Email :- prastakhabar@gmail.com
900x100-1779113053.gif

राजनीति

मंसिर ४ पछि गठबन्धन सरकारः डिना

14750773967105466251-1666141030.jpg

२ कार्तिक, हेटौंडा । नेपाली कांग्रेस केन्द्रीय सहमहामन्त्री एवम् सत्तारुढ गठबन्धनको तर्फबाट मकवानपुर क्षेत्र नम्बर १ को प्रतिनिधिसभा सदस्य पदका उम्मेदवार महालक्ष्मी उपाध्याय डिनाले गठबन्धनकै कारण स्थानीय तहको निर्वाचनमा कांग्रेस पहिलो पार्टी बनेकोले गठबन्धनप्रति इमान्दार बन्नुपर्ने धारणा राखेकी छिन् । 
कांग्रेस हेटौंडा ५ नम्बर वडा समितिले मंगलबार हेटौंडामा आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै उनले मंसिर ४ पछि केन्द्र र सातै प्रदेशमा गठबन्धनको सरकार बन्ने दावी गरेकी हुन् ।
‘केपी ओलीको अहमता र सर्वसत्तावादी सोचले मुलुक अस्थिरतातर्फ जान लागेको थियो । ५ दल मिलेर मुुलुक, संविधान र संसद् जोगाउने काम भएको हो’, उनले भनिन्, ‘पार्टी सभापति शेरबहादुर देउवाले ५ दललाई संगै लिएर हिँड्नुभएको छ । 
लोकतन्त्र बचाउने र संविधान जोगाउने शक्तिहरु एक ठाउँमा रहेका छौं त्यसकारण गठबन्धनले जित्न जरुरी छ ।’ संविधान अनुरुप अहिले निर्वाचन हुन लागेको भन्दै उनले संविधान नै मास्न खोज्नेहरुले जितेमा मुलुक बर्बादीतर्फ जाने बताइन् । 
अन्य प्रतिस्पर्धी भन्दा हामी धेरै अघि छौं भनेर चुप लागेर बस्ने अवस्था नरहेको जानकारी दिँदै उनले अबको एक महिना पार्टीका सबै नेता कार्यकर्ता जनताको घरघर पुगेर मतदाता भेट्नुपर्ने र आफ्नो एजेण्डा सुनाउनुपर्ने अनुरोध गरिन् ।
यस्तै गठबन्धनको तर्फबाट प्रदेशसभा सदस्य पदका उम्मेदवार आनन्दराम पराजुलीले आफूले जितेमा मकवानपुरबासीको शिर ननिहुरिने गरी काम गर्ने प्रतिबद्धता जनाए । ‘अब आन्तरिक निर्वाचन र अन्य केही कुरा भए त्यसलाई बिर्सेर रुख र गठबन्धनलाई जिताउन लाग्नुपर्ने समय आएको छ । 
गठबन्धनले हारेमा ५ बर्ष फेरि निराश भएर बस्नुको विकल्प छैन’, पराजुलीले भने, ‘गठबन्धनको एक मत नपुग्दा प्रदेश सरकार र केन्द्रीय सरकार गुम्ने अवस्था आउनसक्छ तसर्थ गठबन्धनलाई जिताउन लागौं ।’ 
कार्यक्रममा हेटौंडा उपमहानगरपालिकाका उपमेयर राजेश बानियाँ तथा कांग्रेसका नेताहरुले गठबन्धनका उम्मेदवारलाई जिताउन लागिपर्ने प्रतिबद्धता व्यक्त गरेका थिए ।


समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Notice-Makwa-1711432400.jpg
Bhu-Tatha-Jalaadhaar-Makw-1782566927.jpg

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
न्याय परिषद् बैठक आज बस्दै
nyaya-parishad-1791248772.jpg

२० असोज, हेटौंडा । प्रधानन्यायाधीश मनोजकुमार शर्माले न्याय परिषद् बैठक बोलाएका छन् । बैठक आज मंगलबार दिउँसो १...

जेनजी प्रदर्शनकारीका मुद्दा फिर्ता लिने तयारी
Screenshot_20261006_06464-1791248512.jpg

२० असोज, हेटौंडा । सरकारले जेनजी प्रदर्शनकारीहरूलाई लगाएको फौजदारी मुद्दा फिर्ता लिनेबारे अध्ययन गर्न गठित...

पुनर्निर्माणमा सहयोग गर्ने विश्व बैंकको प्रतिबद्धता
wagle-banga-1791247696-1791248152.jpg

२० असोज, हेटौंडा । अर्थमन्त्री डा. स्वर्णिम वाग्ले र विश्व बैंक समूहका अध्यक्ष अजय बांगाबीच उच्चस्तरीय...

सशस्त्रका एआईजी दाहाल निलम्बित
APf-1791247610.jpg

२० असोज, हेटौंडा । गृह मन्त्रालयले संवेदनशील सुरक्षा सूचना चुहावट गरेको आरोपमा सशस्त्र प्रहरी बलका अतिरिक्त...

कांग्रेस महाधिवेशन: आज उम्मेदवारी दर्ता
Screenshot_20261005_07315-1791247056.jpg

२० असोज, हेटौंडा । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत तेस्रो दिन आज मंगलबार नयाँ केन्द्रीय कार्यसमिति...

एक-दुई स्थानमा हल्का वर्षाको सम्भावना
rain-weather-1791246640.jpg

२० असोज, हेटौंडा । कर्णाली र सुदूरपश्चिम प्रदेशको सबै भू-भाग, गण्डकी र लुम्बिनी प्रदेशको पश्चिमी भू-भागमा पश्चिमी...

मोटरसाइकल रूखमा ठोक्किंदा एक जनाको मृत्यु
accident.-1791165527.jpg

१९ असोज, हेटौंडा । चितवनको इच्छाकामना  गाउँपालिका-७ सिमलढापमा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ...

कांग्रेस महाधिवेशनअन्तर्गत आज बन्द सत्र
Screenshot_20261005_07315-1791164818.jpg

१९ असोज, हेटौंडा । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत दोस्रो दिन आज बन्द सत्र सञ्चालन हुनुका साथै नयाँ...

मौसम बदली भई वर्षाको सम्भावना
1774004021_Rain9-1200x560-1791164562.jpg

१९ असोज, हेटौंडा । हाल देशमा मनसुनी वायु र पश्चिमी वायुको दोहोरो प्रभाव छ । कर्णाली र सुदूरपश्चिम प्रदेशका साथै...

थप समाचार