Email :- prastakhabar@gmail.com
900x100-1779113053.gif

राजनीति

हस्ताक्षरै नगर्नेले कसरी संविधानको रक्षा गर्छ ? : डिना

ww-1665883464.jpg

३० असोज, हेटौंडा । नेपाली कांग्रेस केन्द्रीय सहमहामन्त्री एवम् सत्तारुढ गठबन्धनको तर्फबाट मकवानपुर क्षेत्र नम्बर १ को प्रतिनिधिसभा सदस्य पदका उम्मेदवार महालक्ष्मी उपाध्याय डिनाले संविधानको रक्षा र मुलुकको विकासका लागि गठबन्धनले जित्नुपर्ने धारणा राखेकी छिन् ।
नेपाली कांग्रेस हेटौंडा उपमहानगर समितिले आयोजना गरेको अगुवा कार्यकर्ता भेलामा बोल्दै डीनाले संविधान नै नमान्ने, संविधान जारी हुँदा हस्ताक्षर नगर्ने र संसद् विघठन गर्नेहरु एक ठाउँमा रहेको भन्दै उनले त्यस्ता दलबाट संविधानको रक्षा हुन नसक्ने बताएकी हुन् ।
 ‘म संविधान बनाउन लागिपरेको र त्यसमा हस्ताक्षर गर्ने महिला हुँ, संविधानमा मेरो हस्ताक्षर छ । संविधानमा हस्ताक्षर नगरेर बाहिर आएकाहरु पनि अहिले चुनावी प्रतिस्पर्धामा छन्’, कमल थापाप्रति लक्षित गर्दै उनले भनिन्, ‘संविधान नै नमान्नेहरुले कसरी संविधानको रक्षा गर्लान् ? कस्तो विकास गर्लान् ? अब प्रश्न गर्नुपर्ने बेला आएको छ ।’ 
आफू मकवानपुरमै जन्मेको, हुर्केको र यही जिल्लालाई नै भूगोल बनाएर मुलुकको राजनीति गर्दै आएको भन्दै उनले यहाँको समस्याको बिषयमा जानकार रहेको दावी गरिन् । ‘मलाई यहाँका महिलाको समस्या थाहा छ, मैले यहाँको भूगोल बुझेको छु, मलाई मकवानपुरबासीको समस्या थाहा छ’, डिनाले थपिन्, ‘म सांसद् बन्ने रहरले मात्रै उम्मेदवार हुन आएको होइन, समानुपातिकमा बसेर पनि सांसद् बन्न सक्थें, संविधानको कार्यान्वयन र जनताको सुखदुःखमा काम गर्नका लागि प्रत्यक्षमा चुनाव लड्न आएको हुँ, जनताको साथै थेँ, साथै रहनेछु ।’ 
नेपालको संविधान निर्माण अगावैदेखि गठबन्धन हुँदै आएको स्मरण गर्दै उनले गठबन्धनको पक्षमा मतदान गर्न र माहौल बनाउन नेता कार्यकर्ताहरुलाई अनुरोध गरिन् । कांग्रेसको नेतृत्वमा बनेको संविधानलाई जोगाउँदै मुुलुकको विकासका लागि सत्तारुढ गठबन्धनले जित्नु अपरिहार्य रहेको उनको भनाई थियो ।
यस्तै गठबन्धनको तर्फबाट क्षेत्र नम्बर १ को प्रदेशसभा निर्वाचन क्षेत्र ‘ख’ का उम्मेदवार कांग्रेस नेता आनन्दराम पराजुलीले आवश्यकताको आधारमा गठबन्धन भएको दावी गर्दै गठबन्धनका उम्मेदवारहरुको जितले मात्रै मुलुकको विकास र निकास हुने बताए । ‘एकजना मात्रै माननीयले हार्दा गठबन्धनको सरकार नबन सक्छ । 
गठबन्धनको बिषयमा अनावश्यक टिकाटिप्पणी गर्नु जरुरी छैन’, पराजुलीले भने, ‘हामीले सत्तारुढ दलको बीचमा गठबन्धन गरेका हौं । एमालेले व्यवस्था विरोधी राप्रपा नेपालसंग तालमेल गरेको छ । आनन्दराम पराजुली कसैलाई चित्त नबुझेको हुनसक्छ, चित्त नबुझेको बिषयमा पछि आवश्यक छलफल गर्दै गरौंला तर अब सबै मिलेर कांग्रेस र गठबन्धनलाई जिताउन लाग्ने बेला आएको छ ।’ 
स्थानीय तहको मतको आधारमा पनि गठबन्धनको जित सुनिश्चित भैसकेको दावी गर्दै उनले मतान्तर बढाउने गरी लाग्न अनुरोध गरे । नेपाली कांग्रेस हेटौंडा उपमहानगर सभापति उत्सव इटेनीको अध्यक्षतामा भएको कार्यक्रममा पूर्व जिल्ला सभापति रघुरमण न्यौपाने, निवर्तमान कार्यबाहक सभापति बिष्णुप्रसाद लामिछाने, हेटौंडा उपमहानगर उपसभापति रामकृष्ण कोइराला लगायतले मन्तव्य व्यक्त गरेका थिए । 
 


समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Notice-Makwa-1711432400.jpg
Bhu-Tatha-Jalaadhaar-Makw-1782566927.jpg

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
न्याय परिषद् बैठक आज बस्दै
nyaya-parishad-1791248772.jpg

२० असोज, हेटौंडा । प्रधानन्यायाधीश मनोजकुमार शर्माले न्याय परिषद् बैठक बोलाएका छन् । बैठक आज मंगलबार दिउँसो १...

जेनजी प्रदर्शनकारीका मुद्दा फिर्ता लिने तयारी
Screenshot_20261006_06464-1791248512.jpg

२० असोज, हेटौंडा । सरकारले जेनजी प्रदर्शनकारीहरूलाई लगाएको फौजदारी मुद्दा फिर्ता लिनेबारे अध्ययन गर्न गठित...

पुनर्निर्माणमा सहयोग गर्ने विश्व बैंकको प्रतिबद्धता
wagle-banga-1791247696-1791248152.jpg

२० असोज, हेटौंडा । अर्थमन्त्री डा. स्वर्णिम वाग्ले र विश्व बैंक समूहका अध्यक्ष अजय बांगाबीच उच्चस्तरीय...

सशस्त्रका एआईजी दाहाल निलम्बित
APf-1791247610.jpg

२० असोज, हेटौंडा । गृह मन्त्रालयले संवेदनशील सुरक्षा सूचना चुहावट गरेको आरोपमा सशस्त्र प्रहरी बलका अतिरिक्त...

कांग्रेस महाधिवेशन: आज उम्मेदवारी दर्ता
Screenshot_20261005_07315-1791247056.jpg

२० असोज, हेटौंडा । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत तेस्रो दिन आज मंगलबार नयाँ केन्द्रीय कार्यसमिति...

एक-दुई स्थानमा हल्का वर्षाको सम्भावना
rain-weather-1791246640.jpg

२० असोज, हेटौंडा । कर्णाली र सुदूरपश्चिम प्रदेशको सबै भू-भाग, गण्डकी र लुम्बिनी प्रदेशको पश्चिमी भू-भागमा पश्चिमी...

मोटरसाइकल रूखमा ठोक्किंदा एक जनाको मृत्यु
accident.-1791165527.jpg

१९ असोज, हेटौंडा । चितवनको इच्छाकामना  गाउँपालिका-७ सिमलढापमा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ...

कांग्रेस महाधिवेशनअन्तर्गत आज बन्द सत्र
Screenshot_20261005_07315-1791164818.jpg

१९ असोज, हेटौंडा । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत दोस्रो दिन आज बन्द सत्र सञ्चालन हुनुका साथै नयाँ...

मौसम बदली भई वर्षाको सम्भावना
1774004021_Rain9-1200x560-1791164562.jpg

१९ असोज, हेटौंडा । हाल देशमा मनसुनी वायु र पश्चिमी वायुको दोहोरो प्रभाव छ । कर्णाली र सुदूरपश्चिम प्रदेशका साथै...

थप समाचार