्का वर्षाको सम्भावना
rain-weather-1791246640.jpg

२० असोज, हेटौंडा । कर्णाली र सुदूरपश्चिम प्रदेशको सबै भू-भाग, गण्डकी र लुम्बिनी प्रदेशको पश्चिमी भू-भागमा पश्चिमी...

मोटरसाइकल रूखमा ठोक्किंदा एक जनाको मृत्यु
accident.-1791165527.jpg

१९ असोज, हेटौंडा । चितवनको इच्छाकामना  गाउँपालिका-७ सिमलढापमा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ...

कांग्रेस महाधिवेशनअन्तर्गत आज बन्द सत्र
Screenshot_20261005_07315-1791164818.jpg

१९ असोज, हेटौंडा । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत दोस्रो दिन आज बन्द सत्र सञ्चालन हुनुका साथै नयाँ...

मौसम बदली भई वर्षाको सम्भावना
1774004021_Rain9-1200x560-1791164562.jpg

१९ असोज, हेटौंडा । हाल देशमा मनसुनी वायु र पश्चिमी वायुको दोहोरो प्रभाव छ । कर्णाली र सुदूरपश्चिम प्रदेशका साथै...

थप समाचार