Email :- prastakhabar@gmail.com
900x100-1779113053.gif

राजनीति

सत्तारुढ गठबन्धन मकवानपुरले बनायो निर्वाचन परिचालन तथा समन्वय समिति

IMG20221018163207-1666109427.jpg

१ कार्तिक, हेटौंडा । सत्तारुढ गठबन्धन मकवानपुरको सोमबारको भेलाले आगामी मंसिर ४ गते हुने प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनलाई प्रभावकारी र परिणाममुखि बनाउन विभिन्न समितिहरु निर्माण गरेको छ । 
गठबन्धनको नेतृत्व गरिरहेको नेपाली कांग्रेस मकवानपुरका जिल्ला सभापति बुद्ध लामाको संयोजनमा बसेको भेलाले जिल्ला निर्वाचन परिचालन तथा समन्वय समिति, अपिल प्रकाशन समिति, अनुगमन समिति, वित्तिय व्यवस्थापन समिति र प्रचार प्रसारका लागी मिडिया डेस्क निर्माण गरेको छ । 
भेलाले नेपाली कांग्रेसका सभापति बुद्ध लामाको संयोजकत्वमा निर्वाचन परिचालन तथा समन्व समिति निर्माण गरेको छ । समितिको सदस्यहरुमा नेपाली कांग्रेसका प्रदिप कोइराला र इन्दिरा न्यौपाने, माओवादी केन्द्रका ओम घलान र लक्ष्मी माझी, नेकपा एकीकृत समाजवादीका राजाराम स्याङतान र मधु अधिकारी तथा जनमोर्चा नेपालका निरबहादुर त्रिसाल सदस्य रहेका छन् । 
भेलाले नेपाली कांग्रेसका जिल्ला सचिव भिमसेन महतको संयोजकत्वमा अपिल प्रकाशन समिति निर्माण गरेको छ । समितिको सदस्यहरुमा कांग्रेसका अर्जुन प्रसाद चौलागाई, माओवादी केन्द्रका भिम पाख्रिन र शंकर बानियाँ, एकीकृत समाजवादीका विष्णु दाहाल र कविन पन्त रहेका छन् । 
यस्तै एकीकृत समाजवादीका ललित वस्नेतको संयोजकत्वमा अनुगमन समिति निर्माण गरिएको छ । समितिको सदस्यहरुमा समाजवादीका सर्यूचन्द्र न्यौपाने, नेपाली कांग्रेसका रामचन्द्र अर्याल माइकल, विष्णु प्रसाद लामिछाने, आनन्द कठायत र ताराचन्द्र बजगाई, तथा माओवादीका ऋषीराम पोखरेल, रामहरी सुवेदी र भगिरथ नेपाल रहेका छन् । 
यसैगरी भेलाले माओवादी केन्द्रका प्रल्हाद लामिछानेको संयोजकत्वमा कांग्रेसका तारानाथ चौलागाई र माओवादीका गणेश कठायत सदस्य रहने गरि वित्तिय व्यवस्थापन समिति निर्माण गरेको छ । यसैगरी गठबन्धनले आफ्ना उम्मेदवारहरुको गतिविधि र चुनावी कार्यक्रमका समाचार सम्प्रेषग गर्न गठबन्धन दल निटक पत्रकार संगठनहरुलाई परिचालन गर्ने निर्णय गरेको छ ।
जसका लागी गठबन्धनले नेपाल प्रेस युनियनका मकवानपुर अध्यक्ष पोष्टराज अधिकारी कुमारको संयोजकत्वमा मिडिया डेस्क स्थापना गर्ने निर्णय गरेको छ । डेक्सका सदस्यहरुमा प्रेस युनियनका रुपेश दुलाल, प्रेस सेन्टरका अञ्जली थापा र ध्रुब ढकाल, समाजवादी पत्रकार संगठनका रामकुमार एलन, शिवकुमार काशी र शिव चौलागाई सदस्य रहेका छन् । 
कार्यक्रममा नेपाली कांग्रेसका केन्द्रीय सहमाहामन्त्री एवं प्रतिनिधि सभा क्षेत्र नम्बर १ का उम्मेदवार महालक्ष्मी उपाध्याय डीना, नेकपा एकीकृत समाजवादीका स्थाई समिति सदस्य एवं प्रतनिधि सभा क्षेत्र नम्बर २ का उम्मेदवार विरोध खतिवडा, प्रदेश सभा क्षेत्र नम्बर १ को (क) का उम्मेदवार प्रेमबहादुर पुलामी छिन्तु, १ को (ख)  का उम्मेदवार आनन्दराम पराजुली, प्रदेश सभा क्षेत्र नम्बर २ को (क) का उम्मेदवार कुमारी मोक्तान, र (ख) का उम्मेदवार इन्द्रबहादुर बानियाँ एवं कांग्रेस, माओवादी केन्द्र र एकीकृत समाजवादीका विभिन्न तह र तप्काका नेता तथा कार्यकर्ताहरुको उपस्थिति रहेको थियो ।
 


समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Notice-Makwa-1711432400.jpg
Bhu-Tatha-Jalaadhaar-Makw-1782566927.jpg

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
न्याय परिषद् बैठक आज बस्दै
nyaya-parishad-1791248772.jpg

२० असोज, हेटौंडा । प्रधानन्यायाधीश मनोजकुमार शर्माले न्याय परिषद् बैठक बोलाएका छन् । बैठक आज मंगलबार दिउँसो १...

जेनजी प्रदर्शनकारीका मुद्दा फिर्ता लिने तयारी
Screenshot_20261006_06464-1791248512.jpg

२० असोज, हेटौंडा । सरकारले जेनजी प्रदर्शनकारीहरूलाई लगाएको फौजदारी मुद्दा फिर्ता लिनेबारे अध्ययन गर्न गठित...

पुनर्निर्माणमा सहयोग गर्ने विश्व बैंकको प्रतिबद्धता
wagle-banga-1791247696-1791248152.jpg

२० असोज, हेटौंडा । अर्थमन्त्री डा. स्वर्णिम वाग्ले र विश्व बैंक समूहका अध्यक्ष अजय बांगाबीच उच्चस्तरीय...

सशस्त्रका एआईजी दाहाल निलम्बित
APf-1791247610.jpg

२० असोज, हेटौंडा । गृह मन्त्रालयले संवेदनशील सुरक्षा सूचना चुहावट गरेको आरोपमा सशस्त्र प्रहरी बलका अतिरिक्त...

कांग्रेस महाधिवेशन: आज उम्मेदवारी दर्ता
Screenshot_20261005_07315-1791247056.jpg

२० असोज, हेटौंडा । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत तेस्रो दिन आज मंगलबार नयाँ केन्द्रीय कार्यसमिति...

एक-दुई स्थानमा हल्का वर्षाको सम्भावना
rain-weather-1791246640.jpg

२० असोज, हेटौंडा । कर्णाली र सुदूरपश्चिम प्रदेशको सबै भू-भाग, गण्डकी र लुम्बिनी प्रदेशको पश्चिमी भू-भागमा पश्चिमी...

मोटरसाइकल रूखमा ठोक्किंदा एक जनाको मृत्यु
accident.-1791165527.jpg

१९ असोज, हेटौंडा । चितवनको इच्छाकामना  गाउँपालिका-७ सिमलढापमा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ...

कांग्रेस महाधिवेशनअन्तर्गत आज बन्द सत्र
Screenshot_20261005_07315-1791164818.jpg

१९ असोज, हेटौंडा । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत दोस्रो दिन आज बन्द सत्र सञ्चालन हुनुका साथै नयाँ...

मौसम बदली भई वर्षाको सम्भावना
1774004021_Rain9-1200x560-1791164562.jpg

१९ असोज, हेटौंडा । हाल देशमा मनसुनी वायु र पश्चिमी वायुको दोहोरो प्रभाव छ । कर्णाली र सुदूरपश्चिम प्रदेशका साथै...

थप समाचार