१ कार्तिक, हेटौंडा । नेपाली कांग्रेस बागमती प्रदेश सभापति एवं मकवानपुर क्षेत्र नम्बर २ (ख) का प्रदेशसभा सदस्य उम्मेदवार ईन्द्रबहादुर बानियाँले आफूले जनताको न्याय र सेवाको लागि राजनीति गरेको भन्दै सदैव जनताकै काममा क्रियाशील हुने प्रतिवद्धता जनाएका छन् ।
मंगलबार मकवानपुरको मनहरी गाउँपालिकाका विभिन्न वडामा भएका पार्टीका अगुवा कार्यकर्ता भेलामा बोल्दै बानियाँले आफूलाई खान लाउनको लागि छुट्टै पेशा रहेको बताउँदै जनताको समस्या र पीरमर्कामा साथ दिनको लागि मात्रै राजनीति गरेको स्पष्ट पारे ।
‘अहिले राजनीतिलाई नै पेशा बनाएर जनताकै रगत पसिना चुस्नेहरु धेरै छन्, त्यस्तालाई चिन्न सक्नुपर्छ,’ बानियाँले भने–‘म त जनतालाई सेवा गर्न आएको हुँ, मलाई राजनीतिबाट कमाउनु छैन, कमाउनको लागि मैले छुट्टै पेशा गरिरहेको छु ।’
आगामी मंसिर ४ गते हुने निर्वाचनमा लोकतान्त्रिक बाम गठबन्धनको औचित्य र आवश्यकताबारे पनि उनले स्पष्ट पारे । ‘गठबन्धन बाध्यता होइन, आवश्यकता हो । कुरै कुराको समृद्ध नेपाल भन्नेले काम गरेनन् । संविधान नै मास्ने खेलमा लागे । तसर्थ प्रतिगामी शक्तिविरुद्धको गठबन्धनलाई जनताले विश्वास गर्नेछन् ।’ बानियाँले भने ।
एमालेको नीति र नेता गलत भएको आरोप लगाउँदै बानियाँले गठबन्धनले मात्र मुलुकमा विकास र समृद्धि दिन सक्ने बताए । आफू माटो र बाटो बुझेको उम्मेदवार भएको भन्दै यसअघि पनि जनताले जितेर पठाउँदा धेरै काम गरेको स्मरण गरे ।
यसअघि जिताएर पठाएको एमालेले काम गर्न नसकेको पछि आफूहरु बीचमै सरकारको नेतृत्व लिनुपरेको भन्दै उनले अब गठबन्धनलाई नै जनताले जिताएर पठाउने बताए । ‘अब गठबन्धन दलकै स्थायी सरकार बन्छ, हामीले छोटो समयमा सरकारको नेतृत्व गर्दा गाउँमा केके काम भयो, सबैलाई थाहै छ, पूरा हुन नसकेको कामहरु अब पूरा गरिन्छ ।’ बानियाँले भने ।
आफू निर्वाचित भएपछि जनताको निशुल्क स्वास्थ्य बिमा गर्नेदेखि गरिबहरुको घर बनाइदिने कार्यक्रम अघि सार्ने पनि उनले प्रतिवद्धता जनाए । कांग्रेस गरिबलाई धनी बनाउने पार्टी भएको भन्दै सबैलाई आय आर्जनसँग जोड्ने योजना रहेको पनि सुनाए ।
पार्टीभित्रि असन्तुष्ट भई अन्यत्र लागेकाहरुलाई पार्टीमै फर्कन पनि बानियाँले आग्रह गरे । ‘कोही घण्टी बोकेर हिँड्या छन् रे, कोही करुवा बोकेर हिँड्या छन् रे, मंसिर ४ पछि पश्चाताप गर्नुपर्ने दिन आउँछ । सानातिना कुरामा चित्त नबुझे पार्टीभित्रै बहस गरौं ।’ बानियाँले भने –‘परिस्थिति आफूअनुकुल नभएपछि मनस्थिति बिगार्नेहरुलाई म अझै पनि अनुरोध गर्न चाहन्छु । पुरानै घरमा फर्कनूस्, अझै समय छ ।’
कार्यक्रममा बोल्दै गठबन्धन दल एकीकृत समाजवादी पार्टीका केन्द्रीय सदस्य राजाराम स्याङ्तानले काम गर्ने नेता हेरेर भोट दिन आग्रह गरे । ‘मत भन्छु एमालेमा भोट हालेर भोट खेर नफाल्नु । गठबन्धनकै उम्मेदवारको जीत निश्चित छ । गठबन्धनको सरकार बनेपछि गाउँले मुहार फेर्नेछ ।’ स्याङ्तानले भने ।
कांग्रेसले मंगलबार मनहरी ४ स्थित गोलघरमा कार्यकर्ता भेटघाट गरेको थियो । त्यस्तै मनहरी ५ स्थित बसन्तपुरमा वडा सभापति सुधीर उप्रेतीको अध्यक्षतमा कार्यकर्ता भेटघाट कार्यक्रमको आयोजना गरेको थियो ।
