२९ असोज, हेटौंडा । नेपाली कांग्रेसकी केन्द्रीय सह–महामन्त्री एवं मकवानपुर प्रतिनिधि सभा क्षेत्र नम्बर १ का सत्ता गठबन्धनका उम्मेदावार महालक्ष्मी उपाध्याय डीनाले लोकतान्त्री संविधानका हस्ताक्षरकर्ताहरुलाई चिनेर मतदान गर्नुपर्ने बताएकी छन् ।
उनले मंसिर ४ गतेको चुनावमा उठेका उम्मेदवारलाई राम्रासँग चिन्न आग्रह समेत गरिन् । चुनावमा उठेका मध्ये क–कसले लोकतान्त्रिक संविधानको रक्षा गरे र को संविधानको बर्खिलाप गयो भन्ने चिन्न उनको आग्रह थियो ।
हेटौंडा उपमहानगरपालिका वडा नम्बर ९ गठबन्धन दलले आयोजना गरेको शुभकामना आदानप्रदान तथा चियापान कार्यक्रममा बोल्दै सह–महामन्त्री डीनाले नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली आफैले संविधान मास्न दुई दुई पटक संसद विघटन गरेको स्मरण गराउँदै त्यहि संविधानको विरुद्धमा संसद बाहिर बसेको राप्रपा नेपालका अध्यक्ष कमल थापालाई उम्मेदवार बनाएको बताईन ।
उनले लोकतान्त्रिक पद्धतीलाई स्थायीत्व दिने कुरामा गठबन्धन दल प्रतिवद्ध रहेको उल्लेख गर्दै लोकतान्त्रि संविधानको पूर्ण कायान्वयनको यात्रामा गठबन्धन दलहरु सँगै रहने बताईन । नेतृ डीनाले कांग्रेस, माओवादी केन्द्र र एकीकृत समाजवादीबाट उम्मेदार बनेकाहरुलाई आफुे मतदान गर्न र अरुलाई मतदान गर्न लगाउँन सबैसँग आग्रह पनि गरिन ।
कार्यक्रममा माओवादी केन्द्रका बागमती प्रदेश उपाध्यक्ष एवं प्रदेश सभा क्षेत्र नम्बर १ क का उम्मेदवार प्रेमबहादर पुलामी छिन्तुले गठबन्धनका उम्मेदवारले जिते मात्रै लोकतन्त्र र संविधानले पूर्णता पाउने दावी गरे । उनले जनताकै माया र विश्वासमा स्थानीय निकाय निर्वाचन जितेको स्मरण गराउँदै फेरी पनि साथ र सहयोगको लागी आग्रह गरे ।
यसैगरी प्रतिनिधि सभा क्षेत्र नम्बर १ को ख बाट उम्मेदवार बनेका नेपाली कांग्रेसका नेता आनन्दरामा पराजुलीले जनचाहना पुरा गर्नका लागी गठबन्धनका उम्मेदवारहरुलाई जिताउन आग्रह गरे । उनले संविधान विरोधीहरुले जित्न नहुनेमा सचेत रहन पनि आग्रह गरे ।
नेपाली कांग्रेस ९ नम्बर वडा समितिका सभापति बिरेन्द्रकुमार लामाको सभाध्यक्षतामा भएको कार्यक्रममा प्रदेश सभाका समानुपातिक उम्मेदवार लक्ष्मी श्रेष्ठ, नेकपा माओवादी केन्द्र मकवानपुरका समन्वय संयोजक सर्केस घलान, नेकपा एकीकृत समाजवादी मकवानपुरका सचिव बिष्णु दाहाल, नेपाली कांग्रेस हेटौंडा नगरसभापति उत्सव इटेनी लगाएत गठबन्धन आवद्ध दलका स्थानीय नेता तथा कार्यकर्ताहरुको उपस्थिति रहेको थियो ।
२० असोज, हेटौंडा । प्रधानन्यायाधीश मनोजकुमार शर्माले न्याय परिषद् बैठक बोलाएका छन् । बैठक आज मंगलबार दिउँसो १...
२० असोज, हेटौंडा । सरकारले जेनजी प्रदर्शनकारीहरूलाई लगाएको फौजदारी मुद्दा फिर्ता लिनेबारे अध्ययन गर्न गठित...
२० असोज, हेटौंडा । अर्थमन्त्री डा. स्वर्णिम वाग्ले र विश्व बैंक समूहका अध्यक्ष अजय बांगाबीच उच्चस्तरीय...
२० असोज, हेटौंडा । गृह मन्त्रालयले संवेदनशील सुरक्षा सूचना चुहावट गरेको आरोपमा सशस्त्र प्रहरी बलका अतिरिक्त...
२० असोज, हेटौंडा । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत तेस्रो दिन आज मंगलबार नयाँ केन्द्रीय कार्यसमिति...
२० असोज, हेटौंडा । कर्णाली र सुदूरपश्चिम प्रदेशको सबै भू-भाग, गण्डकी र लुम्बिनी प्रदेशको पश्चिमी भू-भागमा पश्चिमी...
१९ असोज, हेटौंडा । चितवनको इच्छाकामना गाउँपालिका-७ सिमलढापमा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ...
१९ असोज, हेटौंडा । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत दोस्रो दिन आज बन्द सत्र सञ्चालन हुनुका साथै नयाँ...
१९ असोज, हेटौंडा । हाल देशमा मनसुनी वायु र पश्चिमी वायुको दोहोरो प्रभाव छ । कर्णाली र सुदूरपश्चिम प्रदेशका साथै...
६ असोज, हेटौंडा । हाल देशभर मनसुनी वायुको साथै पश्चिमी वायुको पनि आंशिक प्रभाव रहेको छ। मनसुनको न्यून चापीय रेखा...
६ असोज, हेटौंडा । प्रधानमन्त्री वालेन्द्र शाह संयुक्त राष्ट्रसंघको ८१औँ महासभामा सहभागी हुन अमेरिका प्रस्थान...
८ असोज, हेटौंडा । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) को सातवटै प्रदेशको अधिवेशन हुँदैछ । राप्रपाले असोज २१...
१० असोज, हेटौंडा । हेटाैडा-६ चाैघडामा रहेकाे चाैघडा बचत तथा ऋण सहकारी संस्थाकाे अध्यक्षमा पुन: विजयकुमार श्रेष्ठ...
८ असोज, हेटौंडा । प्रतिनिधिसभा र राष्ट्रियसभाको बैठक आज बस्दै छ । सिंहदरबारमा बिहान ११ बजे बस्ने प्रतिनिधिसभाको...
८ असोज, हेटौंडा । हाल देशभर मनसुनी वायुको साथै पश्चिमी वायुको पनि आंशिक प्रभाव रहेको छ । साथै बङ्गालको खाडीको...
१३ असोज, हेटौंडा । मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई तीन दिन थुनामा राखेर अनुसन्धान गर्न काठमाडाैँ जिल्ला...
१५ असोज, हेटौंडा । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले खानेपानी, सिँचाइ तथा ऊर्जा विकास कार्यालय, मुगुका...
६ असोज, हेटौंडा । प्रधानमन्त्री बालेन शाह संयुक्त राष्ट्रसंघको महासभामा भाग लिन आज न्युयोर्क जाँदैछन्...


















