Email :- prastakhabar@gmail.com
900x100-1779113053.gif

राजनीति

कांग्रेसले धर्मका आधारमा कसैको बिरोध र कसैलाई बिभेद गर्दैनः डीना

Dina-1666108494.jpg

१ कार्तिक, हेटौंडा । नेपाली कांग्रेसकी केन्द्रीय सह–माहामन्त्री एवं मकवानपुर क्षेत्र नम्बर १ की उम्मेदवार महालक्ष्मी उपाध्याय डीनाले कांग्रेसले धर्मका आधारमा कसैको बिरोध र कसैलाई बिभेद नगर्ने बताएकी छन् । 
बकैया इसाई समाज मकवानपुरको आयोजनामा सोमबार भएको छलफल कार्यक्रममा बोल्दै उम्मेदवार डीनाले कांग्रेसको झन्डामा रहेका चार तारा मध्ये एक ताराले धार्मिक स्वतन्त्रतालाई जनाउने भएकाले कांग्रेसले सबै धर्मलाई सम्मान गर्ने बताइन् । उनले नेपालको संविधानले नै सबै धर्मलाई समान हैसियत दिएको उल्लेख गर्दै कसैले कसैको धार्मिक आस्थालाई चोटपुग्ने गरि काम गर्नु नहुने बताईन । 
उम्मेदवार डीनाले इसाई धार्मावलम्बिहरुका समस्यालाई आगामी दिनमा सशक्त ढंगले उठाउने प्रतिवद्धता पनि व्यक्त गरिन । संविधान मास्ने र धार्मिक स्वतन्त्रतामा खलल पु¥याउँनेहरु एक भएर आइरहेको स्मरण गराउँदै उनले आगामी निर्वाचनमा त्यस्ता शक्तिहरुलाई पहिचान गर्न आग्रह पनि गरिन । 
कार्यक्रममा माओवादी केन्द्र बागमती प्रदेश उपाध्यक्ष एवं प्रतिनिधि सभा क्षेत्र नम्बर १ को (क) का उम्मेदवार प्रेमबहादुर पुलामी छिन्तुले कांग्रेस नेतृत्वको लोकतान्त्रिक बाम गठबन्धनका उम्मेदवारहरुलाई आगामी निर्वाचनमा मत दिएर जिताउन पनि आग्रह गरे । 
उनले अर्को गठबन्धन पनि मत माग्न आउने बताउदै उसको धार्मिक पहिचान के हो भनि प्रश्न गर्न आग्रह गरे । उम्मेदवार छिन्तुले धार्मिक अतिवादी र संविधान विरोधिहरु मिलेर आउने भन्दै त्यस्ताबाट जोगिन आग्रह गरे । 
बकैया इसाई समाजका निवर्तमान अध्यक्ष उत्तम थोकरको अध्यक्षतामा भएको कार्यक्रममा समनुपातिक उम्मेदवार शेरबहादुर तामाङ, लक्ष्मी श्रेष्ठ, नेपाली कांग्रेस मकवानपुरका सह–सचिब इन्दिरा न्यौपाने, जिल्ला सदस्य मोमलाल दोङ, १ नम्बर क्षेत्रीय सभापति दामोदर खनाल, नेपाली कांग्रेस प्रदेश (क) का सभापति शुसान्त श्रेष्ठ, नगर सभापति उत्सब इटेनी लगाएत विभिन्न चर्चका पास्टर एवं इसाई अगुवाहरुको उपस्थिति रहेको थियो ।
 


समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Notice-Makwa-1711432400.jpg
Bhu-Tatha-Jalaadhaar-Makw-1782566927.jpg

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
न्याय परिषद् बैठक आज बस्दै
nyaya-parishad-1791248772.jpg

२० असोज, हेटौंडा । प्रधानन्यायाधीश मनोजकुमार शर्माले न्याय परिषद् बैठक बोलाएका छन् । बैठक आज मंगलबार दिउँसो १...

जेनजी प्रदर्शनकारीका मुद्दा फिर्ता लिने तयारी
Screenshot_20261006_06464-1791248512.jpg

२० असोज, हेटौंडा । सरकारले जेनजी प्रदर्शनकारीहरूलाई लगाएको फौजदारी मुद्दा फिर्ता लिनेबारे अध्ययन गर्न गठित...

पुनर्निर्माणमा सहयोग गर्ने विश्व बैंकको प्रतिबद्धता
wagle-banga-1791247696-1791248152.jpg

२० असोज, हेटौंडा । अर्थमन्त्री डा. स्वर्णिम वाग्ले र विश्व बैंक समूहका अध्यक्ष अजय बांगाबीच उच्चस्तरीय...

सशस्त्रका एआईजी दाहाल निलम्बित
APf-1791247610.jpg

२० असोज, हेटौंडा । गृह मन्त्रालयले संवेदनशील सुरक्षा सूचना चुहावट गरेको आरोपमा सशस्त्र प्रहरी बलका अतिरिक्त...

कांग्रेस महाधिवेशन: आज उम्मेदवारी दर्ता
Screenshot_20261005_07315-1791247056.jpg

२० असोज, हेटौंडा । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत तेस्रो दिन आज मंगलबार नयाँ केन्द्रीय कार्यसमिति...

एक-दुई स्थानमा हल्का वर्षाको सम्भावना
rain-weather-1791246640.jpg

२० असोज, हेटौंडा । कर्णाली र सुदूरपश्चिम प्रदेशको सबै भू-भाग, गण्डकी र लुम्बिनी प्रदेशको पश्चिमी भू-भागमा पश्चिमी...

मोटरसाइकल रूखमा ठोक्किंदा एक जनाको मृत्यु
accident.-1791165527.jpg

१९ असोज, हेटौंडा । चितवनको इच्छाकामना  गाउँपालिका-७ सिमलढापमा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ...

कांग्रेस महाधिवेशनअन्तर्गत आज बन्द सत्र
Screenshot_20261005_07315-1791164818.jpg

१९ असोज, हेटौंडा । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत दोस्रो दिन आज बन्द सत्र सञ्चालन हुनुका साथै नयाँ...

मौसम बदली भई वर्षाको सम्भावना
1774004021_Rain9-1200x560-1791164562.jpg

१९ असोज, हेटौंडा । हाल देशमा मनसुनी वायु र पश्चिमी वायुको दोहोरो प्रभाव छ । कर्णाली र सुदूरपश्चिम प्रदेशका साथै...

थप समाचार