मनहरी ९ नम्बर वडामा वडा सभापति राजकुमार श्रेष्ठको अध्यक्षतामा कार्यक्रम भएको हो भने ७ नम्बर वडामा वडा सभापति उमेश मोक्तानको अध्यक्षतमा अगुवा कार्यकर्ता भेला भएको थियो । त्यसैगरी मंगलबार नै मनहरी ८ नम्बर वडामा पनि वडा सभापति भीमसेन लामाको अध्यक्षतामा कार्यक्रम भएको थियो ।
कार्यक्रमहरुमा नेपाली कांग्रेस महासमिति सदस्य सन्तबहादुर चेपाङ, महासमिति सदस्य राजेश भेटवाल, महाधिवेशन प्रतिनिधि जनक उप्रेती, तेजराज उप्रेती, पार्टी प्रदेश सदस्य जानुकी लामा, मकवानपुर पार्टी सचिव भीमसेन महत, पार्टीका मनहरी गाउँपालिका सभापति प्रकाश वर्तौलालगायत अगुवा नेता कार्यकर्ताको सहभागिता रहेको थियो ।
२० असोज, हेटौंडा । प्रधानन्यायाधीश मनोजकुमार शर्माले न्याय परिषद् बैठक बोलाएका छन् । बैठक आज मंगलबार दिउँसो १...
२० असोज, हेटौंडा । सरकारले जेनजी प्रदर्शनकारीहरूलाई लगाएको फौजदारी मुद्दा फिर्ता लिनेबारे अध्ययन गर्न गठित...
२० असोज, हेटौंडा । अर्थमन्त्री डा. स्वर्णिम वाग्ले र विश्व बैंक समूहका अध्यक्ष अजय बांगाबीच उच्चस्तरीय...
२० असोज, हेटौंडा । गृह मन्त्रालयले संवेदनशील सुरक्षा सूचना चुहावट गरेको आरोपमा सशस्त्र प्रहरी बलका अतिरिक्त...
२० असोज, हेटौंडा । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत तेस्रो दिन आज मंगलबार नयाँ केन्द्रीय कार्यसमिति...
२० असोज, हेटौंडा । कर्णाली र सुदूरपश्चिम प्रदेशको सबै भू-भाग, गण्डकी र लुम्बिनी प्रदेशको पश्चिमी भू-भागमा पश्चिमी...
१९ असोज, हेटौंडा । चितवनको इच्छाकामना गाउँपालिका-७ सिमलढापमा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ...
१९ असोज, हेटौंडा । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत दोस्रो दिन आज बन्द सत्र सञ्चालन हुनुका साथै नयाँ...
१९ असोज, हेटौंडा । हाल देशमा मनसुनी वायु र पश्चिमी वायुको दोहोरो प्रभाव छ । कर्णाली र सुदूरपश्चिम प्रदेशका साथै...
६ असोज, हेटौंडा । हाल देशभर मनसुनी वायुको साथै पश्चिमी वायुको पनि आंशिक प्रभाव रहेको छ। मनसुनको न्यून चापीय रेखा...
६ असोज, हेटौंडा । प्रधानमन्त्री वालेन्द्र शाह संयुक्त राष्ट्रसंघको ८१औँ महासभामा सहभागी हुन अमेरिका प्रस्थान...
८ असोज, हेटौंडा । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) को सातवटै प्रदेशको अधिवेशन हुँदैछ । राप्रपाले असोज २१...
१० असोज, हेटौंडा । हेटाैडा-६ चाैघडामा रहेकाे चाैघडा बचत तथा ऋण सहकारी संस्थाकाे अध्यक्षमा पुन: विजयकुमार श्रेष्ठ...
८ असोज, हेटौंडा । प्रतिनिधिसभा र राष्ट्रियसभाको बैठक आज बस्दै छ । सिंहदरबारमा बिहान ११ बजे बस्ने प्रतिनिधिसभाको...
८ असोज, हेटौंडा । हाल देशभर मनसुनी वायुको साथै पश्चिमी वायुको पनि आंशिक प्रभाव रहेको छ । साथै बङ्गालको खाडीको...
१३ असोज, हेटौंडा । मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई तीन दिन थुनामा राखेर अनुसन्धान गर्न काठमाडाैँ जिल्ला...
१५ असोज, हेटौंडा । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले खानेपानी, सिँचाइ तथा ऊर्जा विकास कार्यालय, मुगुका...
६ असोज, हेटौंडा । प्रधानमन्त्री बालेन शाह संयुक्त राष्ट्रसंघको महासभामा भाग लिन आज न्युयोर्क जाँदैछन्...


















