२९ असोज, हेटौडा । हेटौडा–६ चुच्चेखोलामा रहेको कामधेनु बहुउद्धेश्यीय सहकारी संस्थाको २४ औं वार्षिक साधारणसभा शनिवार सम्पन्न भएको छ ।
साधारणसभामा संस्थाका अध्यक्ष उदय विडारीले संस्थागत प्रतिवेदन, उपाध्यक्ष उदय प्रकाश दहालले ऋण समितिको प्रतिवेदन, खुत्रुके बचत उपसमितिकी संयोजक अम्बिका सापकोटाले खुत्रुके बचत उपसमितिको प्रतिवेदन र ब्यवस्थापक भीमसेन पौडेले आर्थिक बर्ष २०७८।०७९ को लेखा परीक्षण प्रतिवेदन र चालु आर्थिकवर्ष २०७९।०८० को लागि २ करोड ८५ लाखको अनुमानित आयव्यय विवरण पेश गरेका थिए ।
साधारणसभामा संस्थाको भवन निर्माणमा सहयोग गर्ने रुपेश दुलाल, सिधाखवर डटकमका सम्पादक श्रीराम दाहाल, संस्थापक शेयर सदस्य रविलाल गौतम र दामोदार तिमल्सिना बढी ब्याज बुझाउने बुद्धरत्न मानन्धर, बढी सेवा शुल्क बुझाउने पदमलाल लम्साललाई सम्मानित गरिएको थियो ।
यसैगरि एकल महिला कमला कुमारी आचार्य, ज्येष्ठ शेयर सदस्य दिर्घमणी भट्टराई, खुत्रुके बचतमा बढी रकम जम्मा गर्ने आदेश गौतम र सम्पदा सिग्देल, निक्षेपमा बढी रकम जम्मा गर्ने केदार प्रसाद अधिकारी, ब्यवसायी गायत्री राई र एसइइमा उत्कृष्ठ अंक हासिल गर्ने प्रतिक ढुङगाना र रेखा गौतमलाई समेत सम्मानित गरिएको थियो ।
नेपाली काँग्रेस बागमती प्रदेश सभापति ईन्द्र बानियाँको प्रमुख आतिथ्यता एवम सहकारीका अध्यक्ष उदय विडारीको सभाध्यक्षतामा साधारणसभा भएको थियो ।
साधारणसभामा हेटौडा–६ का वडा अध्यक्ष विष्णुबहादुर दाहाल, वडा सदस्य विजय पौडेल, हेटौडा–१७ का वडा सदस्य नवराज न्यौपाने, संस्थाका संस्थापक अध्यक्ष बासुदेव सापकोटा, जनकल्याण सहकारीका अध्यक्ष हिमाल पौडेल, संस्थाका सल्लाहकार गौरबकुमार पराजुली, नौलो विहानी कृषि सहकारीका अध्यक्ष भरत सापकोटा, रानी सामुदायिक वनका अध्यक्ष विष्णुप्रसाद न्यौपाने, नारीचेतना सहकारीका कार्यवाहक अध्यक्ष राधिका गौतम, प्रगतिशिल महिला आपसी विकास संस्थाकी अध्यक्ष बनारसी उप्रेती, चौघडा सहकारीका सचिव अर्जुनप्रसाद हुमागाई, संस्थाकी सदस्य मन्दिरा घिमिरे लगायतकाले मन्तव्य व्यक्त गरेका थिए ।हेटौडा–६ र १७ कार्यक्षेत्र रहेको सहकारीको २ करोड २८ लाख निक्षेप र ३१ लाख शेयर पूँजी रहेको सहकारीमा ६ सय ३० जना शेयर सदस्यहरु आवद्ध रहेका छन ।
२० असोज, हेटौंडा । प्रधानन्यायाधीश मनोजकुमार शर्माले न्याय परिषद् बैठक बोलाएका छन् । बैठक आज मंगलबार दिउँसो १...
२० असोज, हेटौंडा । सरकारले जेनजी प्रदर्शनकारीहरूलाई लगाएको फौजदारी मुद्दा फिर्ता लिनेबारे अध्ययन गर्न गठित...
२० असोज, हेटौंडा । अर्थमन्त्री डा. स्वर्णिम वाग्ले र विश्व बैंक समूहका अध्यक्ष अजय बांगाबीच उच्चस्तरीय...
२० असोज, हेटौंडा । गृह मन्त्रालयले संवेदनशील सुरक्षा सूचना चुहावट गरेको आरोपमा सशस्त्र प्रहरी बलका अतिरिक्त...
२० असोज, हेटौंडा । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत तेस्रो दिन आज मंगलबार नयाँ केन्द्रीय कार्यसमिति...
२० असोज, हेटौंडा । कर्णाली र सुदूरपश्चिम प्रदेशको सबै भू-भाग, गण्डकी र लुम्बिनी प्रदेशको पश्चिमी भू-भागमा पश्चिमी...
१९ असोज, हेटौंडा । चितवनको इच्छाकामना गाउँपालिका-७ सिमलढापमा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ...
१९ असोज, हेटौंडा । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत दोस्रो दिन आज बन्द सत्र सञ्चालन हुनुका साथै नयाँ...
१९ असोज, हेटौंडा । हाल देशमा मनसुनी वायु र पश्चिमी वायुको दोहोरो प्रभाव छ । कर्णाली र सुदूरपश्चिम प्रदेशका साथै...
६ असोज, हेटौंडा । हाल देशभर मनसुनी वायुको साथै पश्चिमी वायुको पनि आंशिक प्रभाव रहेको छ। मनसुनको न्यून चापीय रेखा...
६ असोज, हेटौंडा । प्रधानमन्त्री वालेन्द्र शाह संयुक्त राष्ट्रसंघको ८१औँ महासभामा सहभागी हुन अमेरिका प्रस्थान...
८ असोज, हेटौंडा । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) को सातवटै प्रदेशको अधिवेशन हुँदैछ । राप्रपाले असोज २१...
१० असोज, हेटौंडा । हेटाैडा-६ चाैघडामा रहेकाे चाैघडा बचत तथा ऋण सहकारी संस्थाकाे अध्यक्षमा पुन: विजयकुमार श्रेष्ठ...
८ असोज, हेटौंडा । प्रतिनिधिसभा र राष्ट्रियसभाको बैठक आज बस्दै छ । सिंहदरबारमा बिहान ११ बजे बस्ने प्रतिनिधिसभाको...
८ असोज, हेटौंडा । हाल देशभर मनसुनी वायुको साथै पश्चिमी वायुको पनि आंशिक प्रभाव रहेको छ । साथै बङ्गालको खाडीको...
१३ असोज, हेटौंडा । मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई तीन दिन थुनामा राखेर अनुसन्धान गर्न काठमाडाैँ जिल्ला...
१५ असोज, हेटौंडा । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले खानेपानी, सिँचाइ तथा ऊर्जा विकास कार्यालय, मुगुका...
६ असोज, हेटौंडा । प्रधानमन्त्री बालेन शाह संयुक्त राष्ट्रसंघको महासभामा भाग लिन आज न्युयोर्क जाँदैछन्...


















